३ मंसिर २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्रीले भेटे राष्ट्रकवि घिमिरेलाई, उपचार खर्च सरकारले व्यहोर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन्।

उपचारका लागि मन्त्री यादव थाइल्याण्ड जाँदै

उद्योग , वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएको छ।

विपन्न महिलाकाे निशुल्क उपचार

आर्थिक अवस्था कमजाेर भएकी प्युठानकी एक महिलाको निशुल्क उपचार गरिएकाे छ । चार वर्षदेखि खुट्टामा रहेको रड निकाल्न नसकेकी धनी विककाे स्थानीय राज बस्नेतकाे पहलमा निशुल्क शल्यक्रिया गराइएकाे हाेा।

खेलाडीलाई उपचारमा सहुलियत

राष्ट्रिय खेलकुद परिषद् (राखेप), दीर्घायु गुरु हस्पिटल एन्ड रिसर्च सेन्टर, र दृष्टि आईकेयर सिस्टबीच सम्पूर्ण खेलाडी र खेलाडीका परिवार, राखेप कर्मचारी र परिवार, खेल पत्रकार र पत्रकार परिवार, खेल पदाधिकारी र परिवारलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा शनिबार सम्झौता भएको छ।

चित्रमार्फत बालबालिकाको उपचार

केहीदिन अघि कान्ति बालअस्पतालको क्यान्सर वार्डमा एकहुल युवा प्रवेश गरे । वार्डमा आफ्ना बालबलिकाको स्वास्थ्यप्रति चिन्तित अभिभावक थिए, निराश र आशंकित ।

वृद्धाको उपचार खर्च गाउँपालिकाले बेहोर्ने

आफ्नै घरमा बलात्कृत भएकी इलामको रोङ गाँउपालिका–१ कटहरेकी एक ७७ बर्षीया वृद्धाको उपचार खर्च रोङ गाउँपालिकाले बेहोर्ने भएको छ ।

वर्षाैंदेखि रोग लुकाएर बूढेसकालमा उपचार

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खाकी ७० वर्षीया चनमती राई (नाम परिवर्तन) को आङ (पाठेघर)खसेको २३ वर्ष बित्यो । आङले आफ्नो स्थान छाडेर क्रमशः पहिलो र दोश्रो चरण पार गर्दासम्म उनले पीडालाई लुकाएरै बसिन् । हिँड्डुल गर्न गाह्रो हुन्थ्यो, गह्रौं काम गर्न गाह्रो हुन्थ्यो।

उपचारपछि फेरियो अनुहार

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडाकी ४ वर्षीय दिकु शेर्पाको जन्मजात ओठ तथा तालु फाटेको थियो। गतवर्ष ओठ तथा यसवर्ष तालुको शल्यक्रिया गरेपछि दिकुको मुहारमा अहिले सुधार आएको छ। शल्यक्रियाबाट उनको जन्मजात विकृत मुहार सुन्दर देखिएपछि अहिले उनको परिवारमा अहिले खुसी छाएको छ।

क्यान्सरपीडित बालकलाई उपचार खर्च अभाव

इलाम नगरपालिका–४, बरबोटेका १४ वर्षीय बालक ऋतिक घिमिरे रगतको क्यान्सरबाट पीडित भएर अस्पतालमा थलिएका छन् । भरतपुर अस्पतालमा रहेका ऋतिकको उपचारमा ३० लाख रुपैयाँ लाग्ने भएपछि अत्यन्त निम्न आर्थिक अवस्थाको उनको परिवारमा ‘बज्रपात’ आइलागेको छ ।

स्वास्थ्य केन्द्रमा नाडी छामेर उपचार गरिँदै

रुघाखोकी, ज्वरोले थलिएकी डेढ बर्षीया कृतिका यादवको नाडी छामेर बिरामी ठम्याउँदै थिए स्वास्थ्य चौकी मझौराका ईन्चार्ज(सिअहेव) रामेश्वार प्रसाद यादव। छातीको घरघराहट(कफ जमेनजमेको) लगायतको जाँच गर्ने उपकरण एथेसस्कोप(आला) नहुँदा स्वास्थ्यकर्मी यादवले उनको नाडीं छामेर बिरामी पता लाउँदै थिए।

आयुर्वेदिक अस्पतालमा थप चार प्राकृतिक उपचार सेवा शुरु

उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा अवस्थित नेपाल सरकारबाट सञ्चालित पुरानो आयुर्वेदिक अस्पताललाई आगामी दिनमा प्रभावकारी बनाएर लैजानका लागि थप चार वटा प्राकृतिक उपचार सेवा सञ्चालन गरिएको छ।

नगरका बिरामीलाई उपचार खर्च दिइने

हलेसी तुवाचुङ नगरपालिकाले गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई आर्थिक सहयोग गर्ने कार्यविधि कार्यान्वयनमा ल्याएको छ। विभिन्न ९ किसिमका जटिल रोग लागेर अस्पतालसम्म पुग्न नसक्ने नगरवासी बिरामीको उपचार सहयोगका लागि नगरपालिकाले आर्थिक सहयोग तथा सिफारिस कार्यविधि तयार पारेर कार्यान्वयनमा ल्याएको हो।

जिल्ला अस्पतालमा निःशुल्क नवजात शिशु उपचार केन्द्र

जिल्ला अस्पताल खोटाङमा नवजात शिशु उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य समस्यामा परेका नवजात शिशुको रेखदेखका लागि जिल्ला अस्पतालमा नवजात शिशु उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रमा निःशुल्क उपचार हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्