१३ आश्विन २०८१ आइतबार
image/svg+xml

केन्द्र परिवर्तनको माग गर्दै विद्यार्थी आन्दोलित

अपायक ठाउँमा अन्यायपूर्ण किसिमले परीक्षा केन्द्र कायम गरिएको भन्दै रौतहटका विद्यार्थीहरूले जिल्लाको विभिन्न भागमा राष्ट्रिय परीक्षा बोर्डविरुद्ध प्रदर्शन गर्दै चक्काजाम गरेका छन् । बोर्डले कक्षा ११ र १२ को परीक्षाको केन्द्र अपायक पर्ने गरी निर्धारण गरी अन्याय गरेको भन्दै बोर्डविरुद्ध गौर, गरुडा र चन्द्रपुरमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

निगमका ६२ क्याबिन–क्रु आन्दोलित

विभागीय उपनिर्देशकले पदको दुरुपयोग गरी सेवा–सुविधामा अन्याय गरेको भन्दै नेपाल वायुसेवा निगमका पाँच दर्जनभन्दा बढी 'क्याबिन–त्रु्क' ले उच्च व्यवस्थापन गुहारेका छन्।

शुल्क बढाएपछि विद्यार्थी आन्दोलित

विशालनगरमा रहेको कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सले शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रेका छन्। पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित उक्त कलेजले एकैपटक ९२ हजार रुपैयाँ शुल्क वृद्धि गरेको आरोप विद्यार्थीले लगाएका छन्।

पुनर्निर्माण छाडेर इन्जिनियर आन्दोलित

भूकम्प प्रभावित जिल्लामा आवास पुनर्निर्माणका लागि खटिएका इन्जिनियर तथा प्राविधिक काम ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन्। भूकम्पपछिको पुनर्निर्माणको काम सुस्त गतिमा अगाडि बढिरहेको समयमा इन्जिनियर, सबइन्जिनियर र असिस्टेन्ट इन्जिनियर काम छाडेर आन्दोलनमा उत्रँदा पुनर्निर्माणको काम झन् प्रभावित भएको छ।

पुनर्निर्माण प्राविधिक पुनः आन्दोलित

भूकम्पले सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडितको आवास पुनर्निर्माणमा सघाउन खटिएका प्राविधिक माग पूरा नभएको भन्दै दोस्रोपटक आन्दोलनमा उत्रिएका छन्। पूर्ववत ६ बुँदे माग अघि सार्दै उनीहरूले काम ठप्प पारेका छन्।

नवलपरासीलाई पाँच नम्बर प्रदेशमा राख्न माग गर्दै थारुहरु आन्दोलित

नवलपरासी जिल्लालाई ५ नम्बर प्रदेशमा राख्न मागगर्दै थारु कल्याणकारी सभाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार रिपोर्टर्स क्लबमा थारु कल्याणकारी सभा नवलपरासिले पत्रकार सम्मेलन गरेर नवलपरासी जिल्लालाई टुक्र्याएर ४ र ५ नम्बर प्रदेशमा विभाजन गरिएको भन्दै मसाल जुलुसदेखि नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरको हो।

केसीको पक्षमा मेचीका चिकित्सक आन्दोलित

डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै मेची अञ्चल अस्पतालका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरु पनि आन्दोलित भएका छन् ।

पुनर्निर्माण प्राविधिकहरु आन्दोलित, तलब र सेवासुविधा थप्नु पर्ने माग

भूकम्पपछिको पुनर्निमाणका लागि गठित पुनर्निर्माण प्राधिकरणको सिफारिसमा सहरी विकास मन्त्रालयअन्तर्गत करार सेवामा कार्यरत प्राविधिक इन्जिनियरहरुले चरणबद्ध आन्दोलनअन्तर्गत बिहीबार हस्ताक्षर संकलन गरी प्रधानमन्त्रीलाई बुझाउने भएका छन्।

सेनाको ब्यारेक नराख्न माग गर्दै स्थानीयवासी आन्दोलित

पर्वतको कुश्मा नगरपालिका– ७ दुर्लङका बासिन्दा गाउँमा सेनाको तालिम केन्द्र राख्न लागिएकामा विरोधमा उत्रिएका छन् ।

चिया किसान फेरि आन्दोलित

प्रत्येक वर्ष चर्किने चियाको हरियो पत्तीको मूल्य विवाद यसपटक पनि सुरु भएको छ । उद्योगीले मूल्यमा मनपरी गरेको भन्दै वर्षौंदेखि गुनासो गर्दै र पटक–पटक आन्दोलित बन्दै आएका झापाका चिया किसान फेरि आन्दोलनमा जुटेका छन् ।

पार्किङ शुल्क वृद्धिको विरोधमा इलामका यातायात व्यवसायी आन्दोलित

इलाम– इलाम नगरपालिकाले सवारी साधनको पार्किङ शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका व्यवसायीले शुक्रबार दोस्रो दिन पनि इलाम बजारमा सवारी साधन प्रवेश गराएनन्। नगरपालिकाले पार्किङ शुल्क पुनर्विचार नगरेसम्म आन्दोलन नछाड्ने व्यवसायीको अडान छ।

शुल्क वृद्धिविरुद्ध यातायात व्यवसायी आन्दोलित

स्थानीय स्वायत्त शासन नियमावलीको ‘अपव्याख्या’ गर्दै इलाम नगरपालिकाले सवारी साधनको पार्किङ शुल्क बढाएको भन्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्। नगरपालिकाले निर्णय नसच्याएसम्म आन्दोलन नछाड्ने जनाएका व्यवसायीले बिहीबार इलाम बजार (सदरमुकाम)मा सवारी साधन चल्न दिएनन्।

काँचो सुनचाँदी ल्याउन प्रतिबन्धविरुद्ध विदेशका नेपाली आन्दोलित

साउदी अरब—विदेश बसोबास गर्ने नेपालीले घर फर्किंदा साथमा काँचो सुनचाँदी लैजान नपाउने गरी सरकारले लगाएको प्रतिबन्ध खारेजीको मागमा ऐक्यबद्धता जनाउन नेपाली साझा मञ्चले विश्वका विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपालीलाई अपिल गरेको छ ।

२० वर्षे जेलसजाय तोक्न लागेको भन्दै उदयपुरका चालक आन्दोलित

उदयपुर– आफूले चलाएको सवारी साधन दुर्घटनामा परी कसैको ज्यान गएमा चालकलाई २० वर्षसम्म जेल सजाय हुने गरी सरकारले ल्याउन लागेको सवारी ऐनविरुद्ध उदयपुरका सवारी चालकहरुले आन्दोलित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्