३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

एसइईमा सामुदायिक विद्यालय नै अब्बल

बिहीबार सार्वजनिक भएको एसइई परीक्षामा देवमाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयका समीर क्षेत्रीले ३ दशमलव ९५ जीपिए हासिल गरे। उनी जिल्ला प्रथम भएको दावी विद्यालयको छ। पाँच वर्ष अगाडीसम्म यस सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम भएपछि देववाणी विद्यालयलाई मर्जरको सूचीमा यहाँको तात्कालिन जिल्ला शिक्षा कार्यालयले राखेको थियो।

एक गाग्री पानीका लागि हप्तामा पालो !

पाल्पा- पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तामा पालो कुर्नुपर्ने बाध्यता रहेको छ।

काफल बेचेर पढाई खर्च

पढाई खर्च जुटाउनका लागि पाल्पाको ग्रामीण भेगका बालबालिका बिहान र बेलुकाको समयमा काफल बेच्ने गरेका छन्। रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाका बालवालिका काफल बेच्ने गरेका हुन्।

पाल्पामा ट्रयाक्टर र माेटरसाइकल आपसमा ठाेक्किँदा एककाे मृत्यु

पाल्पाको रामपुरमा मोटरसाइकल र ट्रयाक्टर अापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। रामपुर नगरपालिका–६ नयाँ बजारबाट विजयपुर बजारतर्फ आउँदै गरेको बा४५प ८३६८ नम्बरको मोटरसाइकल र किसानबारी बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु३त ७९७२ नं को ट्रयाक्टर ठोक्किएकाे थियाे।

जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्युु, एक जना हाम फालेर बाँचे

पाल्पामा जन्ती बोकेको जिप दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ। लु१ज१९४१ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको पाल्पाका एसपी विश्वमणी पोखरेलले बताए।

मितेरी सम्बन्धमा स्थानीय सरकार

एक महिनाअघि पाल्पाको रिब्दीकोट गाउँपालिकाको टोली जुम्लाको सिँजा गाउँपालिकामा पुग्यो। सिजाको इतिहास बुझ्न र सिजा सभ्यताको अवलोकन भ्रमणमा पुगेको टोली मित्तेरी सम्बन्धमा स्थापित हुन पुग्यो। अहिले मित्तेरी साईनो बमोजिम एक आपसमा समन्वय र सहकार्य चलिरहेको छ। सिँजा गाउँपालिकाका प्रवत्ता नबिन शर्माका अनुसार गाउँपालिका अध्यक्षसहित २६ जनाको टोली जुम्ला पुगेको थियो। टोली रारातालमा पुग्यो, सिजा क्षेत्रको इतिहासको बारेमा दख्खल राख्यो, “उनले भने,“दुई स्थानीय तहबीच मितेरी सम्बन्ध गाँसियो।

अनुदानले बढायो कृषिमा यान्त्रीकरण

पाल्पामा पछिल्लो समय कृषिमा यान्त्रीकरण बढेको छ। जिल्लाका दश वटै स्थानीय तहले कृषि उपकरण खरिदमा किसानलाई ५० प्रतिशत अनुदान दिएका छन्। रम्भा गाउँपालिकाले यस वर्ष १५ वटा हाते ट्रयाक्टर वितरण गरेको छ।

‘मिनी फेवाताल’ मा पर्यटक बढे (फाेटाे फिचर)

रामपुरमा कृत्रिम रुपमा बनाइएको तालपोखराले ‘मिनी फेवाताल’ को संज्ञा पाएको छ। पूर्वी पाल्पाको रामपुर नगरपालिका भित्रने जो कोही पनि तालपोखरा अवलोकन गर्न पुग्छन्।

रम्भामा युवाहरुसँग ३ सय ९० घण्टा कार्यक्रम

रम्भा गाउँपालिकाले युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले युवासँग ३ सय ९० घण्टा कार्यक्रम सुरु गरेको छ। फ्रिज मर्मत, घर वायरिङ र प्लम्बिङमा ३ सय ९० घण्टा तालिम सञ्चालन गरेर स्वरोजगार सिर्जना गर्ने गाउँपालिकाले जनाएको छ।

पाल्पामा बस दुर्घटना,१३ घाइते

पाल्पाको निस्दी गाउँपालिका ७, गुरुङ्गडाँडामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। रामपुरदेखि नवलपुर दुम्बीवासतर्फ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको बस ओरालोमा चिप्लिएर दिउँसो १२ः३० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तलब नलिने उदाहरणीय जनप्रतिनिधि

स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिनिधिले आफ्नो तलब आफैं निर्धारण गरेका छन्। कतै उक्त तलब थोरै भयो भन्ने आवाज सुनिएका छन् त कतै तलब लिनुहुन्न भन्ने वहस पनि चलिरहेको छ। जिल्लाका अधिकांश स्थानीय तहका जनप्रतिनिधि महंगा गाडीमा शयर हुन्छन्। राज्यकोषबाट तलब बुझ्छन्। औपचारिक कार्यक्रमा भाषण गरेर दिन गुजारिरहेका छन्।

युवापुस्तामा ढाका टोपीको क्रेज बढ्दो

नयाँ वर्षको पहिलो दिन साहित्यकार कृष्णकला भण्डारीले उल्लेखित शब्द सहित फोटो पोष्ट गरिन्। यसरी आज फोटो पोष्ट गर्ने उनी एक्ली भने होइनन्। पाल्पाका अधिकांश युवाहरूले ढाका टोपी लगाएर फोटो सेयर गरेका छन्। अंग्रेजी नयाँ वर्षको पहिलो दिन, ढाका टोपी दिवस।

ट्रिपर दुर्घटनामा एककाे मृत्यु

पाल्पाको तिनाउँ गाउँपालिका–३, कुसुमडाँडामा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

पाल्पामा जीप दुर्घटना, ४ जनाको मृत्यु

पाल्पामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जल्पाबाट बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नम्बरको जिप बिहीवार साँझ करिब ८ बजेतिर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

नगरपालिकाद्वारा तीन क्विन्टल प्लाष्टिकका झोला नष्ट

पाल्पा जिल्ला सदरमुकाम तानसेन बजारमा निषेधित प्लाष्टिकजन्य झोला ठूलो परिमाणमा बरामद गरी नष्ट गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्