६ वैशाख २०८१ बिहीबार
राजनीति

संसद विघटनको प्रतिरोध गर्ने तयारीमा विद्यार्थी

संसद विघटन विरुद्ध विद्यार्थी संगठनले आन्दोलनको तयारी गरेका छन्।

संसदीय मूल्य, मान्यता, परम्परालाई तिलाञ्जली दिँदै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको संसदको विघटनले वर्तमान सरकार असफल भइसकेको जनाउँदै विपक्षी दल निकट विद्यार्थी संगठनहरुले संयुक्त आन्दोलनको तयारी गरेका छन्।

आन्दोलनको तयारीमा नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) रहेको नेपाल विद्यार्थी संघका अध्यक्ष  राजिव ढुंगानाले बताए। उनले विद्यार्थीहरुले संयुक्त प्रेस वक्तव्य निकालेर सरकारले गरेको संसद विघटनको भत्सर्ना समेत गरेका छन्।

उनीहरुले वर्तमान सरकारले कोरोना भाइरस नियन्त्रणमा ध्यान नदिएको कारण अस्पतालमा बेड, अक्सिजन, औषधिको हाहाकार मच्चिरहेको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा भएको जनाएका छन्। ‘जनताको स्वास्थ्यमाथिको गम्भीर खेलवाड र अपराध हो।’ विज्ञप्तिमा भनिएको छ।

उनीहरुले सरकारले जनतामाथि गरेको स्वास्थ्य अपराध तथा संसदको विघटनका विरुद्ध एकजुट हुँदै आ–आफ्नो ठाउँबाट प्रतिरोध गर्न पनि आग्रह गरेका छन्।

उनीहरुले सर्वोच्च अदालतले पुनस्र्थापना गरेको संसदको दोस्रो पटकको विघटन सार्वभौम जनतामाथि गरिएको निरंकुश र अधिनायकवादी डकैती भएको बताउँदै संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट संसद विघटनको घोर निन्दा र भत्र्सना गरेको छ।

संसदको विघटनले संविधानमाथि प्रहार भएको छ त्यसले सरकार निरंकुश, अधिनायकवादी र स्वेच्छाचारी बन्दै केपी ओलीको सरकार देश र जनताप्रति लगातार घात गर्दै आफ्ना संवैधानिक तथा कानूनी जिम्मेवारीबाट पतन भएको समेत उल्लेख गरेका छन्।

प्रकाशित: ९ जेष्ठ २०७८ ०७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App