२३ आश्विन २०८१ बुधबार
image/svg+xml

एनसेल मेला शनिबार पोखराको प्रदर्शनी केन्द्रमा

एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न, शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला २०७४ आयोजना गर्दैछ। गीत संगीत लगायत विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजे देखि शुरु हुने कम्पनीले बताएको छ।

कीर्तिमानमा भन्दा प्रदर्शनमा ध्यान

आफ्नो दक्षिण अफ्रिकाका सर्वकालीन विकेट लिने खेलाडी बन्ने उपलब्धिमा ध्यान केन्द्रित नभएको तीव्र गतिका बलर डेल स्टेनले बुधबार बताएका छन् । दक्षिण अफ्रिकाले एबी डी भिलियर्ससँगै स्टेनलाई पनि डिसेम्बर २६ बाट सुरु हुने जिम्बावेविरुद्धको एक मात्र दिवा–रात्रि टेस्टका लागि टोलीमा फिर्ता बोलाएको थियो ।

आस्विनको कीर्तिमानी प्रदर्शन

स्पिनर रविचन्द्रन आश्विन टेस्ट क्रिकेटमा सर्वाधिक छिटो ३ सय विकेट लिने खेलाडी बनेको दिन भारतले सोमबार दोस्रो टेस्टमा श्रीलंकालाई एक इनिङ र २ सय ३९ रन अन्तरमा पराजित गरेको छ ।

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

विश्वभरिका सुन्दरीहरुका लागि एउटा सपना हो– मिस वर्ल्ड। यस वर्षको मिस वर्ल्ड उपाधि भारतकी मानुसी छिल्लरले जितेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आए। नेपालको प्रतिनिधित्व गरेर मिस वर्ल्डमा सहभागी निकिता चाण्डक हेड टू हेडमा समूह विजेता बन्न सफल रहिन्।

अफगानिस्तानसँग नेपालको फितलो प्रदर्शन, १०४ रनको लक्ष्य प्रस्तुत

एसिसी यु–१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले अफगानिस्तानसामु १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरमा अलआउट हुँदै १०३ रन बनाएको हो। नेपालका लागि अनिलकुमार साहले अर्धसतक प्रहार गरे। उनले ५७ बलमा ७ चौका र एक छक्का प्रहार गरेका थिए।

देउवा डडेल्धुरा पुग्दा कांग्रेसको ‘शक्ति प्रदर्शन’

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तहको मतपरिणाम अनुसार वामगठबन्धन कांग्रेसभन्दा झण्डै साढे आठ हजार मतले अघि छ । सोही मतपरिणामलाई आधार मानेर देउवालाई यसपटक चुनाव जित्न कठिनाई हुने विश्लेषण हुने गरेको छ ।

बार्सिलोनामा प्रदर्शन जारी

स्पेनको केन्द्रीय सरकारले थुनामा राखेको स्वतन्त्र क्याटालोनिया पक्षधर नेतालाई रिहाईको माग गर्दै मंगलबार पनि दशौं हजारले  प्रदर्शन गरेका छन्।

एकादेशमा ९९ शर्ट फिल्म प्रदर्शन हुने

सामाजिक विषयवस्तु समेटिएर तयार भएका छोटा फिल्महरूको महोत्सव ‘एकादेशमा इन्टरनेसनल शर्ट फिल्म फेस्टिभल’मा यस वर्ष ९९ वटा फिल्महरु प्रदर्शन हुँदैछन् । आगामी कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्म हुने पाँचौं संस्करणको यो फेस्टिभलमा २१ वटा नेपालको फिल्म सहित ४३ देशका फिल्म प्रदर्शन हुँदैछन् ।

तिब्बती संस्कृतिको प्रवर्द्धन गर्दै डिजिटल कला प्रदर्शनी

तिब्बती सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्दै आयोजना भइहरेको अन्तराष्ट्रिय डिजिटल कला प्रदर्शनीको सम्पन्न भएको छ । तिब्बती परम्परा, भौगोलिक दृश्य र सम्पदालाई भिडियोको माध्यमले प्रस्तुत गरिएको प्रदर्शनीले नेपाल र चीनको मैत्री सम्बन्धलाई प्रवद्धन गरेको आयोजकको दावी रहेको छ ।

क्याटलन नेताको रिहाइको माग गर्दै प्रदर्शन

क्याटालोनियाको स्वतन्त्रताका पक्षधर नेताहरूलाई स्पेन सरकारले थुनामा राखेपछि उनीहरुको रिहाईको मागगर्दै दशौँ हजार क्याटालोनियालीले प्रदर्शन गरेका छन्।

नेपालको सम्मानजनक प्रदर्शन

एसिसी यु–१९ युथ एसिया कपमा मोहम्मद नेम शेखको अर्धशतकप्रेरित बंगलादेशसँग शनिबार नेपाल डर्कवर्थ लुइस पद्धतिका आधारमा २ विकेटले पराजित भएको छ ।

जापानमा ‘ऐश्वर्य’ प्रदर्शन हुने

गत हप्तादेखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’जापानमा प्रदर्शन हुने भएको छ । अागामी नोभेम्बर १९ तारिखमा टोकियोकाे नाकानो जेरो हलमा फिल्म ‘ऐश्वर्य’ प्रदर्शन हुँदैछ । डेस्टिनी क्रियसन कम्पनी टाेकियाेमा ‘ऐश्वर्य’ फिल्म प्रदर्शन गर्न लागेकाे हाे ।

सनको प्रदर्शनमा टोटेनह्याम विजयी

दक्षिण कोरियाका सन ह्युङ–मिनले गरेको गोलमा टोटेनह्यामले आइतबार इङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको छ।

स्पेनी एकताको पक्षमा बार्सिलोनामा विशाल प्रदर्शन

क्याटलोनिया क्षेत्रलाई स्वतन्त्र भएको घोषणा गरेको भन्दै स्पेनले क्याटलोनियाको अधिकार कटौति गरेपछि स्पेनी एकताको पक्षमा बार्सिलोनामा भएको विशाल र्‍यालीमा हजारौंले सहभागिता जनाएका छन्।

जेरुसेलममा ३० हजार महिलाको प्रदर्शन

प्यालेस्टाईन र इजरायलका हजारौं महिलाले दुई देशबीच शान्ति सम्झौताको माग गर्दै जेरुसेलमको सडक प्रदर्शन गरेका छन् । जेरुसेलमको स्वतन्त्रपार्कमा भएको प्रदर्शनमा झण्डै ३० हजार महिला सहभागी भएको आयोजकले जनाएका छन् । ‘वमन वेज पिस’ले आयोजना गरेको यो प्रदर्शन कार्यक्रम गत दुई हप्ता देखि भइरहेको आन्दोलनको पछिल्लो कार्यक्रम हो । गत सेप्टेम्बर २४ देखि जेरुसेलममा शान्ति सम्झौताका लागि दवावमुलक विभिन्न कार्यक्रमहरू गर्दै आइरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्