५ आश्विन २०८१ शनिबार
image/svg+xml

चितवनका छ कैदीलाई आममाफी

दसैँका अवसरमा चितवन भरतपुर कारागारका पाँचजना कैदीलाई आममाफी दिई रिहाइ गरिएको छ । चालिस प्रतिशत कैद भुक्तान गरेका र असल आचरण भएकालाई सरकारले कैद माफी गरेपछि पाँचजना कैदीलाई रिहाइ गरिएको चितवन भरतपुर कारागारका प्रमुख कमल काफ्लेले जानकारी दिए ।

विकास रनिङ सिल्ड चितवनमा अायाेजना हुने

विकास सिल्ड समितिले नारायणगढ क्याम्पा चौरमा विकास रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगिता गर्ने भएको छ । प्रचार उपसमितिका संयोजक सिद्धार्थलाल चुकेले कात्तिक १ देखि हुने प्रतियोगितामा नेपाल र भारतका १४ टोलीले प्रतिस्पर्धा गर्ने बताए ।

‘लुट-२’ को क्लाइमेक्स चितवनमा

निर्देशक निश्चल बस्नेतले ब्लकबस्टर फिल्म ‘लुट’को दोस्रो भाग ‘लुट-२’को सुटिङ चितवनमा भइरहेको छ। २०६८ सालमा ‘लुट’को सुटिङ राजधानी वरपर गरिएको थियो। आगामी फागुन १३ गते रिलिज हुने घोषणा गरिएको ‘लुट–२’ को ४५ दिने सुटिङ गत साउनको दोस्रो साताबाट सुरु भएको थियो।

चितवनदेखि पथलैयासम्म टाइमकार्ड लागू, ९४ किमीलार्इ १२७ मिनेट

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चितवनदेखि पथलैयासम्म टाइमकार्ड व्यवस्था लागू गरेको छ।

चितवनमा दुई यात्रु बस ठाेक्किँदा चार जनाको मृत्यु, २९ घाइते

पृथ्वीराजमार्गको मुग्लिन कुरिनटार खण्डमा मंगलबार साँझ दुई यात्रु बस एक आपसमा ठक्कर खाँदा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते २९ जनामध्ये सात जनाको अवस्था गम्भिर रहेका कारण थप उपचारका लागि काठमाडौं लगिएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पेट्रोलियम पाइप चितवन ल्याउन गृहकार्य

भारतबाट पेट्रोलियम पदार्थको आयात गर्न रक्सोल–अमलेखगन्ज पाइपलाइन निर्माण अघि बढेको बेला त्यसलाई चितवनसम्म ल्याउन गृहकार्य सुरु भएको छ। ठूलो परिमाणमा पेट्रोलियम पदार्थ राजधानी सहित पोखरा, भैरहवा लगायत क्षेत्रमा खपत हुने भएकोले ढुवानी लागत घटाउन चितवनको लोथरसम्म पाइपलाइन निर्माण गर्न नेपाल आयल निगमले अध्ययन सुरु गरेको हो।

नेपाल कप चितवनमा

स्पोर्टस फर अल क्लब र राष्ट्रिय खेलकुद संघको संयुक्त आयोजनामा चितवनमा नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको चौथो संस्करण हुने भएको छ। 'ए' डिभिजनका तीनसहित कुल १० टोलीको सहभागितामा प्रतियोगिता साउन २४ देखि ३१ सम्म हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

चितवनमा मध्यरातमा औषधि बोकेको ट्रकमा आगजनी

नेत्रबिक्रम चन्द नेतृत्वको माओवादी घटकले सोमबार आह्वान गरेको नेपाल बन्दको समय सुरु हुनुभन्दा अघि नै राति साढे एक बजे चितवनमा औषधि बोकेको ट्रकमा आगजनी भएको छ। आगजनीको सन्दर्भमा बन्द आयोजकको कुनै भनाइ सार्वजनिक भएको छैन। त्रास फैलाएर बन्द सफल पार्न बन्द आयोजकहरुले नै ट्रकमा आगजनी गरेको चितवन प्रहरीको अनुमान छ।

डा. केसीको समर्थनमा चितवनमा लगातार प्रदर्शन

चितवन– काठमाडौं शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै मंगलबार पनि भरतपुरमा प्रदर्शन भएको छ। प्रयास नेपाल नामक संस्थाको पहलमा भरतपुरको चौबिसकोठी चोकमा साँझ पाँच बजेदेखि आधा घण्टा प्रदर्शन भएको हो।

घट्न थाले चितवन निकुञ्ज घुम्ने पर्यटक

चितवन– चैतमा आसलाग्दो देखिएको चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या वैशाखबाट ओरालो लाग्न थालेको छ । चैतको तुलनामा वैशाख र जेठमा पर्यटक संख्या क्रमशः घढिरहेको छ । गत वर्ष वैशाखमा आएको भूकम्पपछि सुस्ताएको पर्यटन असोजमा संविधान जारी भएसँगै भारतले गरेको अघोषित नाकाबन्दीले थप मारमा परेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्