यी हुन उत्तर कोरियाका सहयोगी देश
संयुक्त राष्ट्रसंघ र अमेरिकी प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रममार्फत विश्वलाई हल्लाइरहेको छ। उत्तरले खासगरी अमेरिकाविरुद्ध आफ्ना कार्यक्रम लक्षित गर्दै आइरहेको छ।
संयुक्त राष्ट्रसंघ र अमेरिकी प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रममार्फत विश्वलाई हल्लाइरहेको छ। उत्तरले खासगरी अमेरिकाविरुद्ध आफ्ना कार्यक्रम लक्षित गर्दै आइरहेको छ।
साउदी अरेबियाका महिला पहिलोपटक फुटबल खेलको दर्शकका रूपमा रंगशालामा पुगेका छन् । त्यहाँका महिलाहरूले पहिलो पटक रंगशालामा नै उपस्थित भएर भएर फुटबल हेरेका हुन् । महिलाहरूलाई घर भित्रको काममा मात्रै सीमित नराख्ने साउदी सरकारको निर्णय पश्चात् साउदीका महिलाहरू पहिलोपटक परिवारसहित रंगशाला पुगेका हुन्।
चमेलिया जलविद्युत आयोजनाले आजदेखि १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडेको छ। ३० मेगावाट क्षमताको आयोजनाको एक युनिट अर्थात् १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए।
आगामी माघ ४ गतेबाट नेपालमा रिलिज हुन लागेको फिल्म ‘पिंजडा ब्याक अगेन’ जापानमा पनि प्रदर्शन हुने भएको छ । नेपाल रिलिजको १० दिनपछि जापानमा जनवरी २८ मा फिल्मको सो हुनेछ ।
फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन हाल तीन दिने भ्रमणका लागि चीनमा छन्। भ्रमणका क्रममा दुबै देशको सम्बन्ध अझै सशक्त रुपमा अघि बढाउने आशासहित उनले चिनियाँ नेताको मन जित्ने हरसम्भव प्रयास गरेका छन् । किनकि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर राष्ट्रवादसँग संघर्ष गरिरहेका छन्।
एकसाता यतादेखि तनहुँमा अत्यधिक चिसो बढेसँगै दमौली अस्पतालमा बिरामीको संख्या बढेको छ। दैनिक २०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको सो अस्पतालले जनाएको छ। रुघाखोकी, ज्वरो, निमोनिया, बाथलगायतका बिरामीको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पवनजंग रायमाझीले बताए। व्यास नगरपालिका र छिमेकी गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन्, उनले भने।
दक्षिण कोरियामा सन् २०१८ को फ्रेबुअरी मा हुने हिउँदे ओलम्पिकमा उत्तर कोरियाले सहभागी हुने निर्णय गरेको छ ।
उत्पादनको डेढ सय वर्ष र अन्तर्राष्ट्रिय बजारमा ‘उच्च गुणस्तर’का रूपमा ख्याती कमाएको लामो समयपछि सरकारले नेपाली अर्गानिक अर्थाेडक्स चियाको लोगोसम्बन्धी निर्देशिका जारी गरेको छ । कृषि मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा चियाको लोगो प्रयोगका लागि ‘नेपाली अर्थाेडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ जारी गरेको हो ।
रुपन्देहीका व्यवसायी बसन्त पौडेल ‘बलु’ हत्याको छानबिनका लागि संघीय प्रहरी इकाई भैरहवाले प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन गरेको छ। अनुसन्धान टोलीले शनिबार देखिनै काम सुरु गरेको इकाईका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले बताए।
मोरङको उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा त्यसका सहचालकको आज दिउँसो मृत्यु भएको छ।
शुक्रबार हत्या गरिएका व्यवसायी बसन्त पौडेल (बलु) हत्याको विरोधमा युवा संघ रुपन्देहीले अनिश्चितकालिन रुपन्देही बन्द गरेको छ।
सवारी दुर्घटना न्युनीकरण गर्न बाँकेमा ट्राफिक प्रहरीले जनचेतना मुलक कार्यक्रम चलाएको छ । सोही कार्यक्रमअन्तर्गत चिसो मौसममा बाक्लो मात्रामा हुस्सु लाग्दा हुने दुर्घटना रोकथाम गर्न ट्राफिक प्रहरीले ट्याक्टरको ट्रलीमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्ने अभियानलाई ब्यापकता दिएको हो ।
रुकुम पूर्वमा ट्र्याक्टरको ठक्करबाट एक बालबालिकाको मृत्यु भएको छ। जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका–६ रुकुमकोटमा ट्र्याक्टरको ठक्करबाट सोही ठाउँकी छ वर्षीया हिसिला खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका जाम्बियाका सेना प्रमुख पल मिहोभाले विहीबार अपराह्न राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।
एक वरिष्ठ रसियाली कुटनीतिज्ञले इरानमा मूल्य वृद्धिविरुद्ध विगत केही दिनदेखि भैरहेको आन्दोलनमा हस्तक्षेपकारी भूमिका नगर्न आग्रह गरेका छन्।