२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नेपाली उडान युरोपमा खुला गर्न पहल गर्छु : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रकाशशरण महतले 'युरोपेली आकाशमा नेपाली हवाई उडानमा लगाइएको प्रतिबन्ध' हटाउन युरोपेली युनियन (इयु) र सो सम्बद्ध सदस्य राष्ट्रका सरकारसँग छलफल गर्ने भएका छन्। इयु, बेल्जियम र लक्जेमबर्ग भ्रमणमा निस्कनुअघि उनले आफ्नो भ्रमणपछि नेपाली हवाई उडानमा युरोपमा लागेको प्रतिबन्ध हट्ने आशा व्यक्त गरे।

चीनसँग सहकार्य बढाउन तयार छौं : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रकाशशरण महतले अघिल्लो सरकारको पालामा चीनसँग भएका सम्झौतालाई वर्तमान सरकारले अघि बढाउने प्रतिबद्धता दोहोर्‍याएका छन्। चीनसँग रणनीति सहकार्य र कनेक्टिभिटी बढाउन सरकार प्रतिबद्ध रहेको उनले जनाए।

एनअारएनले मतदान अधिकार पाउँछन् : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले प्रवासमा रहका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। विदेशमा हुनेलाई तत्काल यस्तो अधिकार दिन प्राविधिक समस्या रहेकोमा त्यसलाई समाधान गर्न पहल भइरहेको उनले बताए।

परराष्ट्रमन्त्री महत कतार जाँदै

परराष्ट्रमन्त्री प्रकाशसरण महत मंगलबार कतार प्रस्थान गर्ने भएका छन्। कतारका विदेशमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जसिम अल–थानीको औपचारिक निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन्।

भारत मातहत शान्ति मिशनमा जाने हल्ला निराधारः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाली सेना भारतीय सेना अन्तर्गत संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा पठाउनेबारे कुनै योजना नरहेको बताएका छन्। ‘नेपाली शान्ति सेना स्वयममा कुशल र सफल उदाहरण हो र संयुक्त राष्ट्रसंघको आव्हानमा विश्व शान्तिकार्यमा सरिक हुँदा अन्य देश अन्तर्गत रही कार्य गर्ने वा गर्नुपर्ने अवस्थामा नरहेको र नरहने व्यहोरा दोहोर्याउन चाहन्छु।’

एनआरएनए अमेरिकाको साधारण सभामा परराष्ट्रमन्त्री सहभागी हुने

गैरआवासिय नेपाली संघ अमेरिकाको पाँचौ साधारणसभा जनवरी १४ कादिन टेक्सासमा हुने भएको छ। साधारण सभाको उद्‌घाटन गर्न नेपालबाट परराष्टमन्त्री डा.प्रकाशशरण महत आउने कार्यक्रम रहेको एनआरएन अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले बताए।

युवा विद्यार्थीले परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव विरुद्ध आन्दोलनरत युवा विद्यार्थीले अनावश्यक वैदेशिक चलखेल तथा हस्तक्षेप अन्त्यका लागि भन्दै आइतबार दुई बजे परराष्ट्र मन्त्रालयका ध्यानाकर्षण पत्र बुझाउने भएका छन्।

परराष्ट्रमन्त्री महत स्वदेश फिर्ता

परराष्ट्रमन्त्री डा प्रकाशशरण महत इन्डोनेसियाको बालीमा यही मङ्सिर २३ र २४ गते आयोजित बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनमा सहभागी भई शनिबार साँझ स्वदेश फर्केका छन् ।

नेपालबाट संसारले शान्ति स्थापनाको पाठ सिक्न सक्छः परराष्ट्रमन्त्री महत

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालले शान्ति वार्ताबाटै द्वन्द्वको समाधान गरेको सफलता संसारकै लागि एक सफल उदाहरण भएकाले यसबाट विश्वले नै सिक्नसक्ने बताए।

राष्ट्रिय स्वार्थ र आवश्यकतालाई केन्द्रमा राखेर छलफल भयाे: परराष्ट्रमन्त्री महत

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल–भारत संयुक्त आयोगको चौथो बैठकमा राष्ट्रिय स्वार्थ र आवश्यकतालाई केन्द्रमा राखेर छलफल भएको बताएका छन्। नयाँदिल्लीमा हिजो सम्पन्न उक्त बैठकमा भाग लिएर आज अपराह्न स्वदेश फर्कनुभएका उहाँले बैठकमा नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षमा विस्तृत विचारविमर्श भएको बताए।

परराष्ट्रमन्त्री डा महत नयाँदिल्ली प्रस्थान

भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागिताका लागि परराष्ट्रमन्त्री डा प्रकाशशरण महत आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। बिहीबार भारतको नयाँदिल्लीमा हुने सो बैठकमा नेपालको नेतृत्व मन्त्री डा महतले गर्नेछन्।। सो आयोगको बैठकमा भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले प्रतिनिधित्व गर्दै छिन्।

लाेकमानका विषयमा निर्णय गर्ने दिन अाएकाे छैन: परराष्ट्रमन्त्री महत

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विषयमा निर्णय गर्ने दिन आइनसकेकाले त्यो दिन पर्खन आग्रह गरेका छन्। महाअभियोग प्रक्रिया लामो हुने भएकाले फुर्सदमा निर्णय गर्दा पनि फरक नपर्ने उनले तर्क गरे । महाअभियोगको विषयले संविधान कार्यान्यवनजस्तो महत्वपूर्ण विषय ओझेलमा पर्न नहुने उनकाे भनाइ थियाे।

नेपालको समृद्धिमा सघाउनुस् : परराष्ट्रमन्त्री महत

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विश्वमा नै नेपाली नागरिकको उपस्थिति रहेको वर्तमान अवस्थामा उनीहरुले ती देशमा आर्जन गरेको सीप, ज्ञान र प्रविधिलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी लगाउन सकिन्छ भन्ने बारेमा सोच्न आग्रह गरेका छन्।

२५ बुँदेको विरोध गर्नेहरु नक्कली राष्ट्रवादी हुन्ः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा भएको २५ बुँदे विज्ञप्तिको बचाउ गरेका छन्। नेपाल र भारतबीच भएका सहमति र सम्झौताहरुले राष्ट्रिय स्वार्थमा आँच नआउने उनले दावी गरे।

शान्ति र समृद्धि प्राथमिकताः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाल संविधान कार्यान्वयन गर्ने चुनौतीपूर्ण चरणमा प्रवेश गरेको अन्तर्राष्ट्रिय समुदायलाई बताएका छन् । अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७१ औं महासभालाई शनिबार राति सम्बोधन गर्दै उनले शान्ति, स्थिरता र समृद्धि नेपालको अन्तिम लक्ष्य रहेको जनाए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्