५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

४१ मुलुकसँग द्विपक्षीय हवाई सेवा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म ४१ मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता भएको जनाएको छ।

नेपाली सेनाले फेरि माग्यो १२५ जना कर्मचारी (सूचनासहित)

नेपाली सेनाले हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि १२५ जना कर्मचारी माग गरेको छ।

जनकपुर–अयोध्या हवाई सेवाका लागि सरकारले पहलकदमी लिनुपर्छः नेता निधि

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले धार्मिक पर्यटनको माध्यमबाट देशमा आर्थिक समृद्धि हासिल गर्न ऐतिहासिक धार्मिकस्थल जनकपुरधाम र भारतको अयोध्यालाई हवाई सेवामार्फत जोड्न सरकारलाई आग्रह गरेका छन्।

दुई दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध

राष्ट्रिय सडक सञ्जालले नजोडिएको हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवासमेत अवरुद्ध भएको छ।

पोखराबाट चार गन्तव्यका हवाई उडान रोकिए

पोहोर फागुन तेश्रो साता गण्डकी प्रदेशलाई सुदूरपश्चिमको धनगढीसम्म हवाइमार्गले जोड्ने गरी पोखरा–धनगढी रुटमा सिधा हवाई सेवा सुरु भयो।

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द

पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ। धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो।

हवाई सेवा सुरक्षित बनाउने विषयमा सर्वोच्चले माग्यो लिखित जवाफ

सर्वोच्च अदालतले यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदनमा लिखित जवाफ माग गरेको छ।

‘अनुगमन र सेवा प्रदायक निकायलाई अलग्याऊ’

सेवा प्रदायक र नियमनकारी निकाय एउटै राखेर नेपाल वायु सेवा निगम ऐन, २०१९ मा नियामक र सेवाप्रदाय ( रेगुलेटरी र अपरेसनल) निकायलाई छुट्याएको छैन। दुवै निकाय एउटै हुँदा ‘स्वार्थ बाझिने’ विषय पनि उठिरहेको छ।

पोखराको हवाई सेवा दिनहुँ साढे ५ घण्टा प्रभावित हुने

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्र्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) सुरु हुने भएपछि सोमबारदेखि यहाँबाट हुने नियमित हवाई सेवा प्रभवित हुने भएको छ।

पोखराबाट हुने एक सय उडान प्रभावित

लगातारको झरीले चार दिनदेखि पोखराको हवाईसेवा प्रभावित बनेको छ। दसैं मान्न र मनाएर फर्किने यात्रु र पोखरा घुमघामका लागि आउन चाहेका पाहुना हवाई सेवा अवरोध भएसँगै अप्ठ्यारोमा परेका छन्।

बैतडीमा छ महिनादेखि हवाई सेवा बन्द

धनगढी–बैतडी–धनगढी साप्ताहिक रुपमा हुने गरेको हवाई उडान छ महिनादेखि बन्द रहेको हो। साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो।

बैतडीको हवाई सेवा डेढ महिनापछि सञ्चालनमा

डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ। गत पुस १६ गते धनगढी–बैतडी–धनगढी उडान भए पनि त्यसयता बन्द रहेको थियो।

हवाई सेवामा वर्षाको असर: सोमबार पूरै रद्द, मंगलबार चार उडान मात्र

भारी वर्षाले भिजिबिलिटी नपुग्दा पोखराबाट हुने हवाई उडान दुई दिनसम्म प्रभावित भएको छ। सोमबारका पूरै र मंगलबारका अधिकांश उडान रोकिएका छन्। मंगलबार अबेरतिर मौसम सुध्रिएपछि चार उडान भएको पोखरा विमानस्थलले बताएको छ।

चार दिनदेखि हवाई सेवा प्रभावित

भिजिबिलिटीकै कारण उडान रद्द हुँदा तीन दिनदेखि विमानस्थल पुगिसकेका यात्रुसमेत फर्कन बाध्य छन्। शुक्रबार दिउँसो एकाएक भिजिबिलिटी कम भएपछि झण्डै तीन घन्टा विमानस्थल नै बन्द हुन पुगेको थियो। त्यसयता दर्जनौं आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका उडान रद्द भइसकेको विमानस्थल कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्