थाइल्याण्डको गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धारमा खटेका एकको मृत्यु भएको छ।
फसेका बालक तथा उनका प्रशिक्षकलाई गुफाभित्र अत्यावश्यक सामान पुर्याएर फर्कदै गर्दा ३८ वर्षीय समन कुननको मृत्यु भएको हो । उनी गुफाभित्र फसेका बालकको उद्धारका लागि खटिएका थिए ।
उनी स्वेच्छाले उद्धारका लागि गएका थिए । गुफाभित्र अक्सिजन पुर्याउनु गएका , उनी फर्कने बेलामा अक्सिजन अपर्याप्तता कारण मरेका थिए ।
उत्तरी थाइल्याण्डमा रहेको एक गुफाभित्र १२ दिनदेखि १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक थुनिएका छन् । गुफाभित्र बाढीको पानी पसेपछि उनीहरु निस्कन सकेका छैनन् । उनीहरुलाई बाहिर निकाल्नका लागि उद्धार टोली खटिरहेको छ ।
प्रकाशित: २२ असार २०७५ ०४:२६ शुक्रबार