२० आश्विन २०८१ आइतबार
image/svg+xml

साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७र७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो।

रेम्डेसिभिर औषधि चाहिएमा कसलाई सम्पर्क गर्ने ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डेसिभिर औषधि तोकिएको व्यक्तिसंँग लिन आग्रह गरेको छ।

एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन गर्न आग्रह

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन अनुरोध गरेका हुन्।

श्ययाको उपलब्धता र उपचार पाउने भएपछि मात्र बिरामी 'रिफर' गर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले सबै अस्पताललाई श्ययाको उपलब्धता र उपचार पाउने सुनिश्चिताको समन्वय गरेर मात्र बिरामी अन्य अस्पतालमा पठाउन (रिफर) निर्देशन दिएको छ।

जनस्वास्थ्यको मापदण्डलाई उच्चतम रुपमा पालना गर्न आवश्यक : स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान गरेका छन्।

दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २३ गतेदेखि सञ्चालन गर्ने कोभिड–१९ विरुद्ध खोपको दोस्रो चरणको अभियान २० दिन सञ्चालन गर्ने भएको छ।

राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा बन्दना राणा मनोनित

महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकी छिन् ।

नेपालमा भयावह बन्दै कारोना, हरेक २ घण्टामा मृत्यु

कोरोना सङ्क्रमणबाट बिहीबार ९ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए । भदौयता शुक्रबारसम्ममा कोरोनाबाट दैनिक औसतमा ७ जनाको ज्यान गएको छ ।

जनसङ्ख्याको व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।

नेपालको जनसङ्ख्या तीन करोड नाघ्यो

नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार देशको जनसङ्ख्या आज तीन करोड ६३४ पुगेको छ। विभागले राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्यांकमा आधारित भएर मुलुकको जनसङ्ख्या तीन करोड ६३४ पुगेको जनाएको हो।

दक्षिण कोरियामा जनसङ्ख्या घट्दो

दक्षिण कोरियाको जनसङ्ख्या क्रमिकरूपमा घटेको छ। दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको एक तथ्याङ्कअनुसार गएको डिसेम्बरमा ५१.८५१ मिलियन रहेकोमा मे अन्तिमसम्ममा जनसङ्ख्या ५१.८४१ मिलियनमा झरेको छ।

स्वास्थ्यमा २२ अर्ब बजेट थपियो

सरकारले अघिल्लो वर्षको तुलनामा थप बजेट स्वास्थ्य क्षेत्रमा थप २२ अर्ब बजेट बिनियोजन गरेको छ । कोरोना भाइरसविरुद्ध विश्व नै लडिरहका बेला सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि संसदमा पेस गरेको बजेटमा स्वास्थ्य र आर्थिक पुनस्र्थापनालाई बजेटको प्राथमिकतामा राख्दै बजेट बृद्धि गरेको हो ।

तीन महिना नपुग्दै स्वास्थ्य सचिव फेरिए

जेठ १५ सरकारले तीन महिना नपुग्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको सरुवा गरेको छ । मन्त्रीपरिषदको सोमबार बसेको बैठकले स्वास्थ्य सचिव यादवप्रसाद कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा गरि लक्ष्मण अर्याललाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो ।

डेङ्गु रोग स्वास्थ्य मन्त्रालय मात्र नियन्त्रण गर्न नसक्ने : राज्यमन्त्री यादव

पछिल्लो समय देशका ४५ भन्दा बढी जिल्लामा देखापरेको डेङ्गु रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो एकल प्रयासले नसक्ने जनाएको छ।अघिल्लो आर्थिक वर्षमा ३ हजार ८ सय ३४ जनामा देखिएको डेङ्गु रोगको सङ्क्रमण यसवर्षको एक महिना १२ दिनमा एक हजार ५ सय ३७ जना देखिएको प्रमाणित भएको छ। एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सो रोग सङ्क्रमण हुने गरेको छ।

जनसङ्ख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव

दलका शीर्षनेताले जनसङ्ख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्नेमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्