३१ वैशाख २०८१ सोमबार
image/svg+xml

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्।

समानुपातिक पद्धतिमा विकृति : बन्दसूचीको पीडा

समावेशी र समानुपातिक पद्धति जसलाई चाहिएको हो त्यसैबाट यसको विरोध गराउने काम सुरु भएको छ । समावेशी र समानुपातिक प्रणाली राम्रो भए पनि अहिले यसलाई विकृत बनाउने प्रयास भएको छ ।

बन्दसूचीको क्रम मिचेर नाम सिफारिस

राजनीतिक दलहरूले प्रदेशसभा समानुपातिकतर्फ सांसद हुने व्यक्तिहरूको नाम क्रम संख्या मिचेर निर्वाचन आयोगमा बुझाएका छन् । प्रदेशसभामा समानुपातिक निर्वाचनतर्फ पाएको सिट संख्या आधारमा दलहरूले बन्दसूचीभित्रबाट अन्तिम नाम छान्दा क्रम  मिचेका हुन् ।

समानुपातिक बन्दसूची : दलित कोटामा गैरदलित सिफारिस

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलित कोटामा गैरदलितलाई सिफारिस गरिएको पाइएको छ । दलहरूले दलित कोटामा गैरदलितलाई राखेको पाइएपछि शुक्रबार निर्वाचन आयोगसमक्ष दाबी विरोध पेस गर्दै सच्याउन माग गरिएको छ । समानुपातिकतर्फ दलित कोटामा गैरदलितको नाम राखेर बन्दसूची बुझाउनेमा नेपाली कांग्रेस, नेकपा मालेलगयत छन् ।

माओवादीको बन्दसूचीमा पुराना धेरै

नेकपा माओवादी केन्द्रले यसअघि सांसद भइसकेका धेरै नेताहरूलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा समावेश गरेको छ।  निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूचीमा पहिलो नम्बरमा खसआर्य महिलामा पूर्वमन्त्री रेखा शर्माको नाम छ । दोस्रो संविधानसभामा उनी समानुपातिक निर्वाचन प्रणालीबाटै सभासद् बनेकी थिइन्।

दलहरूले बुझाए अन्तिम बन्दसूची

राजनीतिक दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूची संशोधनसहित आइतबार निर्वाचन आयोगमा बुझाएका छन् । आइतबार राति अबेरसम्म पनि दलका नेता तथा उनका सहयोगीहरू आयोगका कोठाकोठा बसेर बन्दसूची सच्याउने काममा व्यस्त थिए । यसले दलहरूको समयमै काम नगर्ने पारा फेरि एकपटक उदांगो भएको छ।

बन्दसूचीका बेथिति

प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न आमनिर्वाचन प्रयोजनका निम्ति बन्दसूची बुझाउने क्रममा देखिएको दलहरूको भद्रगोललाई सामान्य प्राविधिक त्रुटिको अर्थमा मात्र लिन सकिँदैन ।

समानुपातिकमा ५२ दलद्वारा उम्मेदवारको बन्दसूची पेश

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन्।

समानुपातिक बन्दसूची आज

प्रतिनिधिसभा र प्रदेसभाका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगमा बुझाउने कार्यक्रम छ । बन्दसूची बुझाएसँगै औपचारिक रुपमा चुनावी प्रक्रिया सुरु हुनेछ । निर्वाचन आयोगमा दर्ता भई समानुपातिकतर्फ ८८ वटा दलले चुनाव चिह्न लिइसकेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्