२७ पुस २०८१ शनिबार
image/svg+xml

कांग्रेसद्वारा सरकारकाविरुद्ध आन्दोलनको घोषणा

नेपाली कांग्रेसले सरकारका विरुद्ध आन्दोलनको घोषणा गरेको छ। कांग्रेस महामन्त्री शशांक कोइरालाले एक विज्ञप्ती जारी गर्दै सरकारले जनविरोधि काम गरेको भन्दै श्रावण १५ गते प्रत्येक जिल्लाका सदरमुकाममा विरोध प्रर्दशन गर्ने जनाएका छन्।

कांग्रेसद्वारा संसद अवरुद्ध, बैठक आधा घण्टाका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ। चिकित्सा शिक्षा विधेयक फिर्ता लिन माग गर्दै कांग्रेसले सोमबारको बैठक अवरुद्ध गरेको हो। सभामुख कृष्णबहादुर महराले पटक पटक आसन ग्रहणका लागि गरेपनि कांग्रेस सांसदहरु उठेर अवरोध गरिरहे।

मस्यौदा समितिमा सहमति नजुट्दा कांग्रेसका सबै कार्यक्रम प्रभावित

नेपाली कांग्रेस शीर्ष नेताबीच विधान संशोधन मस्यौदा समिति गठनमा सहमति जुट्न नसक्दा पार्टीका अन्य कार्यक्रमसमेत प्रभावित हुन थालेका छन्।

चक्रव्यूहमा कांग्रेस

विशिष्ट परिस्थितिमा निश्चित उद्देश्यका साथ कलकत्ताको टाइगर सिनेमा हलमा नेपाली राष्ट्रिय कांग्रेस (नेराका बीपी समूह) र नेपाल प्रजातन्त्र कांग्रेसका बीच २००६ चैत २७ गते एकीकरण भई “नेपाली कांग्रेसको स्थापना भयो ।

बाढीपहिरोबाट प्रभावितकाे राहत र व्यवस्थापन मिलाउन काँग्रेसकाे माग

नेपाली काँग्रेसले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहत र व्यवस्थापन गर्नका लागि सरकारसँग आग्रह गरेको छ।

‘कांग्रेस नेताले मेडिकल कलेज खोल्दा चुप लाग्ने, नेकपाकाले खोल्दा अनशन बस्ने?’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेका छन्। नेता भट्टराईले केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र आफ्नो पार्टी दुवै तयार रहेको स्पष्ट पारे।

कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग

राष्ट्रियसभाको बैठकमा अनशनमा रहेका बरिष्ठ चिकित्सक डा.गोविन्द केसीका माग सम्बोधनका विषयमा कांग्रेसले दर्ता गरेको जरुरी सार्वजनिक महŒवको प्रस्तावमा बुधबार छलफल भएको छ ।

संगठन निर्माणमा जुट्न कांग्रेस शीर्ष नेताको आग्रह

नेपाली कांग्रेसका शीर्ष नेताहरूले एकअर्कामाथिको आरोप प्रत्यारोप छाडेर संगठन सुदृढीकरणमा लाग्न सबैलाई आह्वान गरेका छन्।

महेश बस्नेतको प्रश्न– कांग्रेसले गोविन्द केसी उचाल्नु कमिसनको खेल हो की ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवं सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कमिसनको खेलमा डा. गोविन्द केसीको अनशनलाई उचालेको आरोप लगाएका छन्।

सत्ता उन्मादको बाटोमा नहिँड्न प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी

चिकित्सा शिक्षा अध्यादेश तुहाइएको भन्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले आपत्ति जनाएका छन्। संसदमा सार्वजनिक महत्वको विषयमा बोल्दै रिजालले यो कांग्रेसलाई अस्विकार्य भएको बताए। उनले विद्येय फिर्ता लिन आग्रह गरे।

उपकुलपति कोइरालालाई रोकेर सरकारले अलोकतान्त्रिक चरित्र देखायो : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ।

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ- ‘लोकतन्त्र एस, छाडातन्त्र नो’

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा छाडातन्त्र अस्वीकार्य भएको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विरोध प्रदर्शनका नाममा अरुलाई दुःख दिने काम अब रोकिने बताए।

डा.केसीलाई भेटेर फर्कियो कांग्रेस सांसदको टोली

सात दिन देखि जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न जुम्ला पुगेको कांग्रेस सांसदको टोली काठमाडौं फर्किएको छ। यहाँ रहँदा स्थानीय प्रशासन कार्यालयलाई उपचारमा कुनै कसुर काँकी नराख्ने गरि व्यवस्था मिलाउनको लागि निर्देशन दिदै पाँच दिनसम्म अनशनमा बसेको कवर्डहलको निरीक्षण गरेको थियो।

कांग्रेसको चेतावनी, मुडभेडको राजनीति अन्त्य गर्नुस्

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको नियुक्तिसम्बन्धी निर्णय उल्ट्याउने मन्त्रिपरिषद्को पछिल्लो निर्णय फिर्ता लिन सुझाव दिएको छ।

डा.केसीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस सांसदहरु जुम्लामा

नेपाली कांग्रेसका सांसदहरुले जुम्लामा आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्