कपिलवस्तु-३ : कांग्रेसका शाह अग्र स्थानमा
कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर-३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले अग्रता लिएका छन्।
कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर-३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले अग्रता लिएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुर्खेत जिल्लाको क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ।
चितवन–१ मा नेकपा एमालेका उम्मेदवार दावा दोर्जे लामाले सुरुवाती अग्रता लिएका छ्न्।
१ बजेतिरबाट मात्रै मतगणना हुने कुरा मुख्य निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले बताएका छन्।
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायमै राखेको छ।
सुदूरपश्चिम प्रदेशका ४ निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ। कंचनपुरका ३ वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ।
ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका सङ्कलन भइसकेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न स्थानमा अग्रता कायम गरेको छ ।
चितवन क्षेत्र नम्बर–३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले अग्रता कायमै गरेकी छिन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर जिल्लाको क्षेत्र नम्बर १ मा प्रारम्भिक मतगणनामा उदयशम्शेर राणाले अग्रता लिएका छन्।
जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं. १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।
प्रतिनिधिसभा सदस्य निवाचनमा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तम पौडेलले अग्रता लिएका छन्।
सुनसरी क्षेत्र नं. ३ मा अहिले ८ः२० बजेबाट मतगणना सुरु भएको छ।
कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी का गनेस पौडेलले अग्रता जारी राखेका छन्।
नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' प्रतिस्पर्धी रहेको रुकुमपूर्वको मतगणना सुरु भएको छ।