१० मंसिर २०८१ सोमबार
image/svg+xml

टाइगर प्यालेसको सम्पत्ति रोक्का

होटलको स्वामित्व रहेको सिल्भर हेरिटेजले अदालती आदेश अवज्ञा गर्दै होटल बिक्री प्रक्रिया अगाडि बढाएपछि त्यसविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै अदालतले सम्पूर्ण सम्पत्ति रोक्का राख्न आदेश दिएको छ।

टाइगर प्यालेसको सम्पत्ति रोक्का

रुपन्देहीको कोटिहवामा रहेको पाँच तारे होटल टाइगर प्यालेस रिर्सोटको सम्पूर्ण सम्पत्ति रोक्का भएको छ। सरकारी जग्गा मिचेर होटल निर्माण गरीएको भन्दै परेको पुरक निवदेनमा जिल्ला अदालत रुपन्देहीले आदेश जारी गर्दै होटलको सम्पूर्ण सम्पत्ति सहित शेयर खरीदि बिक्रि रोक्का गरीदिएको हो।

प्यालेस्टाइनमा ‘स्क्वाड’ भ्रमणको अपेक्षा

प्यालेस्टाइनमा आप्रवासी मूलका अमेरिकी सांसद रसिदा र ओमारको भ्रमणले इजरायलको कब्जाका कारण त्यहाँ उत्पन्न दयनीय अवस्था संसारसामु उजागर हुनेछ।

अदालतको आदेश लत्याएर बिक्री प्रक्रिया सुरु

सरकारी जग्गा मिचेर बनाइएको रुपन्देहीको पाँचतारे टाइगर प्यालेस रिसोर्टले अदालतको आदेशलाई लत्याउँदै बिक्री प्रक्रिया अघि बढाएको छ। सार्वजनिक कुलोको १० कट्ठा १८ धुर जग्गा मिचेर निर्माण गरिएको होटलविरुद्ध तीन साताअघि जिल्ला अदालतमा मुद्दा परेको थियो।

प्यालेस्टिनीका लागि अमेरिकी प्रस्ताव, लाखौंलाई रोजगारी दिने तयारी

संयुक्तराज्य अमेरिकाले तयार पारेको बहुचर्चित मध्यपूर्व शान्ति योजनामा प्यालेस्टिनीका लागि ५० अर्ब अमेरिकी डलर भन्दा बढी रकम संकलन गर्ने उद्देश्य राखेको छ।

ब्राइटनले जित्दा एन्थोनीको गोल निर्णायक

एन्थोनी नकाइर्टको निर्णायक गोलप्रेरित ब्राइटनले शनिबार क्रिस्टल प्यालेसमाथि २–१ को जित निकाल्दै इङ्लिस प्रिमियर लिगको रेलिगेसन क्षेत्रभन्दा चार स्थान माथि उक्लिएको छ।

क्रिष्टल प्यालेसमाथि लिभरपुलको संघर्षपूर्ण जित

लिग लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा ७ अंकको अग्रता बनाएको छ। प्रतियोगिता अन्तर्गत शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेसमाथि ४–३ को संघर्षपूर्ण जित निकाल्दै लिभरपुलले अग्रता फराकिलो बनाएको हो।

इङ्लिस प्रिमियर लिग : चेल्सीको संघर्षपूर्ण जित

चेल्सीले क्रिस्टल प्यालेसमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै इङ्लिस प्रिमियर लिगमा आइतबार शीर्ष स्थानको लिभरपुलसँगको अंकदूरी घटाएको छ। एनगोलो कान्टेको निर्णायक गोलबाट चेल्सीले पछिल्लो समय उत्कृष्ट लयमा रहेको क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुलसँगको अंकदूरी ११ अंकमा घटाएको हो। क्रिस्टलले गत हप्ता मात्र साबिकको विजेता म्यानचेस्टर सिटीमाथि ३–२ को जित निकाल्दै अन्य टोलीलाई पनि दबाब दिने संकेत गरेको थियो।

इंग्लिस प्रिमियर लिग : क्रिस्टल प्यालेसलाई हराउँदै चेल्सी दोस्रो स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३–१ गोलले पराजित गरेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले अल्भारो मोराटोको २ र पेड्रोको १ गोल मद्दतमा क्रिष्टललाई हराउँदै प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ। मोराटाले ३२ र ६५ औं मिनेटमा तथा पेड्रोले ७० औं मिनेटमा गोल गरेका थिए।

नेपाल र प्यालेस्टाइन भिड्दै, नेपाल गर या मरको अवस्थामा

बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको समूह चरणको अन्तिम खेलमा शनिबार (आज) नेपालले प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार साँझ ६ः१५ बाट सुरु हुनेछ।

संस्कृति जोगाउन तीज

हरेक वर्ष महिला तीज आउन एक महिना बाँकी हुँदादेखि नै तीजका नाममा नाचगान गर्ने र दर खाने गर्छन् । मानौँ, एकले दर खाने कार्यक्रम राखेपछि अर्कोले पनि दर खुवाउनैपर्ने जस्तो । पछिल्ला केही वर्षदेखि त विभिन्न संघ–संस्था, महिला समूह र संगठनले पनि आफ्ना कर्मचारी, सदस्यहरूलाई पार्टी प्यालेसमै  बोलाएर दर खुवाउँछन्।

अमेरिकाले प्यालेस्टिनी कार्यालय बन्द गर्ने

संयुक्तराज्य अमेरिकाले वासिङ्टनमा रहेको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यालय बन्द गर्ने तयारी गरेको अमेरिकी अधिकारीले जनाएका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले यस सम्बन्धी घोषणा गर्ने बताइएको छ।

क्रिस्टल प्यालेसमा हड्सनको समय थप

इङ्लिस प्रिमियर लिगको टोली क्रिस्टल प्यालेसका प्रशिक्षक रोय हड्सनले क्लबसँगको सम्झौता एक वर्ष थप गरेका छन् । नयाँ सम्झौतापछि हडसन २०२० सम्म प्यालेसमा रहनेछन्।

अर्जेन्टिनाको समर्थन प्यालेस्टाइनलाई, इजरायलसँग फुटबल नखेल्ने

गाजामा रहेका प्यालेस्टाइन नागरिकहरुमाथी इजरायलले गरेको दमनका कारण अर्जेन्टिनाले आउँदो शनिबार ईजरायलसँग हुने विश्वकप अभ्यास खेल नखेल्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्