२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सेफ्टी ट्याङ्कीमा परेर गैंडाको मृत्यु

चितवन–भरतपुर महानगरपालिका–२३ मा रहेको होटलको सेफ्टी ट्याङ्कीमा परेर गैंडाको मृत्यु भएको छ।  चितवन राष्ट्रिय निकुन्जमा रहेको होटल टाईगर ल्याण्डको सेफ्टी ट्याङ्कीमा परेर गैंडाको मृत्यु भएको हो। आइतबार बिहान करीब साढे चार बजे गैंडा सेफ्टी ट्याङकीमा खसेको थियो।

सेफ्टी ट्याङ्कीमा खस्दा पोथी गैंडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए।सेफ्टी ट्याङकी माथिल्लो भाग कमजोर भएका कारण गैंडा खसेको उनको भनाइ छ । गैंडालाई सेफ्टी ट्याङ्कीबाट झिकेर पोष्टमार्टम गरिएको छ।

प्रकाशित: १० चैत्र २०७५ ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App