२३ आश्विन २०८१ बुधबार
image/svg+xml

‘दुई रुपियाँ’ जापानमा प्रदर्शन हुने

गत हप्ताबाट नेपालभर रिलिज भएको चलचित्र ‘दुई रुपियाँ’जापानमा प्रदर्शन हुने भएको छ। आक्रामक शैलीमा व्यापार गर्दै दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको यो चलचित्र आगामी अक्टुबर १ तारिख टोकियोमा प्रदर्शन हुने सीसीआई ग्लोबल कम्पनीले जनाएको छ।

चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रदर्शन, ११ पक्राउ [फोटो-भिडियो]

चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै संसद भवनमा धर्ना दिने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। संसद सचिवालयले उक्त विधेयक आजको कार्यसूचीमा राखेपछि डाक्टर, कलाकार, विद्यार्थीलगायत ब्यक्तिहरु संसद भवनअघि धर्ना दिन पुगेका थिए। धर्ना बसेका उनीहरुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

तल्लो क्रमको उत्कृष्ट प्रदर्शन

मध्यक्रम निरीह बनेको खेलमा तल्लो क्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि अभ्यास खेलका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय डिनडिगुल ड्रागन्सलाई १ सय ५३ रनले पराजित गरेको छ।

विद्यार्थी हत्याको विरोधमा प्रदर्शन

विद्यार्थी हत्याको विरोधमा कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्।प्रहरी र स्थानीयवासीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन्। यस क्रममा प्रहरीले नौ राउण्ड अश्रुग्याससमेत प्रहार गरेको प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए।

पत्रकार लंकेशको हत्या विरोधमा काठमाडौंमा प्रदर्शन

भारतीय पत्रकार गौरी लंकेशको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। पत्रकार, लेखक तथा अधिकारकर्मीहरुले माइतिघर मण्डलामा भेला भएर हत्याको विरोध गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरे।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको माग गर्दै नयाँ शक्तिको प्रदर्शन

नयाँ शक्ति पार्टी, नेपालले राजनीतिक स्थायित्व ल्याउन र देशलाई समृद्ध बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणालीको माग गरेको छ। आइतबार नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

नाडा अटोमोबाइल्सको प्रदर्शनीमा जे देखियो (फोटो फिचर)

नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले गत मंगलबारदेखि नाडा अटो प्रदर्शनी गरेको छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग गर्दै नयाँ शक्तिको प्रदर्शन

नयाँ शक्ति पार्टी, नेपालले  प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणालीको माग गर्दै धर्ना बसेको छ। मंगलबार नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको हो।

वेस्ट इन्डिजको सामान्य प्रदर्शन

वेस्ट इन्डिजले शनिबार इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा सामान्य प्रदर्शन गरेको छ ।  दोस्रो दिनको खेल चलिरहँदा वेस्ट इन्डिज १२८–३ मा खेलिरहेको छ । १९–१ बाट दोस्रो दिनको खेल सुरु गरेको वेस्ट इन्डिज अझै इङ्ल्यान्डभन्दा १ सय ३० रनले पछि छ ।  ओपनर क्रायग ब्राथवेट अविजित ६४ र साई होप अविजित ५१ रनमा खेलिरहेका छन् ।

सम्बन्धन खारेज माग गर्दै प्रदर्शन (फोटो/भिडियो)

काठमाडौँ नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धनको विरोध गर्दै विवकेशील साझा पार्टीले काठमाडौँमा घण्ट सभा गरेको छ ।

भारतमा धर्मगुरुका पक्षमा प्रदर्शन,  ३१ को मृत्यु

उत्तरी भारतीय सहरमा शनिबार भएको भीषण झडपमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

प्रदर्शनीमा बिक्री भए महँगा चित्र

प्रकृतिसँग सम्बन्धित चित्रकलाको प्रदर्शनी सुरु हुँदा आयोजक भीमप्रसाद शर्माको मनमा एक खालको डर थियो। प्रदर्शनीमा राखेका चित्र बिक्री होला वा नहोला भन्ने आशंका उनमा थियो। त्यस्तै, प्रदर्शनी अवलोकन गर्न पनि कति मान्छे आउने हुन् भन्ने भय पनि उनमा उत्तिकै थियो। यही धरमरबीच भदौ ३ गते नवलपरासीको गैंडाकोटमा 'अन्तर्राष्ट्रिय प्रकृति कला प्रदर्शनी' सुरु भयो। बुधबार प्रदर्शनी सकिँदा शर्मा खुसीले गद्गद् थिए।

डा. केसीको पक्षमा प्रदर्शन (फोटो/ भिडियो)

काठमाडौं- चिकित्सा क्षेत्रको सुधारको माग राख्दै आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार विशाल प्रदर्शन भएको छ। डा. केसीको पक्षमा माइतिघरमा जुटेर जुलुश बानेश्वर पुगेको थियो। विभिन्न प्ले कार्ड बोकेर प्रदर्शन गरिएको थियो।

क्षतिपूर्तिको माग गर्दै किसानद्वारा प्रदर्शन

श्री राम सुगर मिल्स, बाबा डिस्टिलरी विर्ता, ज्योति डिस्टिलरी पिपरापोखरिया र एभरेस्ट डिस्टिलरी गंगापिपराले वर्षाको मौका पारी छाडेको विषाक्त पानीले हजारौं बिघा खेती नोक्सान भएपछि रौतहटको विभिन्न गाउँका किसानले क्षतिपूर्तिको माग गर्दै मंगलबार सदरमुकाम गौरमा प्रदर्शन गरेका छन्।

चार बालिकाको शव सडकमा राखेर प्रदर्शन

चार जना बालिका खाल्डोमा डुबेर ज्यान गुमाएपछि गरुडाका स्थानीय आक्रोशित बनेका छन्। उनीहरु चारै जनाको शव इलाका प्रहरी कार्यालय गरुडामा राखेर प्रदर्शन गरिरहेका छन्। सडक डिभिजन कार्यालय र ठेकेदारको लापरबाहीका कारण अबोध चार बालिकाको ज्यान गएको भन्दै आफन्त र स्थानीयहरुले कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्