१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

सार्वजनिक लेखा समिति सभापतिमा अझै सत्तापक्ष

कांग्रेसका नेता प्रधानमन्त्री हुनुहुन्छ। कांग्रेसको सरकारको खर्च गरेको हिसाबकिताब कांग्रेसकै सभापति रहेको लेखा समितिले हेर्न मिल्दैन। सरकारले गरेको खबै खर्च हेर्ने अधिकार प्रतिपक्षलाई हुन्छ–विशाल भट्टराई, प्रमुख सचेतक,एमाले

सार्वजनिक लेखा समिति सभापतिमा एमालेको दावी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ। सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद भरतकुमार शाह छन्।

बेरुजु फस्र्यौटमा संसद्को लेखा समितिमाथि प्रश्न

लेखा समितिले खर्च गर्नपर्ने ठाउँमा खर्च गर्नुपर्ने तर खर्च गर्दा प्रमाण नपुगेको छ भने मात्र त्यस्तो कुरालाई फस्र्यौट गर्नसक्छ तर जथाभावी निर्णय गरेर खाने त्यसपछि प्रमाण नपुगेको भन्नेर मिनाह गर्न मिल्दैन, कतिपय अवस्थामा लेखा समितिले मिनाह गर्न नमिल्ने अवस्थामा पनि मिनाह गरेको देखिएको स्रोतले बतायो।

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्रै उठाउनू: लेखा समिति

समितिले मिटर रिडिङ गरेको ६० दिनभित्र विद्युत् महसुल नबुझाएमा उक्त ग्राहकको लाइन काटी बक्यौता असुलउपर गर्नुपर्ने प्रावधान कार्यान्वयन गर्न निर्देशन दिएको छ। समितिले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली लिई समयमै महसुल नतिर्ने ग्राहकलाई विद्यमान कानुन अनुसार कारवाही गरेको नदेखिएकाले आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ।

फास्ट ट्र्याक अनियमितता प्रकरण: दोस्रो प्याकेज ठेक्का रद्द गर्न लेखाको निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले काठमाडौंदेखि तराईको निजगढ जोड्ने द्रुत मार्ग (फास्ट ट्र्याक) को दोस्रो प्याकेजको ठेक्का रद्द गर्न निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले फास्ट ट्र्याकको दोस्रो प्याकेजको ठेक्कामा प्रतिस्पर्धालाई निषेध गरेको ठहरसहित ठेक्का रद्द गर्न निर्देशन दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्