२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एमाले कञ्चनपुरबाट ५४ जना सिफारिश

नेकपा (एमाले) कञ्चनपुरले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीन वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक गरी ५४ जनाको नाम प्रदेश कमिटीमा सिफारिश गरेको छ ।एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराले जिल्ला कमिटीबाट उम्मेदवारको नाम प्रदेश नं ७ को प्रदेश कमिटीमा पठाइएको जानकारी दिए ।

कञ्चनपुरमा बस पल्टिँदा १० जना यात्रु घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४८ नंको बस पल्टिँदा १० जना यात्रु घाइते भएका छन्।

कञ्चनपुरमा सशस्त्र प्रहरी जवान मृत फेला

कञ्चनपुरको भीमदत्तनगरपालिका–६ ऐठपुरस्थित सडक छेउमा सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्।

कञ्चनपुरमा विद्यार्थीको हत्या

कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीको आज बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरुले भर्त्सना गरेका छन् ।

कञ्चनपुरमा माओवादीको उम्मेदवार टुङ्गो

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र कञ्चनपुरले यहाँका नौ वटै तहका प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको छ ।

एसएसबीकाे ज्यादतीबारे बुझ्न कञ्चनपुर सीमा विज्ञ पठाउन निर्देशन

व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले नेपाली भूमिमा बनाइएकाे बल्भर्टकाे विषयमा भारतीय सीमा सुरक्षा बलका एसएसबीकाे ज्यादतीबारे बुझ्न कञ्चनपुरकाे पुनर्वासमा विज्ञसहितको प्राविधिक टोली चाँडो पठाउन नेपाल सरकारलाई निर्देशन दिएको छ ।

कञ्चनपुरका सहिद परिवारलाई जापानबाट आर्थिक सहयोग

सीमा रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली प्रहारबाट सहिद भएका कञ्चनपुरको पुनर्वास–८ नमुनाटोलका ३२ वर्षीय गोविन्द गौतमको परिवारलाई जापानबाट आर्थिक सहयोग गरिएको छ ।

राउटे र दलितका लागि कञ्चनपुरमा पाँच सय घर निर्माण हुने

जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा बसोबास गर्दै आएका दलित र राउटे समुदायका परिवारका लागि पाँच सय घर निर्माण हुने भएका छन् ।

कञ्चनपुर घटनामा असामाजिक तत्वको घुसपैठ हुनसक्ने भाजपा नेताको भनाइ

भारतको भारतीय जनता पार्टीका राज्यसभा सदस्य गोपालनारायण सिंहले कञ्चनपुर घटना नेपाल–भारतको सम्बन्ध बिगार्न चाहने असामाजिक तत्वले घटाएको हुनसक्ने बताएका छन्।

हात्ती पाइले रोग विरुद्ध कञ्चनपुरमा अभियान

कञ्चनपुर जिल्लामा हात्ती पाइले रोग विरुद्ध औषधी खुवाउन तीन दिने अभियान संचालन गरिने भएको छ ।  राष्ट्रिय हात्ती पाइले रोग निवारण कार्यक्रम अन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालयले चैत ५ गतेदेखि जिल्लाभरीमा अभियान गर्न लागेको छ । जिल्लामा पाँचौं चरण अन्तरगत यसवर्ष पनि औषधी खुवाइन लागेको जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शिव दत्त भट्टले जानकारी गराए ।

संसदीय टोली कञ्चनपुर जाँदै

भारतीय सीमा सुरक्षा बलकोे गोलीबाट कञ्चनपुरमा नेपाली युवाको मृत्यु भएको घटना छानबिन गर्न संसद्को मानवअधिकार तथा सामाजिक न्याय समिति स्थलगत निरीक्षणमा जाने भएको छ।

कञ्चनपुर घटनामा भारतले माफी माग्नु पर्छः अध्यक्ष अाेली

नेकपा एमालेको मधेस केन्द्रित मेची–महाकाली राष्ट्रिय अभियान शनिबार चितवन आइपुगेको छ । पार्टीका शीर्ष नेताहरुको सहभागितामा चितवनमा भरतपुर चौबीस कोठीबाट र्याली निस्किएकाे थियाे। नारायणगढको नारायणी नदी किनारमा आयोजना भएको सभामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतले सम्बोधन गरेका छन्।

कञ्चनपुरको आनन्द बजार क्षेत्रमा निषेधाज्ञा जारी

कञ्चनपुरको आनन्द बजारमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । भारतीय सीमा सुरक्षा बल(एसएसबी)को गोली प्रहारबाट  नेपाली युवा गोबिन्द गौतमको मृत्यु भएपछि त्यस क्षेत्रमा भइरहेको विरोध प्रदर्शनलाई रोक्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आनन्द बजार क्षेत्रमा शनिबार मध्यान्हदेखि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्