२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बालविवाह न्यूनीकरणका लागि २० किशोरीलाई साइकल

बालविवाह न्यूनीकरणका लागि नेपाल परिवार नियोजन संघ कपिलवस्तुले २० किशोरीलाई ब्यागसहित साइकल दिएको छ। युएनएफपिएको सहयोगमा बालविवाह न्यूनीकरणका लागि किशोरकिशोरी सशक्तीकरण परियोजन अन्र्तगत उनीहरुलाई साइकल प्रदान गरिएको हो।

दुर्घटना न्यूनीकरणका लागि विद्यालयका चालकलाई ज्याकेट अनिवार्य

राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि विद्यालयका सवारी साधन चालक र सहचालकलाई टल्कने (फ्लोरसेन्ट) ज्याकेट अनिवार्य गरिएको छ।

चट्याङ र पहिरो पूर्वसूचना प्रणाली जडान

विपद् क्षति र जोखिम न्यूनीकरणका लागि बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिका परिसरमा चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्वसूचना प्रणाली जडान गरेको छ।

अन्धोपन न्यूनीकरणमा विराटनगर आँखा अस्पतालको महत्वपूर्ण भूमिका

अन्धोपन न्यूनीकरणमा विराटनगर आँखा अस्पतालको सेवा उल्लेखनीय भएको सरोकारवालाहरूले बताएका छन्।

एक वर्षमा ६२३ को मृत्यु, १५ सय बढी घाइते

प्रदेश ५ मा दुर्घटना न्यूनीकरणका लागि गत वर्ष ट्राफिक प्रहरीले विभिन्नखाले अभियान सञ्चालन ग¥यो। बढी दुर्घटना हुने क्षेत्रमा स्पिड कन्ट्रोलर राख्ने, टिपरका लागि टाइमकार्ड लागू गर्ने र लामो दुरीका गाडीमा दुईजना चालक अनिवार्य गर्ने भन्यो। त्यसको अनुगमन निरीक्षणका लागि मोबाइल एप्स, नो हर्न, बाटोमै चालकको स्वास्थ्य परीक्षण, छडके जाँच, मापसे चेकिङ निरन्तर चलिरहेको दाबी प्रहरीको छ। ]

बालविवाह रोक्न किशोरीको घरमा हरियो झण्डा

यसअघि जिल्लाका विभिन्न क्षेत्रमा बालविवाह न्यूनीकरणको लागि धार्मिक अगुवा, धामी, झाक्री, पुजारीलाई समेत तालिम दिइएको थियो। धामी, पुजारीले बालविवाहका बेफाइदाबारे जानकारी गराउँदा सर्वसाधारणमा राम्रो प्रभाव पर्ने भएपछि धार्मिक अगुवालाई अघि सारिएको हो। चेतना अभाव र धार्मिक अन्धविश्वासले यहाँ बालविवाह गर्ने क्रम रोकिएको छैन। छोरीलाई कम उमेरमै कन्यादान गर्दा पुण्य पाइन्छ भन्ने मान्यताले बालविवाह जटिल समस्याको रुपमा रहेको छ। देशमै बालविवाह बढी हुने पाँच जिल्लामध्ये बैतडी पनि एक हो।

स्थानीय तहमा छैन दमकल

गर्मीयाममा आगलागीको जोखिम बढी हुन्छ। जिल्लाका अधिकांश स्थानीय तहसँग समयमै आगलागीलाई नियन्त्रणमा लिई क्षति न्यूनीकरण गर्न दमकल अभाव छ।

सवारी दुर्घटना न्यूनीकरण गर्न काठमाडौंदेखि कोटेश्वरसम्म टाइमकार्ड

उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौंंको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिने भएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ऐक्यबद्धता

‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन २०७४’ कार्यान्वयनको लागि नुवाकोटका सबै स्थानीयतहले ऐक्यबद्धता जनाएका छन्।

विद्युतीय दुर्घटना बढ्यो, जोखिम न्यूनीकरणका लागि तेस्रो पक्ष बीमा

विसं २०६८ को असारदेखि अहिलेसम्म ७५२ विद्युतीय दुर्घटना भएका छन्। विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्तिवापत नेपाल विद्युत् प्राधिकरणले अहिलेसम्म रु १२ करोड २० लाख खर्च गरेको छ।

बलात्कार न्यूनीकरण गर्न कार्ययोजना

बलात्कार एवं महिला हिंसाका घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ। बलात्कारका घटना न्यूनीकरण गर्न तीनमहिने अभियान सञ्चालन गर्ने कार्ययोजना बनाइएको खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।

विपदबाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपद्बाट हुने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताए।  विपद् जोखम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यकारी समितिको विहीबारको बैठकमा गृहमन्त्री थापाले विपद् व्यवस्थापन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए।

बढ्दो बलात्कारका घट्ना न्यूनीकरण गर्न प्रहरीको यस्तो कार्ययोजना

बढ्दो बलात्कार एवं महिला हिंसाका घट्ना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ।

बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना

बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ।  आगामी पाँच वर्षभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको हो। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी र परामर्शदाता संस्था ओआरडीएसले सो रणनीतिक योजना तयार पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्