१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

कञ्चनपुरको आनन्द बजार क्षेत्रमा निषेधाज्ञा जारी

फाइल तस्बिर

पुनर्वास(कञ्चनपुर)– कञ्चनपुरको आनन्द बजारमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । भारतीय सीमा सुरक्षा बल(एसएसबी)को गोली प्रहारबाट  नेपाली युवा गोबिन्द गौतमको मृत्यु भएपछि त्यस क्षेत्रमा भइरहेको विरोध प्रदर्शनलाई रोक्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आनन्द बजार क्षेत्रमा शनिबार मध्यान्हदेखि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए। 

हाल प्रहरी बसेको स्थान पनि नेपाली भूभागमै स्थानीयबासीको भनाई छ। कल्भर्ट बनाइएको स्थानभन्दा ५ सय मिटर दक्षिणतर्फसम्म नेपाली भूमि रहेको र भारतले हडप्न खोजेको उनीहरुको भनाइ । 

शनिबार बिहान १० बजेदेखि बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको उनले बताए। आनन्द बजारको ५ सय मिटर पूर्व, पश्चिम र उत्ततरतर्फ तथा दक्षिणमा भारतसँग जोडिएको सीमासम्म निषेधाज्ञा जारी गरेको हो। 

भारतीय प्रहरीको ज्यादतिका विरुद्ध नेपाली युवा तथा स्थानीयले सो क्षेत्रमा बिहानै देखि प्रदर्शन गरिरहेका थिए। प्रहरीले प्रदर्शनकारीलाई घटना भएको स्थल(कल्भर्ट) भन्दा ५ सय मिटर वरै रोकेको छ। घटना स्थल भएको क्षेत्रमा प्रहरीले अहिले कसैलाई जान दिएको छैन । 

भारतीय प्रहरी कल्भर्ट भएको भन्दा ४ सय मिटर दक्षिणतर्फ बसिरहेका छन्। हाल प्रहरी बसेको स्थान पनि नेपाली भूभागमै स्थानीयबासीको भनाई छ। कल्भर्ट बनाइएको स्थानभन्दा ५ सय मिटर दक्षिणतर्फसम्म नेपाली भूमि रहेको र भारतले हडप्न खोजेको उनीहरुको भनाइ । 

भारतीय एसएसबीले भने ‘गुगल म्याप’ले कल्भर्ट भएको स्थान भारतमा पर्ने देखाएको भन्दै स्थानीयले बनाएको कल्भर्ट भत्काइ दिएपछि विवाद उत्पन्न भएको थियो। 

 

प्रकाशित: २८ फाल्गुन २०७३ ०८:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App