२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सिसडोल र बन्चरेडाँडामा फोहोर फाल्न नदिने जनप्रतिनिधिको चेतावनी

सिसडोल र बन्चरेडाँडाका स्थानीय जनप्रतिनिधिहरुले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्।

काठमाडौंको फोहोर व्यवस्थापनमा सघाउने जापानको प्रस्ताव

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र जापानी राजदूत  मासामिची साइगोबीच भेटवार्ता भएको छ। भेटवार्तामा राजदूत साइगोले इन्द्रजात्राका अवसरमा विदेशी जनप्रतिनिधिलाई आमन्त्रण गरेर काठमाडौँ महानगरपालिकाले इन्द्रजात्राको महत्वलाई विश्वसामू चिनाएको भन्दै खुशी व्यक्त गरे।

‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता हुन्छ’

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताएका छन्।

इन्द्रजात्रा मनाइयो, राष्ट्रपतिद्वारा अवलोकन (फोटो फिचर)

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्रा मनाइएको छ।

इन्द्रजात्रामा रमाए विदेशी पाहुना, अमेरिका, जापान र भुटानका प्रतिनिधि दंग

इन्द्रजात्रा पर्व अवलोकनका लागि काठमाडौं महानगरपालिकाको औपचारिक निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाले आज पदयात्रा गरी काठमाडौंको पुरानो भित्रीशहरका विभिन्न स्थानहरू अवलोकन भ्रमण गरेका छन्। पदयात्राअघि उनीहरूलाई हनुमानढोका दरवार क्षेत्रमा मेयर विद्यासुन्दर शाक्यलगायत विभिन्न पदाधिकारीले स्वागत गरेका थिए।

इन्द्रजात्रामा पहिलोपटक चीन, अमेरिका र जापानसहित ६ देशका पाहुना

काठमाडौं उपत्यकामा मनाइने राष्ट्रिय पर्व इन्द्रजात्रामा पहिलोपटक विदेशी पाहुना आउने भएका छन्। पाहुनाहरु बुधबार साँझ तथा बिहीबार विहानसम्म काठमाडौं आइपुग्ने छन्।

डेंगु न्युनिकरणका लागि काठमाडौं महानगरकाे जनचेतना अभियान

काठमाडौं महानगरपालिका वडा नम्बर २१ ले मंगलबार डेंगु न्युनिकरणका लागि जनचेतना र्यालीको आयोजना गरेको छ।

संसदीय समितिको निष्कर्षः फोहोर व्यवस्थापन गर्न सरकार गम्भीर भएन

संसदीय समितिले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ। काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सिस्डोल, बञ्चरेडाँडाको सोमबार स्थलगत अवलोकन गरेको संघीय संसदको विकास तथा प्रविधि समितिले स्थानीयको समस्या समाधान गरी फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको हो।

गुँलाबाजा संरक्षणमा काठमाडौं महानगर, अनुदान रकम बढ्यो

काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न साँस्कृतिक बाजा, भाषा र संस्कृतिको संरक्षण–संवर्द्धन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले सोमबार २३ वटा गुँलाबाजा समूहलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले रु एक–एक लाखका दरले २३ वटा समूहलाई रकम हस्तान्तरण गरेका हुन्।

ठेकेदारलाई मेयर शाक्यले भने: धरहरा निर्माणमा ढिला–सुस्ती स्वीकार्य छैन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण हुँदै गरेको धरहरा र उपाकु जाने बाटोको निरीक्षण गरेका छन्। वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जन, वडा सदस्य अनिल हाडालगायतको  टोलीसहित मेयर शाक्यले निरीक्षण गरेका हुन्।

रमेश मिस्टर काठमाडौं

काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरसम्ममा फिट्नेस फस्टका ईश्वर शाही, फिट्नेस प्लसका विशुराम केसी र सेप्स टुका राजीव थापा क्रमशः शीर्ष तीन स्थानमा रहे।

सलामले दैनिक काठमाडौं–ओमान उडान भर्ने

गत वर्षदेखि नेपालमा उडान सुरु गरेको सलाम एयरले आगामि साताबाट दैनिक काठमाडौं–ओमान उडान भर्ने भएको छ। हप्तामा तीन दिन मात्र उडान गरिरहेको सलाममा यात्रुको चाप बढेपछि आगामि हप्तादेखि दैनिक उडान गर्न लागेको शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी जानकारी गराएको हो।

काठमाडौँ विश्वविद्यालयको मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको छ। केयु प्राध्यापक सङ्घद्वारा यसअघि गरिएका तालाबन्दी खोल्न जारी वार्ताका क्रममा बिहीबार लेखा र भौतिक व्यवस्थापन शाखामा पनि तालाबन्दी गरेपछि केयुको मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको हो।

तीन दिनदेखि वार्ता प्रयास जारी

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिष्ट्रार र डिन कार्यालयमा गरेको अनिश्चितकालीन तालाबन्दी खोल्न विश्वविद्यालय हातामा आइतबारदेखि वार्ता शुरु गरिएको छ।

जिवित कुमारीको मासिक भत्ता ५० हजार, पूर्वगणेश र कुमारको पनि भत्ता बढ्यो

काठमाडौं महानगरपालिकाले पूर्वकुमारी, पूर्वभैरव र पूर्व गणेशलाई दिँदै आएको मासिक भत्तामा वृद्धि गरेको छ। त्यसैगरी जिवित कुमारी र जिवित कुमारीको स्याहार–सुसार गर्ने चिताइदाराको पनि मासिक भत्तामा महानगरपालिकाले बृद्धि गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्