१५ असार २०८१ शनिबार
image/svg+xml

महिला टि–२० क्रिकेट : नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ। आइतबार तेर्थाई क्रिकेट मैदानमा भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो।

नेपाल तेस्रो खेलमा थाइल्याण्डसँग भिड्दै

नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को तेस्रो खेलमा आइतबार (आज) थाइल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो १२ः१५ बाट क्वालालम्पुरको वायुमास ओभल मैदानमा सुरु हुनेछ।

बिम्स्टेक सम्मेलन : नेपाली विद्युत थाइल्याण्डसम्म पुर्याउने अवसर

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा विद्युत् व्यापार तथा आदानप्रदानका लागि मार्ग प्रशस्त गर्ने गरी समझदारी गरिने भएको छ। विद्युत् व्यापार तथा सहजीकरणका लागि ‘बिम्स्टेक ग्रीड’ निर्माण गर्ने र त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने तयारी भएको हो। सरकारले सो ग्रीड सम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई अख्तियारी दिएको छ।

अभ्यास खेलमा नेपाली युवा टाेली थाइल्याडसँग पराजित

मैत्रीपूर्ण खेलमा नेपाली यु–२३ टोलीले थाइल्याण्डको यु–२३ सँग ४-० को हार व्यहोेको छ। एसियन गेम्स र साफ च्याम्पियन्सीपको तयारीका लागि थाइल्याण्डमा रहेको नेपाली यु–२३ टिमले मैत्रीपूर्ण खेलमा शुक्रबार थाइल्याण्डको यु–२३ टिमसँग ४-० को हार व्यहोरेको हो।

नेपाल र थाइल्याण्डको यु–२३ टोलीबीच मैत्रीपूर्ण फुटबल हुँदै

एसियन गेम्स र साफ च्याम्पियन्सीपको तयारीका लागि थाइल्याण्डमा रहेको नेपाली यु–२३ टिमले मैत्रीपूर्ण खेलमा शुक्रबार थाइल्याण्डको यु–२३ टिमसँग दोस्रो अभ्यास खेल खेल्दैछ।

अभ्यासका लागि नेपाली राष्ट्रिय यु–२३ टोली थाइल्याण्ड प्रस्थान

१८ औं एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन शुक्रबार थाइल्याण्ड प्रस्थान गरेको छ।

गल्फ खेलाडी थाइल्याण्ड लागे

इन्डोनेसियामा आयोजना हुने १८ अाैं एशियाली खेलकूद (एशियाड) को थप तयारीका लागि नेपाल गल्फ टोली साेमबार थाइल्याण्ड प्रस्थान गरेको छ।

थाइल्याण्डको गुफामा फसेका सबैको उद्दार

थाइल्याण्डमा गुफामा फसेका सबै जनाको सकुशल उद्दार गरिएको छ। गुफामा १२ जना किशोर र उनीहरुका फुटवल प्रशिक्षक एक फसेका थिए ।

थाइल्याण्डमा डुङगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, १८ बेपत्ता

दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ।

थाइल्याण्डको गुफामा फसेकाकाे उद्धारमा खटिएका एकको मृत्यु

थाइल्याण्डको गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धारमा खटेका एकको मृत्यु भएको छ।

उपचारका लागि मन्त्री यादव थाइल्याण्ड जाँदै

उद्योग , वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएको छ।

थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै

प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आम्र्ड फोर्सका प्रमुख तार्नचाइयान सिशुवान बुधबार नेपाल भ्रमणमा आउँदै छन्।

थाइल्याण्डमा नेपाली संस्कृति सिकाउन शिविर

थाईल्याण्डमा रहेका यूवा तथा विद्यार्थीका लागि लक्ष्य गरेर व्यक्तित्व विकास सम्वन्धि शिविर गरिएको छ।

थाइल्याण्ड, म्यानमार र पाकिस्तानलाई उर्जा क्षेत्रमा लगानी गर्न आग्रह

बुधबारदेखि थाइल्याण्डको बैंककमा जारी एसियन तथा प्रशान्त क्षेत्रीय ऊर्जा मञ्चको दोस्रो बैठकले सात बुँदे घोषणापत्र जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्