१२ मंसिर २०८१ बुधबार
image/svg+xml

विन लादेनको हत्याको बलदा लिने चेतावनी

– विश्वमा नै आतंक फेैलाएका अल कायदाका प्रमुख ओसामा विन लादेनलाई अमेरिकाले मारेको पाँच वर्ष भयो। तर अलकायदा प्रमुख तथा विन लादेनका छोरा हमजा बिन लादेनले हालै अमेरिकालाई आफ्नो पिताको हत्याको बदला लिने चेतावनी दिएका छन्।

पाकिस्तानी किम कार्दसियनको हत्या

–पाकिस्तानी मोडल कंदील बलोचको हत्या भएको छ । उनलाई आफ्नै भाइले गोली हानेर हत्या गरेको पंजाब पुलिसले जनाएको छ । उनलाई पाकिस्तानकी किम कार्दसियन भनिन्थ्यो ।

सत्ता हत्याउ खोज्नु देशद्रोहः एर्दाेआन

टर्कीका राष्ट्रपति रिजेप तथ्यिप एर्दोआनले सेनाको एक समूहले सत्ता हत्याउन खोज्नु दोशद्रोह भएको बताएका छन्। त्यहाँको एक सैनिक खेमाले सरकारलाई अपदस्थ गर्दै सत्ता आफ्नो नियन्त्रणमा लिएको बताएको थियो। उक्त क्रममा भएको झडपमा ४२ जनाको मृत्यु भएको थियो। उक्त घटनापछि एक टेलभिजनबाट अभिव्यक्ति दिनेक्रममा एर्दोआनले सैनिक कूलाई देशद्रोहको संज्ञा दिएका हुन्।

गुल्मिमा हत्या गरी फरार युवक प्युठानमा पक्राउ

गुल्मी जिल्लामा हत्या गरी फरार रहेका दुई युवकलाई जिल्ला प्रहरी कार्यालय प्युठानले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्युठान अर्खा–९, अर्तुवाङ निवासी वर्ष २२ को लेखनाथ गिरी र वर्ष २० को दिपक गिरी हुन्। यी दुईले शुक्रवार राति गुल्मी जिल्ला बाँझकटेरी–१, बस्ने वर्ष ५९ को छत्र बहादुर सेनलाई हत्या गरी फरार रहेको सूचनाका आधारमा पक्राउ गरेको प्युठान प्रहरी प्रमुख प्रनाउन रन्जितंिह राठौरले जानकारी थिए।

उज्जन-गणेश हत्याविरुद्ध उजुरी

सशस्त्र द्वन्द्वकालमा माओवादीले आफ्ना दुई छोराको हत्या अभियोग सर्वोच्च अदालतबाट ठहर हुँदा पनि कार्यान्वयन नभएको भन्दै ओखलढुंगाका उज्जन र गणेश श्रेष्ठका पिता रामेश्वर श्रेष्ठले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएका छन्।

फेसबुकबाट महिलाको चरित्र हत्या पक्राउ

काठमाडौँ-नक्कली फेसबुक आईडी बनाएर अश्लिल फोटोहरु पोष्ट गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

अमेरिकामा चार प्रहरीको गोली हानी हत्या

अमेरिकाको डल्लासमा प्रदर्शनकारीको गोलीबाट चार प्रहरी अधिकारीको मृत्यु भएको छ। प्रहरीले दुई अश्वेत जातिका मानिसको गोली हानी हत्या गरेको भन्दै उनीहरुले प्रहरीलाई लक्षित गरी गोली चलाएका थिए।

चक्कु प्रहार गरी २७ वर्षीषा महिलाकाे हत्या

दाङ– दाङमा एक जना महिलाको धारिलो हतियारको प्रहारबाट हत्या भएको छ। दाङ देउखुरीको सतवरिया–८ रिहारमा २७ वर्षीया बालिका चौधरीको घरमै चक्कु प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिएका छन्।

घोडेजात्रामा आँखै अगाडि हत्या हुँदा मुकदर्शक बन्ने पक्राउ

काठमाडौं—प्रहरीले ६ वर्ष अघि काठमाडौंमा भएको एउटा हत्याको घटना रोक्न पहल नगरी मूकदर्शक बसेको आरोपमा सजाय पाएका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

पूर्व सभासद् सदरुलको हत्या आरोपमा पत्नी र छोरीलाई जन्मकैद

राजविराज– विघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदा खातुनलाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ ।

आफ्नै छोरीको हत्या गर्ने पक्राउ

सोलुखुम्बु– आफ्नै छोरीको हत्या गरेको अभियोगमा गुदेल–९ नाम्लुङ बस्ने २३ वर्षीय सुखधन राईलाई प्रहरीले पक्राउ गरेको छ।

द्वन्द्व कालमा हत्या गरिएका तीन नेताको सम्झनामा स्मृति गेट

शसस्त्र द्वन्द्व कालमा बिद्रोही पक्षको आक्रमणबाट ज्यान गुमाएका खोटाङका तीन नेता तथा कार्यकर्ताको सम्झनामा स्मृति गेट निर्माण सुरु गरिएको छ।

बन्धक बनाइएका मध्ये २० जनाको आइएसद्वारा हत्या

बंगलादेशको राजधानी ढाकाको एक क्याफेमा बन्धक बनाइएका मध्य २० जनाको इस्लामिक स्टेट आइएसले हत्या गरेको बंलादेशी सरकारले बताएको छ।यस बंगलादेशको सेनाले सो क्याफे नियन्त्रण गर्ने क्रममा ६ जना बन्दुकधारी मारिएको र १४ जनाको सकुशल उद्धार गरेकोे थियो । मारिएका बन्धककर्ता मध्य धेरै जापानी र इटालयिन नागरिक रहेको बंगलादेश सरकारले जनाएको छ ।

बंगलादेशमा हिन्दू पुजारीको हत्या

ढाका— बंगलादेशमा एक हिन्दू पूजारीको घाँटी रेटेर हत्या गरिएको छ। बिहान पूजाको तयारीमा रहेका श्यामानन्द दासलाई मोटरसाइकलमा आएका तीन व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।

न्यायाधीश रणबहादुर बमका हत्यारालाई जन्मकैद

काठमाडौं- ललितपुर जिल्ला अदालतले सर्वोच्च अदालतका न्यायाधीश रणवहादुर बम हत्याको अभियोगमा पाँच जना अभियुक्तहरुलाई दोषी ठहर गर्दै सर्वोस्व सहित जन्मकैद हुने फैसला सुनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्