१२ असार २०८१ बुधबार
image/svg+xml

मुआथाईका खेलाडी थाइल्याण्ड प्रस्थान

अन्तर्राष्ट्रिय एमेच्योर मुआथाई महासंघको आयोजनामा हुने विश्व च्याम्पियनसिप प्रतियोगिता २०१९मा भाग लिन नेपाल मुआथाई संघको खेलाडी र पदाधिकारी बैंकक गएका छन्।

करोडौं ठगी गर्ने गुरुङ समातिए सात जना अझै फरार

थाइल्याण्डमा बसेर मानव बेचविखन तथा ओसारपसारको आरोपमा गत चैतमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ। आरोपित सात जना भने अझै फरार रहेका छन्।

थाइल्याण्ड उद्धारको सिरिज बनाउँदै नेटफ्लिक्स

गत वर्ष थाइल्याण्डको उत्तरी गुफाबाट उद्धार गरिएका फुटबल प्रशिक्षकसहित १२ खेलाडीका बारे छोटो सिरिजको शृंखला निर्माण गर्न नेटफ्लिक्सले अधिकार सुरक्षित गरेको छ। गत वर्षको जुलाईमा थाइल्याण्डको वाइल्ड बोर्स फुटबल टिमका सदस्यहरू बाढीका कारण गुफामा दुई हप्ता थुनिएपछि विश्वभरका सञ्चारमाध्यममा प्रमुख समाचार बनेको थियो।

थाइल्याण्डका राजाको राज्याभिषेक समारोह

थाइल्याण्डका राजा महा वजिरालंगकर्णले शनिबार राज्याभिषेक गरेका छन्। बैंककस्थित ग्राण्ड प्यालेसमा जल सेचन गरेर राज्याभिषेक गराइएको दरबारका अधिकारीहरुले जनाएका छन्।

थाइल्याण्डका राजाले गरे आफ्नै 'सुरक्षा गार्ड'सँग चौथो विवाह

थाइल्याण्डका राजा महा वजिरालंगकर्नले आफ्नै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका छन्। उनले आफ्नो व्यक्तिगत सुरक्षा अंग उप प्रमुखसँग विवाह गरेका हुन्। विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ।

आइजिपी खनाल थाइल्याण्ड प्रस्थान

प्रहरी महानिरीक्षक (आइिजपी) सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान गरेका छन्। बैंककमा आयाेजित विमस्टेक सदस्य राष्ट्रका सुरक्षा प्रमुखहरुको तेस्रो बैठकमा सहभागी हुन खनाल बुधबार त्यसतर्फ प्रस्थान गरेकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ। प्रहरी महानिरीक्षक खनालसँगै सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि शाखा अधिकृत सोमेश थापासमेत प्रस्थान गरेका छन्।

महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित

आइसीसी महिला ट्वान्टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली थाइल्याण्डसँग ५७ रनको फराकिलो अन्तरले पराजित भएको छ।

थाइल्याण्डः राजकुमारीद्वारा क्षमा याचना, उम्मेदवार बनाउने पार्टी खारेजीको तयारी

थाइल्याण्डकी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै क्षमा याचना गरेकी छिन्। शाही परिवारको सदस्य रहेकै बेला ६७ वर्षीया उबोलरतनाले ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट केही दिन अगाडि उम्मेदवारी घोषणा गरेकी थिइन। उनको उम्मेदवारीका बारेमा भाई तथा राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाएका थिए। राजाको आपत्तिपछि निर्वाचन आयोगले पनि उनलाई उम्मेदवार बन्न नमिल्ने भन्दै अयोग्य घोषणा गरेको थियो।

थाई राजकुमारीको उम्मेदवारी खारेज

थाइल्याण्डको निर्वाचन आयोगले राजकुमारी उबोलरतना महिडोलको उम्मेदवारी रद्ध गरेको छ। राजा माहा वाजिरालोङकोर्नकी ६७ वर्षीया दिदी उबोलरतनाले शुक्रवार ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट प्रधानमन्त्रीमा उम्मेदवारी दिएकी थिइन।

प्रधानमन्त्रीमा राजकुमारीको उम्मेदवारीले थाई राजा असन्तुष्ट, फिर्ता लिन आग्रह

थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टामै असन्तुष्टि जनाएका छन्। ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट उनकी ६७ वर्षीया दिदी तथा थाई राजकुमारी उबोलरतना महिडोलले उम्मेदवारी दिने घोषणा शुक्रबार गरेकी थिइन। राजकुमारी अहिले पनि राजपरिवारको सदस्य भएकाले दलीय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई छ।

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

थाइल्याण्ड टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला क्रिकेट टोली आइतबार स्वदेश फर्केको छ।

नेपाल उपविजेतामा सीमित, थाइल्याण्ड ७० रनले विजयी

आयोजक टोली थाइल्याण्डसँग ७० रनको फराकिलो हार ब्यहोर्दै नेपाली राष्ट्रिय महिला टोली टि–२० स्म्यास क्रिकेटको उपविजेतामा सीमित भएको छ। योसँगै १२ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटको फाइनलमा पुगेको नेपाली टोली उपाधि जित्न पुनः बञ्चित भएको छ।

नेपाली महिला क्रिकेट टोली टि–२० स्म्यास क्रिकेटको फाइनलमा

इण्डोनेसियामाथि ९२ रनको फराकिलो जित निकाल्दै नेपाली महिला क्रिकेट टोली थाइल्याण्डमा जारी टि–२० स्म्यास क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

महिला टि–२० क्रिकेट : थाइल्याण्डलाई पराजित गर्दै नेपाल समूह विजेता

थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगातार चार खेल जितेर नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली थाइल्याण्ड ‘ए’ लाई ९ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो।

युएईद्वारा नेपालसामु जितका लागि १ सय ६ रनको लक्ष्य प्रस्तुत

थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेटमा युएईले नेपाललाई जितका लागि १ सय ६ रनको लक्ष्य दिएकाे छ। टस जितेर पहिले व्याटिङ गर्दै युएईले निर्धारित २० ओभर ६ विकेटको गुमाउँदै १ सय ५ रन वनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्