८ पुस २०८१ सोमबार
image/svg+xml

यौन दुर्व्यवहारका घटनामा मिलापत्र प्रयास

खोटाङमा बलात्कार प्रयासका घटना आर्थिक प्रलोभनमा मिलापत्र गराउने प्रयास भएको खुलेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय निरकुमार विश्वकर्माले १७ वर्षीय युवतीलाई गरेको यौन दुर्व्यवहारका घटनालाई आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको खुलेको हो ।

यौन दुर्व्यवहारका घट्नामा मिलापत्रको प्रयास

खोटाङमा बलात्कार प्रयासका घट्नालाई आर्थिक प्रलोभनमा मिलापत्र गराउने प्रयास भएको खुलेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय निरकुमार बिश्वकर्माले १७ वर्षीय युवतीलाई गरेको यौन दुर्व्यवहारका घट्नालाई आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको खुलेको हो।

तेह्र वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्नेलाई डेढ वर्ष कैद

तेह्र वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्लाको मोदी गाउँपालिका–८ चित्रेका २० वर्षीय राजेश नेपाली कारागार चलान भएका छन्।

पत्रकारलाई दुर्व्यवहारको निन्दा

सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले सञ्चारकर्मी अनिश तिवारीलाई गरेको अभद्र व्यवहारको पत्रकार महासंघले भत्र्सना गरेको छ। महासंघ सिन्धुपाल्चोक शाखाले आइतबार प्रेस विज्ञप्ती जारी गरी प्रकाशित समाचारको निहुँमा गाउँपालिका अध्यक्ष जिसीले कान्तिपुर दैनिकका जिल्ला संवाददाता तिवारीलाई गालीगलौज तथा अभद्र व्यवहार गरेको घटनाप्रति विरोध जनाएको हो।

दुर्व्यवहार सहेर बसेका त छैनन् किशोर/किशोरी?

अपराधबिनाको समाज कल्पना गर्न सकिँदैन। समाजमा अपराध हुन्छन् तर यसलाई न्यूनीकरण गर्न भनेसम्भव छ। त्यसका लागि विद्यमान कानुनबारे जानकार भइयो भने पनि धेरै हदसम्म आफू दुव्र्यवहारबाट बच्न सकिन्छ र केही हदसम्म अरुलाई पनि बचाउन सकिन्छ।कानुनको अनविज्ञता क्षम्य हुँदैन भनिन्छ। त्यसैले कानुन सबैले जान्नु आवश्यक हुन्छ।को समाज कल्पना गर्न सकिँदैन। समाजमा अपराध हुन्छन् तर यसलाई न्यूनीकरण गर्न भनेसम्भव छ। त्यसका लागि विद्यमान कानुनबारे जानकार भइयो भने पनि धेरै हदसम्म आफू दुव्र्यवहारबाट बच्न सकिन्छ र केही हदसम्म अरुलाई पनि बचाउन सकिन्छ।कानुनको अनविज्ञता क्षम्य हुँदैन भनिन्छ। त्यसैले कानुन सबैले जान्नु आवश्यक हुन्छ।

छात्रालाई पोर्न फिल्म देखाएर यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

लामो समयदेखि जिल्लामा शिक्षण पेशामा रहेका एक शिक्षकले नौ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीका अनुसार बालिकालाई एकान्त कोठामा लगी अश्लील चलचित्र देखाउँदै दुर्व्यवहार गरेको भन्ने उजुरी परेको छ। दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ।

स्वागत गर्न लाईनमा बसेकी छात्राको मृत्युबाट के सिक्यौँ ?

बालबालिका शान्ति क्षेत्र हुन् भनेर घोषणा गरेको पनि धेरै भयो। विद्यालय शान्ति क्षेत्रको अवधारणा पनि अब पुरानो भइसक्यो। साझेदार निकायसँगको सहकार्यमा सरकारले बालमैत्री विद्यालयको अवधारणा सबैजसो ठाउँमा यसअघि नै कार्यान्वयनमा ल्याएको हो।

बालिकामाथि यौन दुर्व्यवहार गरी भाग्दा युवकको मृत्यु

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा गाउँलेले लखेट्दा एक युवकले ज्यान गुमाएका छन्। बालिकामाथि दुर्व्यबहार गरेको थाहा पाएर गाउँलेले हल्ला गरेपछि भाग्दा भिरबाट खोलाकिनारमा खसेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा आइतबार मृत्यु भएको हो।

आफन्तबाटै असुरक्षित छन् महिला

केही महिनाअघि खोटाङकी भानुमती राई (परिवर्तित नाम) जेठाजुबाटै बलात्कृत भइन्। तर घटना गुपचुप राखिएन। पीडितले प्रहरीमा उजुरी दिएपछि बलात्कारी जेठाजु कारबाहीमा परे। यस्तै जिल्लाकै दक्षिणी क्षेत्रकी एक महिलाले सँगै बजार गएका आफन्त पुरुषले बाटोमा यौन दुर्व्यवहार गर्लान् भन्ने कल्पनासमेत गरेकी थिइनन्। तर घर फर्कने क्रममा जंगलमा बलात्कारमा परिन्। हाल ती पुरुष जेलमा सजाय भोगिरहेका छन्।

यौन दुर्व्यवहार गर्ने ४८ कर्मचारीले गुगलको जागिर गुमाए

गूगल कम्पनीले आफ्ना १३ जना वरिष्ठ प्रबन्धकसहित ४८ जना कर्मचारीलाई जागिरबाट निकालेको छ।

मि टु अभियानमा मुछिए मोदीका विदेश राज्यमन्त्री, पदबाट राजीनामा

भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले पदबाट राजीनामा दिएका छन्। हलिउड हुँदै भारत आइपुगेको मि टु अभियानअन्तर्गत २० जना महिला पत्रकारले यौन दुर्व्यवहारको आरोप लगाएपछि अकबरले बुधवार पदबाट राजीनामा दिएका हुन्।

‘रोहिन्जाविरुद्धको दुर्व्यवहार छानबिन गर्न म्यान्मार अनिच्छुक’

म्यान्मारका रोहिन्जा समुदायका नागरिकमाथि भएको ज्यादतिको अनुसन्धान गर्न म्यान्मार अनिच्छुक रहेको आरोप संयुक्त राष्ट्रसंघीय अधिकारवादीले लगाएका छन्।

‘दुर्व्यवहारमा चुप नबसौँ, अपराधीलाई मौका नदिऔँ’

‘जब तपाईमाथि जस्तोसुकै दुर्व्यवहार हुन्छ, तपाईले आवाज उठाइ हाल्नुपर्छ। प्रतिकार गर्नुपर्छ,’ जिल्ला प्रहरी कार्यालय खोटाङकी प्रहरी सहायक निरीक्षक सिता पछाईले भनिन्, ‘गुपचुप बस्नु भयो भने यीनले केही गर्दैन रहेछ भनेर अपराधिक मानसिकता भएका व्यक्तीको मनोबल झन् बढ्छ र बलात्कार र हत्यासम्म गर्न सक्छ।’

यौन दुर्व्यवहार आरोपमा कर्मचारी पक्राउ

इलाम अस्पतालका नेत्र सहायक दीपक सुवेदी यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन्। १७ वर्षीया बालिका माथि यौन दुर्व्यवहार गरेको आरोपमा २७ वर्षीय सुवेदीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उपमेयरमाथि दुर्व्यवहार

महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारा देवी कानु माथि विहीवार बोतल प्रहार गरी दुर्व्यवहार गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्