१९ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जेरुसेलममा ३० हजार महिलाको प्रदर्शन

जेरुसेलम – प्यालेस्टाईन र इजरायलका हजारौं महिलाले दुई देशबीच शान्ति सम्झौताको माग गर्दै जेरुसेलमको सडक प्रदर्शन गरेका छन् । जेरुसेलमको स्वतन्त्रपार्कमा भएको प्रदर्शनमा झण्डै ३० हजार महिला सहभागी भएको आयोजकले जनाएका छन् । 
‘वमन वेज पिस’ले आयोजना गरेको यो प्रदर्शन कार्यक्रम गत दुई हप्ता देखि भइरहेको आन्दोलनको पछिल्लो कार्यक्रम हो । गत सेप्टेम्बर २४ देखि जेरुसेलममा शान्ति सम्झौताका लागि दवावमुलक विभिन्न कार्यक्रमहरू गर्दै आइरहेका छन् । 
दक्षिणी सहर स्डेरोटबाट सुरु भएको ¥यालीले विभिन्न ठाँउहरू पार गर्दै वेस्टव्याङ सम्म ढाकेको थियो । वमन वेज पिसले इजरायल र प्यालेस्टाइनको रक्तपातपूर्ण द्वन्द्व अन्त्यका शान्ति सम्झौता गर्न माग गर्दै आइरहेको छ । 

प्रकाशित: २३ आश्विन २०७४ १६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App