३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

थप दश जिल्लामा निःशुल्क इन्टरनेट जडान

नेपाल दूरसञ्चार प्राधिकरणले थप दश जिल्लामा निःशुल्क रुपमा इन्टरनेट पुर्‍याएको छ। प्राधिकरणले सोमबार एक सूचना प्रकाशन गर्दै ग्रामिण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्याण्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो।

पत्रकार चौधरीको स्मृतिमा पुरस्कार स्थापना

कोरोना संक्रमणले मृत्युवरण गरेका पत्रकार चौधरीको स्मृतिमा मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको छ।

नागरिकता अध्यादेश देशकाे हितमा छैनः नेमकिपा

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नागरिकतासम्बन्धी अध्यादेश देशकाे हितमा नभएको बताएका छन्। अध्यादेशमा जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले सोर्‍ह वर्ष पूरा भएपछि वंशजको आधारमा नेपाली नागरिकता पाउने व्यवस्था खुला सीमा भएको नेपालमा गलत भएको उनको भनाइ छ।

खोपमा नेपाललाई प्राथमिकतामा राख्न आग्रह

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विकासशील मुलुकहरूलाई खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न अमेरिकासँग आग्रह गरेका छन्। सोमबार अमेरिकी उपविदेशमन्त्री वेन्डी शेरम्यानसँग टेलिफोन कुराकानी गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

नेपाल र खनालसहित ११ नेता पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशित

नेकपा एमालेले वरिष्ठ नेतामाधवकुमार नेपाल र झलनाथ खनाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ।

डा.कोइरालाकाे आरोपः नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै संसद विघटन गरियाे

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै संसद विघटन गरिएको आरोप लगाएका छन्।

विघटनको विपक्षमा नेपाल समूहका २६ मध्ये २३ सांसदले हस्ताक्षर गरे

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका छन्।

कांग्रेस ‘प्रचण्डपथ’ अंगिकार गर्दै छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रजातन्त्रिक भन्ने नेपाली कांग्रेसले पनि ‘प्रचण्डपथ’ अंगिकार गरेजस्तो लागेको बताएका छन्।

संसद विघटनको प्रतिरोध गर्ने तयारीमा विद्यार्थी

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) रहेको नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले बताए। उनले विद्यार्थीहरुले संयुक्त प्रेस वक्तव्य निकालेर सरकारले गरेको संसद विघटनको भत्सर्ना समेत गरेका छन्।

एक्यानको पहलमा ३०० बेडको आइसोलेसन सञ्चालन

नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) र सर्वांग स्वास्थ्य सदन प्रालिले ३०० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छन्।

‘कसैको घरायसी सल्लाह र छलकपटबाट देश चल्दैन’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको कार्यप्रति आपत्ती प्रकट गर्दै पूर्वमन्त्री बडूले सर्वोच्च अदालतले न्याय गर्ने विश्वास समेत व्यक्त गरे।

दलहरुलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानै पर्छ, यसको विकल्प छैनः बिजुक्छेँ

नेमकिपाले निर्वाचनको पहिला पनि स्वागत गरेको र अहिले पनि स्वागत गर्छ भन्दै अध्यक्ष बिजुक्छेँले भने, “सबै दलहरुमा अनुशासन भंग भयो, शासक दलहरु यसको मुख्य जिम्मेवार हुन्, यी दलहरुलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानै पर्छ, चुनावको हाम्रो पार्टी स्वागत गर्छ, अब स्थिरताका लागि पनि चुनावमा जानै पर्छ।”

अष्टलक्ष्मीसहित १४ लाई स्पष्टीकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

बाँकेमा कोरोनाको उपचार हुँदै आएको भेरी अस्पताल र शिक्षण अस्पतालमा थप आठ सङ्क्रमितको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्