२१ आश्विन २०८१ सोमबार
image/svg+xml

समृद्ध नेपालको जग बसाउन अन्तर्राष्ट्रिय समुदायको सहयोग अावश्यकः परराष्ट्रमन्त्री डा महत

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले शान्त, स्थिर, प्रजातान्त्रिक तथा समृद्ध नेपालको दरिलो जग बसाउने कार्यमा अन्तर्राष्ट्रिय भाइचाराको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरेका छन्। नेपालका तर्फबाट संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभालाई आज सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयन तथा मुलुकको आर्थिक, सामाजिक परिवर्तनका लागि असल आकाङ्क्षा, ऐक्यबद्धता तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक भएको बताए ।

नेपालको संविधान समावेशी छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी संविधान भएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन न्युर्योकमा आयोजना गरिएको प्रथम संविधान दिवस समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयनमार्फत मुलुकलाई अगाडि बढाइने उल्लेख गरे।

महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्रीले गर्ने

काठमाडौँ- संयुक्त राष्ट्र सङ्घको ७१ औँ महासभामा नेपाली प्रतिनिधिमिण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले गर्ने भएका छन्।

परराष्ट्रमन्त्री महत स्वदेश फिर्ता

परराष्ट्रमन्त्री प्रकाशशरण महत ३ दिने भारत भ्रमण सकेर मंगलबार स्वदेश फर्किएका छन्। नेपाल एयरलाइन्सकाे विमानबाट मंगलबार १ बजे उनी काठमाडाैं अाइपुगेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तालिका र एजेण्डाबारे भारतीय पक्षसँग छलफल गर्न उनी आइतबार नयाँ दिल्ली पुगेका थिए।

परराष्ट्रमन्त्री महतद्वारा भारतीय विदेशमन्त्री स्वराजसँग भेटवार्ता

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय समकक्षी सुस्मा स्वराजसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा आइतबार नयाँ दिल्ली पुगेका उनले केही समयअघि भारतीय परराष्ट्रमन्त्रालयकाेजहवार भवनमा स्वराजसँग भेटवार्ता गरेका हुन्।

परराष्ट्रमन्त्रीद्वारा भारतीय नेतासँग छलफल

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले नेपालबारे चासो राख्ने भारतीय नेताहरुसँग अन्तरक्रिया गरेका छन्। जनता दल युनाइटेडका सचिव केसी त्यागी, राष्ट्रिय कंग्रेस पार्टीका महासचिव डिपी त्रिपाठी एवं सोसलिष्ट फ्रन्टका नेता विजय प्रतापको उपस्थितिमा उनले अन्तरक्रिया गरेका हुन्।

परराष्ट्रमन्त्री भारत जाने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री प्रकाशरण महत भारत भ्रमणमा जाने भएका छन्।

छिमेकीसँगको सम्बन्ध सुधार प्राथमिकतामा: परराष्ट्रमन्त्री महत

काठमाण्डौ-नवनियुक्त परराष्ट्रमन्त्री प्रकाशशरण महतले छिमेकी मुलुकसँगको सम्बन्धलाई थप विश्वासिलो र मजबुत पार्न आफू लागिपर्ने बताएका छन्।

कोसी बाँध सुरक्षा गर्न नेपाल सक्षम : परराष्ट्रमन्त्री

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले कोसी बाँधको सुरक्षा गर्न नेपाल सक्षम रहेको बताएका छन्। राप्रपा नेपालको केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले कोसी बाँधको सुरक्षाका लागि सबै सुरक्षा निकायले आवश्यक काम गरिसकेको बताए।

काबुल घटना मानवताविराेधी अपराधः परराष्ट्रमन्त्री

काठमाडौं– उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले अफगानिस्तानको काबुलमा साेमबार बिहान भएको घटनामा परेर १४ नेपालीको ज्यान गएको जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्