७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

रौतापोखरी आउने पर्यटकका लागि होमस्टे खुल्दै

पछिल्लो समय पर्यटक आगमन बढ्दै गएपछि उदयपुरको पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीमा व्यावसायिक होमस्टे सञ्चालनमा ल्याइने भएको छ।

पर्यटकको रोजाइमा पर्दै उदयपुरको रौतापोखरी

यहाँको पर्यटकीय तथा धार्मिक स्थल रौतापोखरी पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ। जिल्लाको रौतामाई गाउँपालिका ६ मा पर्ने रौतापोखरी उदयपुर मात्र नभएर कोसी प्रदेश कै पर्यटन विकासको प्रचुर सम्भावना रहेको धार्मिक तथा ऐतिहासिक स्थल हो।

रौतापोखरी अर्थात् पूर्वको हिरा

डाँडाको थाप्लोमा गोलाकार पोखरी। पोखरीमा पानी। पानीमा तैरिरहेको कमल। किनारको रुखमुनि रौतामाई। शितल अनि हरियाली। पवित्र एवं शान्त भूमि। रौतापोखरी पुग्दा मन फुरुङ हुन्छ। उत्साहको लहर चल्छ। उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–६ मा पर्छ रौतापोखरी। पूर्वको प्रख्यात धार्मिक गन्तव्य। पोखरीको दक्षिणमा घना जंगल छ। जंगलको छायाँ पानीमा तैरिन्छ। रौतामाईको मूर्ति भलायोको रुख मुन्तिर छ। त्यहाँ ध्वजापताका, त्रिशुल आदि चढाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्