कालीकाेटमा खस्याे ५०.११ प्रतिशत मत
कालीकाेटमा २१ हजार ९ सय ७ महिला र २० हजार ५ सय ५ पुरुष गरी ४२ हजार ४ सय १२ मत खसेकाे छ।
कालीकाेटमा २१ हजार ९ सय ७ महिला र २० हजार ५ सय ५ पुरुष गरी ४२ हजार ४ सय १२ मत खसेकाे छ।
लमजुङमा ५३ प्रतिशत मत खसेको छ। मतदान प्रक्रिया सम्पन्न भएसँगै अहिले जिल्लाका विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्ने कार्य धमाधम भइरहेको छ।
मोरङमा ६४.५६ प्रतिशत मतदान भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको छ।
निर्वाचन आयोगले मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि गणना थालिने जनाएको छ । कतिपय ठाउँमा मतपेटिका सङ्कलन धमाधम भइरहेको छ ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० दशमलव ५ प्रतिशत मत खसेको हो।
रास्वपाका वरिष्ठ नेता बालेन शाह हेलिकोप्टरमार्फत गन्तव्यतर्फ जाँदै बीच बाटोबाटै फर्किएको घटनाबारे निर्वाचन आयोगले स्पष्टीकरण दिएको छ।
उनले यो निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्व सबै पक्षसहित सबै नागरिकलाई धन्यवाद दिएका छन्।
निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल ९८ हजार २५६ मतदाता रहेका मध्ये ७२ हजार ९६ मत खसेको छ।
प्रतिनिधि सभाको मतदान सम्पन्न भएलगत्तै ४ सय ९१ मतदान केन्द्रबाट मतपेटिका संकलन सुरु गरिएको छ।
ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध टस जितेर इङ्ल्यान्डले पहिले बलिङ गर्ने निर्णय गरेको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीनवटै निर्वाचन क्षेत्रका मतपेटिका सुरक्षाकर्मीको टोलीसहित मतदान अधिकृत र सहायक मतदान अधिकृतले सुरक्षित रूपमा मतगणना स्थलमा पुर्याइरहेका छन्।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले छिटपुट विवादबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनक ढङ्गले मतदान सम्पन्न भएको बताएका छन् ।
प्रारम्भिक विवरण अनुसार भक्तपुरमा ७१ दशमलव ४६ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत प्रकाश मगरले जानकारी दिए ।
अहिले मोटामोटी तथ्यांक प्राप्त भएको बताउदै निर्वाचन प्रमुख रेग्मिले बिहीबार राति १० बजेसम्म अन्तिम तथ्यांक आउने प्रतिक्रिया दिए ।
नयाँ सरकार र संसद्मा पुराना खास गरी कांग्रेस र एमालेको उपस्थिति विगतको संसद्मा भन्दा पातलो हुनसक्ने हाम्रो सहकर्मीहरूको निर्वाचनअघि र मतदानपछिको आकलन रहेको छ ।