४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एक सय गोही राप्तीमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ।

रोकी राखेको ट्रकमा कार ठोक्किँदा छ घाइते

भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना ५ ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको बा १९ च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ घाइते भएका हुन्।

चितवन मेडिकल कलेजमा फर्टिलिटी सेन्टर

चितवन मेडिकल कलेजमा स्त्री तथा प्रसूति विभागअन्तर्गत फर्टिलिटी सेन्टर सुरु गरिएको छ। सेन्टरको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आइतबार एक कार्यक्रमबिच उद्घाटन गरेका हुन्।

अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल हुने

अन्तर्राष्ट्रिय आमन्त्रण मेयर कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। पञ्चरत्न युवा क्लबले फागुन २४ देखि २८ गतेसम्म भलिबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

दुर्घटनामा १ जनाकाे मृत्यु, दुई घाइते

खैरहनी नगरपालिका वडा नम्बर १ को गणेश चोकमा मंगलबार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर दुई जना घाइते भएका छन्।

निर्माण सामग्री जाँच गर्न प्रयोगशाला स्थापना

उक्त ल्याबको सोमबार भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। पूर्वाधार निर्माणका कामलाई प्रभावकारी, गुणस्तरीय बनाउन निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्न आफ्नै प्रयोगशाला निर्माण गरिएको मेयर दाहालले बताइन्।

सेफ्टी ट्याङ्कीमा परेर गैंडाको मृत्यु

भरतपुर महानगरपालिका–२३ मा रहेको होटलको सेफ्टी ट्याङ्कीमा परेर गैंडाको मृत्यु भएको छ।  चितवन राष्ट्रिय निकुन्जमा रहेको होटल टाईगर ल्याण्डको सेफ्टी ट्याङ्कीमा परेर गैंडाको मृत्यु भएको हो। आइतबार बिहान करीब साढे चार बजे गैंडा सेफ्टी ट्याङकीमा खसेको थियो।

गाई होइन प्रविधि भित्र्याऊ

चीनबाट गाई ल्याउने नेपाल सरकारको तयारीको दुग्ध उत्पादक किसानले विरोध गर्दै आएका छन्। किसानले विरोध गरे पनि सरकारले ३२ अर्ब लगानीमा गाई ल्याउने तयारी सुरु गरेको छ।

ग्लोबल बैंकमा आगलागी

नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा बिहीबार अपराह्न ३ बजे आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो।

पशुपालक कृषकलाई ३६ लाख अनुदान दिँदै खैरहनी नगरपालिका

पशुपालनमा लागेका कृषकलाई प्रोत्साहन गर्न खैरहनी नगरपालिकाले अनुदान वितरण गर्ने तयारी थालेको छ। आर्थिक वर्ष ०७५/७६ मा नगरपालिकाले पशुपालन गर्ने कृषकलाई ३६ लाख रुपैयाँ बराबरको अनुदान दिन लागेको हो।

लुम्बिनी विकास बैंकको सहयोग

लुम्बिनी विकास बैंक लिमिटेडले भरतपुर–८, चितवनस्थित माध्यमिक विद्यालय गौरीगन्जलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्