२ पुस २०८१ मंगलबार
image/svg+xml

सहायक सचिव र अतिरिक्त सचिव पद थप्ने तयारी

सरकारले शाखा अधिकृत र उपसचिवको बीचमा सहायक सचिव तथा सहसचिव र सचिवको बीचमा अतिरिक्त सचिव या विशेष सचिव पद थप्न गृहकार्य अघि बढाएको छ। सरकारले अध्यादेशबाट ल्याउन लागेको संघीय निजामती सेवा ऐनमा यस्तो व्यवस्था गर्न लागेको हो।

आठ सहसचिव जिम्मेवारीविहीन

मन्त्रालयले जिम्मेवारी नदिएपछि उनीहरूको काम भनेको बिहान कार्यालयमा आई हाजिरी गर्ने र साँझ घर फर्कने मात्र भएको छ। उनीहरूका लागि कार्यकक्षको व्यवस्था पनि गरिएको छैन। भदौ २९ गते सरकारले एकैपटक ८५ जना सहसचिव सरुवा गरेको थियो।

विवादै नभएको विषयमा छानबिन समिति, तुइन प्रकरणमा मौन

सरकारले भारतीय सशस्त्र सुरक्षा बल एसएसबीले तुइन काटिदिँदा दार्चुलाका युवा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको विषयमा भारतलाई कूटनीतिक नोट बुझाउने तथा छलफल गनुपर्नेमा त्यसप्रति बेवास्ता गरेको छ।

तीन सहसचिवको बढुवा

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रशासन सेवाका किरण शर्मा र रामप्रसाद घिमिरे तथा स्वास्थ्य सेवाका डा. रोशन पोखरेललाई वरिष्ठ सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी गराए।

गृह मन्त्रालयद्वारा ५२ जना सीडीओको सरुवा (सूचीसहित)

गृह मन्त्रालयले ५२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको हेरफेर गरेको छ। गृह मन्त्री राम बहादुर थापाको निर्णयअनुसार २५ जना सहसचिव र २७ उपसचिवको सरूवा भएको गृह मन्त्रालयले जनाएको छ।

एक सातामा दुईपटक सरुवा

सरकारले एक जना सहसचिवलाई एक सातामा दुईपटक सरुवा गरेको छ। अघिल्लो साता सहरी विकास मन्त्रालयमा कार्यरत सहसचिव चक्रवर्ती कण्ठलाई एक हप्तामै दुईवटा कार्यालयमा सरुवा गरिएको हो।

तीन सहसचिव थप्ने पराष्ट्रको प्रस्ताव लोकसेवाद्वारा अस्विकार

परराष्ट्र सेवाका थप ३ पदमा विज्ञापन खुलाउन परराष्ट्र मन्त्रालयले गरेको प्रस्तावलाई लोकसेवा आयोगले अस्विकार गरेको छ।

पाँच सय सहसचिव र उपसचिवमा विज्ञापन गर्दै लोकसेवा

लोकसेवा आयोगले यही असोजको अन्तिम बुधबार करिब ५ सय संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने भएको छ।

तीन महिना नपुग्दै सहसचिव सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अघिल्लो साता एकैपटक ६३ सहसचिवलाई विभिन्नसरुवा ग¥यो। सरुवा गरिएका केही सहसचिवलेयसअघि सरुवा भएको कार्यालयमा तीन महिना पनि काम गर्न पाएनन्। खटाएको ठाउँमा तीन महिना पनि बस्न नपाउँदै संघीय मन्त्रालयले उनीहरूलाई अर्को कार्यालयमा सरुवा गरेकोहो।

केन्द्रका लागि ५ हजार कर्मचारी मागिँदै

मन्त्रालयका अनुसार संघका लागि करिब ५ हजार पद रिक्त छन्। सम्पूर्ण विवरण संकलन भइरहेको संघीय मन्त्रालयका प्रवक्त भूपाल बरालले जानकारी गराए।

सहसचिवको प्रतिस्पर्धामा सेवा बाहिरकालाई प्राथमिकता

राजपत्र अनंकित द्वितीय श्रेणी(खरिदार)को पदपूर्ति खुला प्रतिस्पर्धाबाट ८० प्रतिशत र अन्तरतह प्रतियोगिताबाट २० प्रतिशत बढुवा हुने भएको छ। गत माघ २७ गते प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको विधेयक छलफलकै क्रममा रहेको छ।

कर्मचारीवृत्तमा खैलाबैला

प्रदेशमा सरुवा गरिएका केही सहसचिव पहुँचावाला छन्। भूमि व्यवस्था विभागका महानिर्देशक गोकर्णमुनि दवाडी, भन्सार विभागका महानिर्देशक रामेश्वर दगांल, आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णु नेपाल र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिहंलाई समेत सरकारले प्रदेशमा सरुवा गरेको छ।

कर्मचारी समायोजन : ५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिव टुंगो लाग्यो

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव, सहसचिव र उपसचिवको समायोजन सम्पन्न गरेको छ। मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई समेटेर ५६ सचिव, ६६२ सहसचिव र ८४८ उपसचिवको समायोजन गरेको प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।

खानेपानी मन्त्रालयको आपत्ति

खानेपानी मन्त्रालयले मन्त्री बीना मगरको सम्बन्धमा सहसचिव राजनराज पाण्डेले व्यक्त गरेको धारणाप्रति आपत्ति जनाएको छ। मन्त्री मगरको निजी सचिव गुणराज श्रेष्ठकाअनुसार सहसचिव जस्तो सार्वजनिक पदमा आसिन व्यक्तिबाट गैरजिम्मेवार र लाजमर्दो अभिव्यक्ति दुःखलाग्दो र लाजमर्दो रहेको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्