पहिला भारतमा मजदुर पठाउने जुम्ला भारतीयलाई नै डाक्टरी पढाउँछ
जुम्लाको कनकासुन्दरी–२ का जंगबहादुर रोकाया १० वर्षअघिको कर्णालीको स्वास्थ्य अवस्था स्मरण गर्दा निकै भावुक हुन्छन्। कार्यालय सहयोगीले चलाइराखेको स्वास्थ्य संस्थाबाट उनी आफैंले सेवा लिएका थिए भने औषधि अभावले सामान्य बिरामीको अकालमा ज्यान जान्थ्यो।