२९ भाद्र २०८३ सोमबार
image/svg+xml

तीज मनाउन माइती हिँडेकी महिलाको खोलामा बगेर मृत्यु

तीज मनाउन माइतीघर जाने क्रममा गुल्मीको स्थानीय निस्ती खोलाले बगाएर बेपत्ता भएकी २९ वर्षीया कल्पना पुनको शव आज फेला परेको छ।

आजको व्रतका फाइदा के के छन् ?

हिन्दू धर्मावलम्बी महिलाहरूले विशेष श्रद्धा र उत्साहका साथ मनाउने हरितालिका तीज धार्मिक आस्था, पारिवारिक सुख–शान्ति र सामाजिक संस्कृतिसँग जोडिएको पर्व हो ।

अस्कारमा ‘तिनीहरू’ले अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल)ले सार्वजनिक गरेको निर्णयसँगै चलचित्रको अन्तर्राष्ट्रिय यात्रा थप महत्त्वपूर्ण चरणमा प्रवेश गरेको छ ।

जोखिमयुक्त तटीय क्षेत्रमा अब बस्ती बस्दैन, सुरक्षित ठाउँमा सारिन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा अब पुरानै जोखिमयुक्त तटीय भागमा बस्ती पुनर्निर्माण गर्न सम्भव नरहेको बताएका छन्।

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन: प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाहले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरुसँगको आजको छलफल उनीहरुको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त गरे।

बक्स अफिसमा ‘पार्वती’को दबदबा, ‘तिनीहरू’को उत्साहजनक सुरुवात

हालसम्मको प्रदर्शनलाई हेर्दा ‘गौँथली’ले ऐतिहासिक कमाइ गरिरहेको छ भने ‘पार्वती’ले पनि यस वर्षकै सफल नेपाली चलचित्रमध्ये आफ्नो स्थान सुरक्षित गरेको छ।

लमजुङमा घरमै अवैध हतियार बनाउने ‘कारखाना’ फेला, दुई पक्राउ

घरभित्रै अवैध रूपमा भरुवा बन्दुक बनाइरहेको अवस्थामा प्रहरीले लमजुङको राईनासबाट ठूलो परिमाणमा हतियारका पार्टपुर्जासहित दुई जनालाई पक्राउ गरेको छ।

१४ वर्षदेखि कन्काइ पुल अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सलाई २ अर्ब जरिवाना

हुलाकी राजमार्गअन्तर्गत झापाको कन्काइ नदीमा निर्माणाधीन पुल १४ वर्षसम्म अलपत्र पार्ने पप्पु महादेव खिम्ती संयुक्त उपक्रम (जेभी) सँग सरकारले झन्डै दुई अर्ब रुपैयाँ असुलउपर गर्ने भएको छ।

वर्षमा दुई पटक मात्र खुल्ने भक्तपुरको केदारनाथ मन्दिर तीजमा पहिलो पटक खुला

वर्षको दुई दिन मात्र खुल्ने भक्तपुर दरबार स्क्वायरस्थित ऐतिहासिक केदारनाथ मन्दिर इतिहासमै पहिलो पटक हरितालिका तीजको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको छ।

शिक्षामन्त्री भन्छन्: स्थानीय सुझावका आधारमा शिक्षा प्रणाली र पाठ्यक्रम सुधार्छौँ : मन्त्री पोखरेल

पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायबाट प्राप्त सुझाव तथा गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताएका छन् ।

रसुवा बाढीको प्रभाव तीजमा पनि, पशुपतिनाथमा छैनन् विगतमा झै भक्तजन

हरितालिका तीजका दिन भगवान् शिवको पूजाआराधना गर्न पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ।

बिदाका दिन चलाएपछि राज्यमन्त्रीको गाडीलाई जरिवाना

सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको भन्दै सुदूरपश्चिम प्रदेशमा राज्यमन्त्रीको गाडीलाई नै कारबाही गरिएको छ।

यसपालि तीजमा देखिएन पहिलेजस्तो रौनक (तस्बिरसहित)

अविवाहित महिलाले राम्रो पति पाउने तथा विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायुको कामनासहित व्रत बसेर शिवको पूजा गर्ने चलन छ।

देउवा समूहले संस्थापन पक्षको निर्णय नमान्ने, मंसिरमा महाधिवेशन गर्ने अडान कायमै

बैठकले विशेष महाधिवेशनपछि गठन भएको कार्यसम्पादन समितिले गरेका निर्णयलाई समेत मान्यता नदिने निर्णय गरेको नेताहरूले बताएका छन्।

भोटेकोशी बाढी : उद्धार कोषमा १३ अर्ब ५८ करोड बढी मौज्दात

मन्त्रालयका अनुसार सोमबार बिहान ९ बजेसम्म कोषमा कुल १३ अर्ब ५८ करोड १५ लाख २४ हजार ७८३ रुपैयाँ मौज्दात रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्