८ वैशाख २०८१ शनिबार
समाज

चितवनका छ कैदीलाई आममाफी

रत्ननगर- दसैँका अवसरमा चितवन भरतपुर कारागारका पाँचजना कैदीलाई आममाफी दिई रिहाइ गरिएको छ । चालिस प्रतिशत कैद भुक्तान गरेका र असल आचरण भएकालाई सरकारले कैद माफी गरेपछि पाँचजना कैदीलाई रिहाइ गरिएको चितवन भरतपुर कारागारका प्रमुख कमल काफ्लेले जानकारी दिए ।

सातजनाका लागि सिफारिस भएकोमा पाँचजनाको मात्रै माफी भएको उनले बताए । यसपालि दसैँमा आममाफी भएकाहरुमा बहुविवाह मुद्दाका सुमन खड्गी, कर्तव्य ज्यानका रामकृष्ण तिमिल्सिना, झंकु चौधरी र रामबहादुर तामाङ तथा ज्यान मार्ने उद्योगका भक्तबहादुर खत्री रहेको भरतपुर कारागार चितवनले जनाएको छ ।

चितवनमा अहिले क्षमताभन्दा दोब्बर कैदी र थुनुवा राखिँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ ।

जिल्ला कारागार २५५ जना राख्न मिल्ने क्षमताको छ । अहिले ५७७ जनालाई राखिँदा सकस भइरहेको प्रमुख काफ्लेले बताए । यसअघि असोज ३ गते संविधान दिवसको अवसरमा १७ जना कैदीलाई माफी दिई रिहाइ गरिएको थियो । संविधान दिवसका बेला २० जनाको सिफारिसमा १७ जनाको माफी भएको हो । रासस   

प्रकाशित: २४ आश्विन २०७३ १५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App