१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कालिकोटमा 'नागरिकसँग नागरिक'

कालिकोट- नेपाल रिपब्लिक मिडियाले जिल्लामा नागरिकसँग नागरिक अन्तरक्रिया कार्यक्रम गरेको छ। जिल्लामा भएका विकासको गतिविधि तथा स्थानीय निर्वाचनमा नागरिकले पाउने अधिकारका विषयमा व्यापक छलफल गर्ने उद्देश्यले अन्तरक्रिया गरिएको हो। सहभगी राजनीतिक दलका प्रमुख,जननिर्वाचित प्रमुख तथा उपप्रमुख, उद्योग बाणिज्यसंघलगायतका सरोकारवाला निकायसँग जिल्लाको समग्र विकासका विषयमा छलफल भएको थियो।

सहभागीले जिल्लाको पुर्वाधार विकासका लागि नागरिक दैनिकले समाचार मार्फत सहयोग गर्दै आए पनि अझै थप प्रभावकारी रुपमा लिन आग्रह गरे। नेपाल रिपब्लिक मिडियाका तर्फबाट प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, सम्पादक गुणराज लुइँटेल, रिपब्लिका अंग्रेजी दैनिकका सम्पादक सुभाष घिमिरे र पश्चिमेली संस्करणका सम्पादक कलेन्द्र सेजुवालसँग सहभागीले जिल्लाको विकासको अवास्थाका बारेमा छलफल गरेका हुन् । जिल्लामा जल, जंगल, जडिवुटि र जमिन भए पनि यसलाई सदुपयोग हुन नसकेका लागि जिल्लावासी जागरुक हुनु पर्ने एमालेका जिल्ला अध्यक्ष नगिन्द्र शाही (नेसनल) ले बताए।

कर्णालीको विकासका लागि बृहत योजना बनाएर राज्यले बजेटको व्यवस्था गर्नुपर्ने महिला अधिकारकर्मी एवं निर्माण व्यवसायी तारा शाहले बतनईन् । नेपाली कांग्रेसका सभापति हर्षबहादुर बमले जिल्लाको पर्यटन,कृषि,शिक्षा,स्वास्थ्यलगायका विकासका पुर्वाधारलार्य नागरिक दैनिकले विशेष अवसर दिएर समाचार मार्फत सहयोग गर्न आग्रह गरे । जिल्लाको विकासका लागि दिर्गकालिन योजना बनाएर अगाडि बढ्ने खाँडाचक्र नगरपालिकाकी उपमेयर वीजया बिष्टले बताईन् । उनले भनिन् आफु उपमेयर भएका हैसियतले बालवालिका, महिला, दलित तथा कमजोर आय भएका नागरिकलाई पहिलो प्राथामिकता दिएर काम गर्ने बतनईन् । उनले जिल्लामा पहिलो पटक केन्दिय पत्रिकाका प्रकाशक र सम्पादक पुगेकाले जिल्लाका हरेक मुद्दालाई प्राथामिकता दिन आग्रह गरिन् । नागरिकका सम्पादक गुणराज लुइँटेल र प्रबन्ध निर्देशकले कर्णालीको कालिकोट सोचे भन्दा फरक र विकासको गतिले अघि बढेको सुनाए । जिल्लाको विकासका लागि जिल्लामा सबै नागरिक एक भएर लाग्नु पर्ने बताए । नागरिक दैनिकले कर्णालीलाई प्राथामिकता दिएर समाचार सम्प्रेसण गर्ने लुइँटेलले बताए।

प्रकाशित: २२ जेष्ठ २०७४ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App