२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रहरी महानिरीक्षक भन्छन् : अपराधीहरु छिन्नभिन्न भएका छन्

नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवालीले प्रहरीको सकृयताका कारण अपराधीहरु छिन्नभिन्न भएको बताएका छन्। महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरको नवनिर्मित व्यारेक भवनको उदघाटन गर्दै उनले अपराधीक समूह र गतिविधिलाई निमिट्यान्न पारेको दाबी गरेका हुन्।

रौतहटमा दुई असई र एक प्रहरी निलम्बित

रौतहटमा नेपाल प्रहरीका दुई जना असई र एकजना प्रहरी जवान निलम्बनमा परेका छन्। तीन दिनअघि रौतहटको प्रहरी चौकी बसतपुरका इन्चार्ज असई सन्जीप झालाई मध्यरातमा आपत्तिजनक अवस्थामा भेटिएका थिए।

लागूऔषध कारोबारमा सुरक्षाकर्मी नै संलग्न ! प्रहरी निरीक्षक शाही पक्राउ

लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरी निरीक्षक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्रवहादुर शाही लागूऔषध कारोबारमा संलग्न रहेको भेटिएका हो।

कारागार सुरक्षामा अब नेपाली सेना

यसअघि सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षामा खटिँदै आएको कारागार र ठूला परियोजनाहरूमा नेपाली सेना खटाइएको छ । मन्त्री परिषद्को निर्णय अनुसार सुरक्षामा हिसाबले अति संवेदनशील मानिएका मुख्य परियोजना र कारागारमा जेठ ३२ गते र असार दुई गते सेना परिचालन गरिएको हो । सशस्त्र र नेपाल प्रहरीलाई सीमा तथा अन्य क्षेत्रको सुरक्षामा खटाइने छ ।

प्रहरीका १२ इन्काउन्टर ‘फेक’

प्रहरीले इन्काउन्टरका नाममा निःशस्त्र व्यक्तिको हत्या गरेको गुनासोसहित परेका विभिन्न उजुरीमाथि विज्ञ समूहले अनुसन्धान गर्दा ती इन्काउन्टर ‘फेक’ भएको खुेलेको छ। विज्ञ समूहले घटनामा दोषी बहालवाला र पूर्वप्रहरीलाई कारबाही सिफारिस गरेको छ।

धरानमा पनि युवाहरूको प्रर्दशनः स्वास्थ्यकर्मीलाई ताली, प्रहरीलाई सल्युट

भानुचोकमा भएको प्रर्दशनको क्रममा युवाहरूले विभिन्न नारा लेखिएको प्ले कार्डहरू पनि प्रर्दशन गरेका थिए । राष्ट्रिय गीत र राष्ट्रिय झण्डासहित युवाहरू भेला भएका थिए । प्रर्दशनको क्रममा युवाहरूले कोरोना महामारीको बेला उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूको लागि सम्मानको लागि ताली बजाएका थिए । यस्तै, सुरक्षामा खटिएका प्रहरीहरूको लागि पनि सम्मान दर्शाउदै सल्युट पनि गरेका थिए ।

एम्बुलेन्सले बाटोमै शव छाडेछ : प्रहरी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे।

अदालतलाई नटेरेपछि आयोगलाई जिम्मा

सर्वोच्च अदालतले तीन पटकसम्म छोड्ने आदेश दिएपछि पनि प्रहरीले पक्राउ गरेका चक्रबहादुर खत्रीलाई राष्ट्रिय मानवअधिकार आयोगको रोहवरमा छोड्ने आदेश दिएको छ ।

डिआइजीको दरबन्दी थप गर्न प्रस्ताव

प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेको छ । सरकारले एक महिनाअघि मात्र प्राविधिकबाहेक २६ डिआइजीको दरबन्दी कटौती गरेर १४ मा झारेको थियो । तर प्रधान कार्यालयले फेरि उक्त संख्या बढाउन माग गर्दै गृहमा प्रस्ताव पठाएको हो ।

जसको पेसागत धर्म नै जोखिममा खटिनु हो

फ्रन्ट लाइनमा बसेर काम गर्नेले बढी सचेतना अपनाउनुपर्ने देखिएको छ । सेल्फ सेफ्टी र प्रविधिको प्रयोग गर्ने, सामाजिक दुरी कायम राखेर व्यावसायिक दायित्व निर्वाह गर्नुपर्छ ।

एसएसपी सरुवा : काठमाडौंमा लामा, ललितपुरमा धानुक आए

गृह मन्त्रालयले २७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरेको छ। भदौ महिनाको सेवा सुविधा सरुवा भएको ठाउँबाट नै पाउने गरी बुधबार गरिएको सरुवामा काठमाडौ प्रहरी परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलको पनि परेका छन्। परिसरको कमाण्ड सम्हालेको ६ महिनामै उनलाई सरुवा गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्