१० कार्तिक २०८१ शनिबार
image/svg+xml

महानगरीय प्रहरी परिसर काठमाडौंकाे प्रवक्तामा चन्द

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता परिर्वतन फेरिएका छन्। परिसरका नयाँ प्रवक्ताका रुपमा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्द नियुक्त गरिएकाे परिसरका प्रमुख उत्तम सुवेदीले जानकारी दिए।

प्रहरीको पेस्तोल लुट्ने तराई मुक्ति मोर्चाका कार्यकर्ता पक्राउ

प्रहरीले विभिन्न अपराधी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। हातहतियार तथा खरखजाना मुदामा फरार अपराधीको सूचीमा लामो समयदेखि रहेका गरुडा नपा २ गेडहीगुठीका ४२ वर्षका राम एकबाल सहनीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको क्राइम इन्भेस्टिगेसन टिमले सोमबार अबेर साँझ झाँझपुलबाट पक्राउ गरेको हो।

गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता

गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता–२०७६ मा हस्ताक्षर भएको छ । गृह मन्त्रालयमा सोमबार साँझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा मन्त्रालयका सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।

सडकका कर्मचारी र प्रहरी परिचालन गरेर रसुवागढी नाका जोड्ने सडक मर्मत सुरु

सडकका कर्मचारी र प्रहरी टोली परिचालन गरेर सडक मर्मत सुरु गरिएको छ। नाका जोड्ने सडक हिलाम्य भएको र खाल्डाखुल्डी परेपछि सवारी सञ्चालन गर्न कठिनाइ भएको भन्दै चौतर्फी दबाब सिर्जना भएपछि सडक मर्मत काम सुरु गरिएको हो।

प्रेमिकाकै काेठामा प्रहरी जवानको रहस्यमय मृत्यु

'त्यसपछि महिलाले सलको पासो काटेर एकछिन् मालिस गरिन् तर कुनै प्रतिक्रिया नआएपछि अर्को कोठामा भएका आफन्तको सहयोगमा अस्पताल लगिएको थियो।'

प्रहरी र रवि समर्थकबीच झडप, असइसहित सात प्रहरी घाइते

जिल्ला प्रहरी कार्यालय चितवन अगाडी प्रर्दशन गरिरहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ।

तारादेवी र पुकार स्ट्रंगेस्ट खेलाडी

नेपाल प्रहरीकी तारादेवी पुन र नेपाली सेनाका पुकार गुरुङ नेपाल स्ट्रंगेस्ट तेस्रो ओलम्पियन सुनीललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रंगेस्ट खेलाडी घोषित भएका छन्।

अनलाइनबाट बन्दुकको कारोबार गर्ने २६ चिनियाँ पक्राउ

चीनको हेबेइ प्रान्तको प्रहरीले अनलाईनबाट बन्दुक विक्री गर्नेहरुको संजाल तोडिएको जनाएको छ।

प्रहरी महानिरीक्षकद्वारा विमानस्थलमा निरीक्षण

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीले यात्रुहरुसँग सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्।

दुई हजार घुससहित प्रहरी जवान पक्राउ, विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई हजार घुस रकमसहित एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ। ढुंगा, गिट्टी र बालुवा बोक्ने ट्रक तथा टिप्परबाट रकम असुल्लेको आरोपमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले हिगुवापार्टी ट्राफिक पोष्ट काभ्रेका प्रहरी जवान तेजप्रसाद भट्टराईलाई दुई हजार घुससहित रंगेहात पक्राउ गरेको हो।

फिलाडेल्फियामा गोली हानाहान, ६ प्रहरी घाइते

संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया सहरमा लागुपदार्थका शंकास्पद कारोबारीसँग भएको गोली हानाहानमा ६ प्रहरी घाइते भएको फिलाडेल्फिया प्रहरी विभागले जनाएको छ।

प्रहरीको भ्यानले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा निस्केको प्रहरी भ्यानले ठक्कर दिँदा परिचय नखुलेका पैदलयात्रीको मृत्यु भएको हो । महाशाखाबाट मंगलबार राति ११ बजे निस्केको बा१झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिएको हो।

डेङ्गु नियन्त्रणमा सेना–प्रहरी

हेटौँडामा डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका छन्।

प्रहरी समायोजन विधेयक पारित

प्रतिनिधिसभाबाट आइतबार पारित भएको प्रहरीको समायोजन विधेयक २०७६ ले प्रदेश प्रहरीमा खटिएको प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकको पद जुनसुकै कारणले रिक्त भएमा संघीय कानुनले तोकेको मापदण्डको अधिनमा रही प्रदेश कानुनबमोजिम प्रदेश प्रहरीबाट नै बढुवा गरी पूूर्ति गरिने व्यवस्था पनि विधेयकले गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्