दाउद कुताब
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै देशका आप्रवासी मूलका चार सांसदलाई उनीहरूको मूल थलो ‘विखण्डित र अपराध संक्रमित’ ठाउ“मा फर्किन जातिवादी सुझाव दिए। डेमोक्रेटिक पार्टीका ती चारजना नवोदित महिला सांसदको समूह अहिले अमेरिकामा ‘स्क्वाड’ नामले चिनिएको छ। ट्रम्पकै ‘सुझाव’अनुसार ‘स्क्वाड’ का सदस्यहरूले आफ्नो पुख्र्यौली थलोको औपचारिक भ्रमण गर्दै छन्।
रसिदा त्लाइब अमेरिकाको डेट्रोइटमा जन्मेकी हुन्। उनको परिवार प्यालेस्टाइनी आप्रवासी हुन्। रसिदा आउ“दो केही सातापछि प्यालेस्टाइन भ्रमणमा निस्कने सोचमा छिन्। डेमोक्रेटिक होस् वा रिपब्लिकन, अमेरिकी संसद्मा पहिलोपटक प्रवेश गरेका सांसदले इजरायल भ्रमण गर्नु कुनै नयाँ कुरा होइन। सामान्यतः इजरायल पक्षधर एआइपिएसीले त्यस्ता भ्रमण आयोजना गर्ने गर्छ। पहिलोपटक संसद्मा प्रवेश गरेका सांसदले आफ्नो कार्यकाल इजरायलप्रति सकारात्मक धारणाबाट थालनी गरुन् र इजरायल–प्यालेस्टाइन द्वन्द्व प्यालेस्टाइनी दृष्टिकोणबाट बुझुन् भन्ने नै त्यस्ता भ्रमणको मूल लक्ष्य हुने गर्छ।
निकै सुविधाजनक र मनोरञ्जनात्मक बनाइने यस्ता भ्रमणमा अमेरिकी सांसदहरूलाई जेरुस्लामका विभिन्न पर्यटकीय तथा धार्मिक स्थल अवलोकन गराइन्छ। इजरायली नेता, प्रहरी र नागरिकस“ग भेट गराइन्छ। इजरायली अधिकारीद्वारा प्यालेस्टाइनीहरूबाट हुने कथित ‘सुरक्षा खतरा’ बारे बताइन्छ। तर ती सांसदलाई प्यालेस्टाइनी कोणबाट एक शब्द पनि सुनाइ“दैन। न त इजरायलले गरेको गैरकानुनी कब्जाले निम्त्याएको विनाशका दृश्य नै देखाइन्छ। रसिदाले आफ्नो ‘स्क्वाड’ की अर्की सदस्य इल्हाम ओमारस“गै अगस्टमा प्यालेस्टाइन भ्रमण गर्ने योजना बनाएकी छन्। उनीहरूस“ग अन्य केही अमेरिकी अधिकारी पनि सहभागी हुनेछन्। उनीहरूको यो भ्रमण एआइपिएसीले आयोजना गरेका भ्रमण भन्दा भिन्न हुनेछ।
प्यालेस्टाइनमा आप्रवासी मूलका अमेरिकी सांसद रसिदा र ओमारको भ्रमणले इजरायलको कब्जाका कारण त्यहाँ उत्पन्न दयनीय अवस्था संसारसामु उजागर हुनेछ।
सबभन्दा पहिले त उनीहरूलाई इजरायलले आफूले कब्जा गरेको प्यालेस्टाइनी भूमिमा भ्रमण गर्न नदिन पनि सक्छ। बहिष्कार, वञ्चितीकरण, नाकाबन्दी (बिडिएस) समूहका समर्थक भएका कारण उनीहरूलाई इजरायल हु“दै कब्जा गरिएको प्यालेस्टाइनी भूमिमा प्रवेश अनुमति नदिन सक्छ।
कदाचित् त्यहा“बाट भित्र पस्न दिए रसिदा र ओमारले प्यालेस्टाइनी नेता, नागरिक समाजका अभियन्ता र मानवअधिकारकर्मीहरूलाई भेट्न सक्छन्। उनीहरूमार्फत अमेरिकी सांसदहरूले प्यालेस्टाइनी जनताको चालु संघर्षबारे जानकारी हासिल गर्न सक्छन्। त्यस्ता बैठकमा उनीहरूले अधिकतर प्यालेस्टाइनीले दुई राज्यको समस्या समाधान बेफ्वा“कको कुरा भएको धारणा राख्छन् भनी बुझ्नेछन्। त्यो समाधानले सन् २००८ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले वाचा गरेअनुसार ‘व्यावहारिक, तर्कसंगत, सार्वभौम र स्वाधीन प्यालेस्टाइनी राज्य’ अपेक्षा गर्न नसकिने प्यालेस्टाइनी दृष्टिकोण उनीहरूले थाहा पाउनेछन्। योजनाअनुसार उनीहरूले विभिन्न प्यालेस्टाइनी गन्तव्य भ्रमण गर्नेछन्। इजरायली सुरक्षा संयन्त्रले बिनाकारण प्यालेस्टाइनी जनतालाई दिएका दुःख उनीहरूले प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।
आज कब्जा गरिएको पश्चिमी किनारामा गाजा क्षेत्रका प्यालेस्टाइनी जनताको पहु“च अथवा पश्चिमी किनाराका नागरिकको गाजा क्षेत्रमा पहु“च मात्र ठप्प भएको छैन, जेरुस्लाम र अन्य धार्मिक क्षेत्रमा समेत जहा“सुकैका प्यालेस्टाइनी जनताको आवतजावत असम्भव बनेको छ। पश्चिमी किनाराभित्र यात्रा गर्नु मात्र पनि सामान्य कुरा होइन। पाँच लाखभन्दा बढी इजरायली जनता बसोबास गर्दै आएको अवैध बस्ती र त्यहा“ जोडिएको बाटाघाटा सबैमा प्यालेस्टाइनीको पहु“च बन्द गरिएको छ। प्यालेस्टाइनीहरूलाई ती बाटा भएर यात्रा गर्न निषेध गरिएको छ। फलतः उनीहरू निकै असहज क्षेत्रबाट घुमाउरो यात्रा गर्न बाध्य छन्।
भ्रमणक्रममा रसिदाले आफ्नी हजुरआमा भेट्न चाहिन् भने त्यहा“ पुग्न उनलाई निकै कठिन हुनेछ। रसिदाले आफ्नी हजुरआमालाई मायाले ‘सिटी’ भनेर बोलाउने गरेकी छन्। आफ्ना अधिकांश वार्तालाप र ट्विटमा हजुरआमालाई उनले त्यो नामले सम्बोधन गरेकी छन्। रसिदाकी हजुरआमा पश्चिम किनाराको बेइर उर गाउ“मा बस्छिन्। यो गाउ“ रमहल्लाह सहरभन्दा ३ किलोमिटर पश्चिम पर्छ। बेइर उर गाउ“लाई चारैतिर अवैध यहुदी बस्तीले घेरेको छ। त्यहा“ जान खोज्ने व्यक्तिस“ग इजरायली पासपोर्ट नभए उसले चेकपोस्ट छिचोल्नुपर्ने हुन्छ। अथवा अलग बाटो, सुरुङ र निकै कठिन भद्रगोल बाटो भएर त्यहा“ पुग्नुपर्ने हुन्छ।
प्यालेस्टाइनमा व्याप्त त्यति धेरै समस्या दुईजना अमेरिकी सांसदले समाधान गर्न त सक्दैनन्, तर कम्तीमा इजरायलले दैनिक गरिरहेको अपराध संसारसामु उजागर गर्न मद्दत गर्न सक्छन्।
तेल अभिभ र जेरुस्लामलाई त्यो गाउ“स“ग जोड्ने ४४३ रुट नामले चिनिएको मुख्य राजमार्ग प्रयोग गर्न अधिकतर प्यालेस्टाइनी जनतालाई रोक लगाइएको छ। त्यो बाटोमा इजरायली नागरिक र स्थानीय बासिन्दालाई इजरायली नम्बर प्लेट भएका सवारीसाधन चलाउन मात्र छुट दिइएको छ। प्यालेस्टाइनी जनतालाई निकै कडा निगरानी भएको, तर ज्यादै भद्रगोल सडक मात्र प्रयोग गर्न दिइएको छ। त्यसले प्यालेस्टाइनी जनताको यात्रा निकै कष्टकर र लामो हुने गरेको छ।
रसिदा र ओमार त्यो गाउ“मा गए भने इजरायली नियन्त्रणको तीतो वास्तविकता प्रत्यक्ष अवलोकन गर्नेछन्। सन् १९९० दशकको पूर्वाद्र्धमा ओस्लो सम्झौताले प्यालेस्टाइनी भूमिलाई तीन प्रकारमा वर्गीकरण ग-यो। घना पश्चिमी किनाराअन्तर्गत प्यालेस्टाइनी जनसंख्या भएको क्षेत्रलाई एरिया ए भनी वर्गीकरण गरिएको थियो। त्यस्तो भूभाग प्यालेस्टाइनी सरकारको पूर्ण प्रशासनिक र सुरक्षा नियन्त्रणमा हुनेछ।
दोस्रो वर्गलाई एरिया बी भनिएको छ। यो वर्गअन्तर्गत साना सहर र गाउ“ छन्। ती क्षेत्र पनि प्यालेस्टाइनी सरकारको मातहत राखिएका छन्। तर तिनको सुरक्षा नियन्त्रण भने इजरायली सेनामातहत राखिएको छ। बा“की क्षेत्रलाई एरिया सी मानिएको छ। पश्चिम किनारका ६० प्रतिशत भूभाग यही वर्गअन्तर्गत राखिएको छ। यो क्षेत्रको प्रशासनिक र सुरक्षा नियन्त्रण पूर्णतः इजरायलको मातहत राखिएको छ।
बेइर उर ‘ख’ र ‘ग’ वर्गमा पर्ने गाउ“ हो। गाउ“को १२.१ प्रतिशत भूभाग वर्ग ‘ख’ तथा बा“की ८७.९ प्रतिशत भूभाग वर्ग ‘ग’अन्तर्गत राखिएका छन्। इजरायलले यो गाउ“को २१३ एकड भूभाग कब्जामा लिइसकेको छ। इजरायलले कब्जा गरेको भूभागमा बेइत होरोन नामको बस्ती विकास गरेको छ। त्यसकारण सो गाउ“का बासिन्दाको आवतजावतमा लगभग पूर्णतः नियन्त्रण गरिएको छ।
त्यो गाउ“का जनताको आफ्नै गाउ“को विद्यालयमा समेत प्रत्यक्ष पहु“च छैन। बेइत उर अल–फुक माविमा २ सय प्यालेस्टाइनी विद्यार्थी पढ्छन्। तर त्यो विद्यालयका तीनै दिशामा इजरायलले अवैधानिक रूपमा ‘सुरक्षा पर्खाल’ लगाएको छ। सुरक्षा पर्खाल नलगाइएको एउटा मोहडामा पनि ढलान पर्खाल लगाइएको छ। इजरायली नागरिकले मात्र प्रयोग गर्न पाउने बाटोका लागि त्यो पर्खाल लगाइएको हो। त्यसैकारण विद्यार्थी विद्यालय जाँदा ‘सुरक्षा पर्खाल’ घुम्दै ४ किलोमिटर पार गर्न बाध्य छन्। विद्यालय पुग्न उनीहरूलाई ४० मिनेट लाग्ने गरेको छ।
उनीहरू हिँड्ने बाटो पूरै ढल बगेको हुन्छ। अनि बाटामा उनीहरूले इजरायली प्रहरी र सशस्त्र नागरिकको अपमान र कुटपिट सामना गर्नुपर्छ। प्यालेस्टाइनमा रसिदा र ओमारको भ्रमणले इजरायलको कब्जाका कारण त्यहाँ उत्पन्न यी र यसभन्दा दयनीय अवस्था संसारसामु उजागर हुनेछ। प्यालेस्टाइनमा व्याप्त त्यति धेरै समस्या दुईजना अमेरिकी सांसदले समाधान गर्न मुस्किल छ। तर कम्तीमा उनीहरूले इजरायलले दैनिक गर्दै आएको अपराधबारे संसारको आ“खा खोल्न मद्दत गर्न सक्छन्।
प्यालेस्टाइनीलाई शरणार्थी अधिकारबाट वञ्चित गर्ने अन्यायपूर्ण सम्झौता थोपर्ने आक्रामक निर्णय गर्ने र राज्य पाउने आशा सबै भत्काउने प्रक्रिया चलिरहेका बेला रसिदा र ओमानको भ्रमण पीडितहरूका लागि सहज सास फेर्ने एउटा नयाँ अवस्था र संसारले हामीलाई त्यागेको छैन भन्ने आधार बन्नेछ।
(लेखक प्यालेस्टाइनका पत्रकार हुन्। )
स्रोतः अल जजिरा
नेपाली अनुवाद ः नीरज लवजू
प्रकाशित: २१ श्रावण २०७६ ०२:०४ मंगलबार