४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रदेश २ मा देउवा–निधि पक्षबीच प्रतिस्पर्धा

कांग्रेस रौतहटका सभापतिसमेत रहेका कृष्णा यादव र प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले उम्मेदवारी प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन्।

अहिलेसम्म सरकारले पूर्णता नपाउनु चिन्ताको विषय होः निधि

सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

नेतात्रयलाई सुझाव : अब पार्टीको जिम्मेवारीबाट हट्नुस्

भदौ १६ देखि हुने भनिएको १४औं महाधिवेशन अब सम्भव छैन भन्नेमा शीर्ष नेताहरू सहमत देखिए पनि अब कहिले गर्ने भन्ने टुंगो लाग्न भने सकेको छैन।

सभापतिमा उम्मेदवारी दिन्छु: विमलेन्द्र निधि

आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, '१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ।' उनले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढिसकेको र तयारी सुरू गरिसकेको बताए।

सरकारले खोपको व्यवस्थापनमा सबै शक्ति लगाएको छः विमलेन्द्र निधि

सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दावी गरेका छन्।

गिरिजाबाबुका कारण शान्ति प्रक्रिया र संविधान निर्माण सफल भएको होः निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कारण मुलुकमा शान्ति प्रक्रिया र संविधान निर्माण भएको बताएका छन्।

टिम समेट्न देउवालाई दबाब

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकटकाले उनीमाथि उपसभापति विमलेन्द्र निधिलाई मिलाएर १४औं महाधिवेशनको तयारीमा जुट्न सुझाएका छन्। उनीहरूले उपसभापति निधिलाई छाडेर प्रतिस्पर्धामा जुट्दा सकारात्मक परिणाम निकाल्न कठिन हुने बताउँदै समझदारी गरेर अघि बढ्न सुझाएका हुन्।

देउवालाई भारी बन्लान् निधि

निधिको सहयोगबिना देउवा सभापतिमा निर्वाचित हुने सम्भावना नरहेको र देउवाको सहयोगबिना निधिको उम्मेदवारीको पनि औचित्य नहुने निकटहरूको बुझाइ छ ।

कम्युनिस्ट नेतृत्व सरकार संविधान र प्रणाली नै समाप्त पार्न लागि परे : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार संविधानसभाबाट जारी नयाँ संविधान, स्थापित राजनीतिक प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त गर्न लागि रहेको बताएका छन् । नयाँ संविधान, राजनीतिक तथा शासन प्रणाली र लोकतान्त्रिक गणतन्त्रसहित परिवर्ततनको संरक्षणका लागि आगामी निर्वाचन कांग्रेसले जित्नैपर्ने बताएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्