८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

तीनकुने स्थीत बागमती पुलमा शंकास्पद बस्तु भेटिएपछि यातायात प्रभावित

काठमाडौंको तीनकुने नजिकै बागमती पुलमा शंकास्पद बस्तु भेटीएको छ। महानगरीय प्रहरी वृत्त अगाडिको सडकमा भेटिएको बस्तु बम भएको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले चेकजाँच गरेको थियो। सेनाको चेक पछि बम नभएको पुष्टि भएको छ।

तीनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं तीनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति १२ः१५ बजे बा २२ प ७४०१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक उदयपुर घर भई हाल ललितपुरको लुभु बस्ने ४९ वर्षीय गोपाल आलेको मृत्यु भएको हो ।

चिटिक्क पारिँदै तीनकुने

ठाउँठाउँमा जस्तापाताले घेरिएको छ। भित्रपट्टि कतै फोहोर थुपारिएको छ त कतै निर्माण सामग्री राखिएको छ। बीच भागतिर गाडी सिक्ने ठाउँ छ। छेउतिर पार्किङ गरिएको छ। सहरको बीचमा रहेको करिब तीनकुनेको ४२ रोपनीे जग्गाको कुरुपता अब भने हट्ने भएको छ।

मुआब्जा विवादले बनेन तीनकुने पार्क

मुआब्जा विवादले ४२ वर्षसम्म तीनकुनेमा पार्क निर्माण हुन सकेको छैन। सरकार र जग्गाधनीबीचको विवाद नटुंगिदा पार्क बन्न नसकेको हो। सरकारले ०३१ मा तीनकुनेमा करिब ५४ रोपनी जग्गा अधिग्रहण गरेको थियो।

तीनकुने क्षेत्रमा अनधिकृत पार्किङले सास्ती

काठमाडौंको तीनकुने–गैरीगाउँ सडकपेटीमा हुने अनधिकृत पार्किङका कारण सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सडकपेटी नै छेकेर अस्तव्यस्त पार्किङले आउजाउ गर्न निकै समस्या भएको तीनकुनेका स्थानीय श्याम श्रेष्ठले बताए ।

तीनकुनेमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

कामपा–३५ बानेश्वर तीनकुनेमा बा३ख २०५६ नंको बसले बा२६प ४३३८ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा चालक काभ्रे, नाला–३ का ४७ वर्षीय हरिगोपाल श्रेष्ठको मृत्यु भएको छ।

बिग्रन थाल्यो माइतीघर-तीनकुने सडक

राजधानीको माइतीघर–तीनकुने सडक खण्डमा खाल्डै खाल्डा परेका छन्। तीन वर्षअघि मात्र विस्तार गरिएको सडक खण्डमा एक वर्ष पनि नभइ खाल्डा पर्न थालेका थिए। खाल्डामा प्याचिङ गरी मर्मत गरिए पनि वर्षेनी सडक खण्डमा खाल्डा बन्ने क्रम जस्ताको तस्तै छ।

तीनकुनेमा बुद्धमूर्तिसहित पार्क

काठमाडौं महानगरपालिकाले वडा ३५ स्थित तीनकुनेको करिब ५० रोपनी खाली चौरमा आध्यात्मिक एवं धार्मिक पर्यटन केन्द्र बनाउने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्