२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘बैंक बाट लिएकाे ऋण सही ठाउँमा लगानी गर्नू’

राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले बैंकबाट लिएको ऋण ठीक ठाउँमा लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन् । उनले एकातिर ऋण लिएर अर्कोतिर लगानी गर्ने प्रवृत्ति मौलाएको भन्दै लिएको ऋण ठीक ठाउँमा लगानी भए, नभएको हेर्न राष्ट्र बैंकले अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन लागेकाले सर्तक भएर अघि बढ्न व्यवसायीलाई आग्रह गरे।

घर ठडियो, ऋण थपियो

तीन हिउँद र बर्खा टहरामा गुजारेका भूकम्पपीडितले अझै पनि घामपानी छेक्ने ओत भेट्न सकेका छैनन् ।  भूकम्प गएको तीन वर्ष पुग्न लाग्दा बल्ल पीडितहरुले सुरक्षित बासको जोहो गर्न थालेका छन् । पीडितले सरकारी अनुदानसँगै ऋण लिएर  सुरक्षित घर बनाइरहेका छन् । केहीले ऋणमै घर ठड्याइसकेका छन्।

विपन्नको जीवन : ऋणमै सुरु, ऋणमै अन्त्य

साविक हनुमाननगर–७ (हाल धनगडीमाई नगरपालिका–३) को सडकछेउस्थित ऐलानी जग्गामा लहरै फुसका छाप्रा छन् । तिनैमध्ये एउटा छाप्रोमा सुकनी सदायको पाँचजनाको परिवार अटाएको छ । चार छोरी र एक छोरा गरी पाँच सन्तानमध्ये दुई छोरीको विवाहमा सर्वस्व गुमाइसकेकी उनलाई बाँकी सन्तानको भविष्यले चिन्तित बनाएको छ ।

सुधार परियोजनाका लागि नेपालार्इ एडिबीकाे १० अर्ब ऋण

एशियाली विकास बैंक(एडिबी)ले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न रु १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ।

ऋणलाई सामाजिक सुरक्षा भत्तामा प्रयोग गर्दा समस्या

हामीले पछिल्ला १५ वर्षदेखि बजेट घाटा कम गर्न र वैदेशिक ऋणको जिडिपी रेसियो बढाउन विभिन्न काम गरिरहेका छौं । विश्व बैंक, एडिबीलगायत संस्था सहयोग गर्न तयार छन् ।

विश्व बैंकद्वारा पैतालिस अर्ब ऋण सहयोग

विश्व बैंकले नेपालको सामाजिक – आर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने ३ वटा परियोजना कार्यान्वयन गर्न रु ४४ अर्ब ८२ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।

नगदे बाली उखुले ऋणमा डुबायो

‘हजुर उखु खेती त नगदे बाली हैन र ? केही दिनअघि पश्चिम धनकौलस्थित इलाका प्रहरी कार्यालय परिसरमा शितलहर पीडितलाई न्यानो कपडा वितरण गर्न आएका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल समक्ष जिल्लास्थित खैर्वा बोहर्वाका किसान रामेश्वरप्रसाद यादवले गरेको प्रश्न हो यो । लगत्तै उनले प्रजिअसँग गुनासो गरे, ‘तीन वर्षदेखि उखुको भुक्तानी पाइएको छैन, नगदे बाली भनेर खेती गरेको त उधारो हुँदै ऋणमा पो डुबायो ।’

पुनर्निर्माणमा भारतको ७५ अर्ब सहुलियत ऋणबारे छलफल सुरु

भूकम्पपछिको पुनर्निर्माणमा ७५ अर्ब सहुलियत ऋण दिने भारत सरकारको प्रतिबद्धता कार्यान्वयनबारे दुई देशका अधिकारीबीच छलफल सुरु भएको छ ।

सुमार्गीद्वारा कानुनी रूपमै वैदेशिक ऋण भित्र्याएको दाबी

काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेका बेला मुक्तिश्री टावर प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले सोमबार पत्रकार सम्मेलन गरी कान्तिपुर मिडिया ग्रुपले नियोजित रुपमा भ्रामक समाचार प्रकाशन तथा प्रसारण गरेर बदनाम गराएको जिकिर गरेका छन्।

सुमार्गीले भने– कानूनबमोजिम वैदेशिक ऋण भित्र्याएको हुँ

मुक्तिश्री प्रालिका अध्यक्ष अजयराज सुमार्गीले आफूले सरकारका निकायबाट तत्कालीन प्रचलित कानूनबमोजिम वैदेशिक ऋण लगानी भित्रयाएको जिकिर गरेका छन्।

नगदे बाली उब्जाउने उखु किसान ऋणमा डुब्दै

‘हजुर उखु खेती त नगदे बाली हैन र ? केही दिनअघि पश्चिम धनकौल स्थित ईलाका प्रहरी कार्यालय परिसरमा शितलहर पीडितलाई न्यानो कपडा वितरण गर्न आएका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल समक्ष जिल्ला स्थित खैर्वा बोहर्वाका किसान रामेश्वरप्रसाद यादवले गरेको प्रश्न हो यो। लगतै उनले प्रजिअसँग गुनासो थपे, ‘३ वर्षदेखि उखुको भुक्तानी पाइएको छैन, नगदे बाली भनेर खेती गरेको त, उधारो हुँदै ऋणमा पो डुबायो।’

आगलागी–बाढीपीडितलाई दुई प्रतिशत ब्याजमा ऋण

भूकम्प पीडितले जस्तै आगलागी, बाढी तथा डुबानपीडित घरपरिवारले पनि दुई प्रतिशतमा ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको निर्देशनमा यस्तो सुविधा उपलब्ध गराउने उल्लेख छ ।

रोगसँगै ऋणको भारी

सरकारले विशिष्ट व्यक्तिको उपचारमा लाखौं रुपैयाँ खर्च गरेको सुन्दा पैसा नभएर उपचार गराउन नसकेका दूरदराजका विपन्न बिरामीको मन भत्भती पोल्छ ।

बैंकमा ऋण दिन पैसा अभाव, अबका दिन सकसपूर्ण

मुलुकभरका वाणिज्य बैंकहरुमा ऋण दिने पैसा ४० अर्ब रुपैयाँ हाराहारीमा मात्र छ । भर्खरै सर्वोच्च अदालतले एनसेलको पुरानो कम्पनी टेलिया सोनेरालाई आफ्नो नाफा विदेश लैजान अनुमति दिएको छ । स्रोतहरुले दिएको जानकारीअनुसार नेपाली बैंकहरुमा रहेको यो रकम ६० अर्ब रुपैयाँ हाराहारी छ ।

सांसदलाई नै ऋण तिर्न सार्वजनिक सूचना

रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्