२९ वैशाख २०८१ शनिबार
image/svg+xml

बाढीपहिरोमा विद्युत् आयोजना: क्षति न्यूनीकरण पूर्वतयारी अभाव

पूर्वी नेपालमा गत जेठ ३० गतेदेखि असार पहिलो सातासम्म लगातार आएको बाढीले विद्युत् उत्पादन गर्दै आएका १०७.५४ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनामा क्षति पु¥यायो।

महिला र बालबालिकालाई जोगिनै गाह्रो

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट महिला र बालबालिका बढी प्रभावित भएका छन् र मृत्यु हुनेमा पनि यिनै बढी छन्।

विपद्को पूर्वतयारीबारे अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा हुने

विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने भएको छ । आउँदो डिसेम्बर १–३ अर्थात् मङ्सिर १५ देखि १७ गतेसम्म धुलिखेल सामुदायिक अस्पतालमा सम्मेलनको आयोजना गरिने भएको हो।

विपद्: उच्च जोखिम,न्यून पूर्वतयारी

विपद्पछिको खोज, उद्धार, राहत, पुनर्निर्माण तथा पुनस्र्थापना कार्यमा खर्चिनुपर्ने रकमको थोरै मात्र भाग पूर्वतयारीमा खर्चिने हो भने पनि जोखिम न्यूनीकरण प्रभावकारी हुन सक्छ।

पूर्वको विपदबाट सिक्दैन पश्चिम, तयारी शून्य

पूर्वबाट भित्रिएको मनसुन पश्चिम सर्ने क्रममा आगामि दिनमा पश्चिमी क्षेत्रमा पनि थप भौतिक र मानवीय क्षति पुर्याउन सक्ने सम्भावना रहेपनि मनसुनी विपद्लाई न्यूनीकरण गर्नेतर्फको तयारी भने निकै नै कमजोर देखिएको छ। स्थानीय तह र प्रदेश सरकारले पूर्वको भोगाईलाई आधार मानेर पश्चिम क्षेत्रमा मनसुनी विपद्सँग जुध्नका लागि पर्याप्त तयारी गर्न सकिने समय रहेपनि उचित तयारीमा जुटेका छैनन्।

विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले गर्न मन्त्री श्रेष्ठको निर्देशन

शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिएका हुन्।

जोखिमबाट बच्न सुदूरपश्चिममा पूर्वतयारी

सुदूरपश्चिममा गत वर्षभन्दा ढिलो मनसुन प्रवेश गरेको सुदूरपश्चिममा यस वर्ष बाढीपहिरोको जोखिम बढी रहेको आकलन गरिएको छ।

विपद्मा व्यवसाय निरन्तरता व्यवस्थापन योजनाको आवश्यकतामा जोड

विपद्को अवस्थामा उद्योग व्यवसायमा पर्न जाने प्रभावलाई न्यूनीकरणका लागि व्यवसाय निरन्तरता व्यवस्थापन (बिसिएम) बन्नुपर्ने कुरामा विज्ञले जोड दिएका छन्।

तेस्रो लहरको पूर्वतयारीमा जुट्दै बाँकेका अस्पताल

कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालले पूर्वतयारीमा जुटेका छन् ।

जनगणनाको पूर्वतयारीमा जिल्ला जनगणना कार्यालय

खोटाङमा राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ। आगामी जेठ २५ देखि असार ८ गतेसम्म देशव्यापी रूपमा हुने जनगणनाबारे जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउने लक्ष्यका साथ जिल्ला जनगणना कार्यालयले बुधबार जिल्लास्तरीय सचेतना गोष्ठी गरेको हो।

कोरोनाबारे पूर्वतयारी झिनो

सरकारी अधिकारीहरूले कोरोनाको पूर्वतयारी बलियो भएको बताए पनि व्यावहारिक पक्ष भने झिनो र कमजोर देखिएको छ। कतिपय विशेषज्ञ र डाक्टरहरूले नै सरकारले पूर्वतयारीमा संयमता नअपनाएको भन्दै आलोचना गरिरहेको बेला सरकारको तयारी झन् कमजोर देखिन थालेको हो।

कोरोनासँग जाेगिन पूर्वतयारी

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन खोटाङमा पूर्वतयारी थालिएको छ। विश्वभर फैलिरहेको कोरोनाको संक्रमण जिल्लामा पनि फैलिनसक्ने खतरालाई ध्यानमा राखी जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले आवश्यक तयारी थालेको हो।

‘कोरोनाविरुद्धको गम्भीर हुन आग्रह'

नेपालमा जुनसुकै बेला पनि कोरोना भाइरस संक्रमण हुनसक्ने भन्दै १२ बुँदे सम्झौता कार्यान्वयनमा ल्याउन डा. रमेश आचार्यले आग्रह गरेका छन्।

कोरोना भाइरसको उच्च जोखिम : सरकारको छैन पूर्वतयारी

नेपाल भ्रमण वर्ष, २०२० को सुरुवातसँगै नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेको छ। छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरस पर्यटकमार्फत नेपाल पनि भित्रिन सक्ने उच्च सम्भावना रहेको तर सरकारले रोकथामका लागि पूर्वतयारी नगरेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्