जाजरकोटको पहिराेमा दुई घर पुरिए, दर्जन बढी सर्वसाधारण पुरिएको आशंका
भेरी नगरपालिका–३ ठाटिबजारमा पहिरो जादा दुई घर पुरिएका छन्।
भेरी नगरपालिका–३ ठाटिबजारमा पहिरो जादा दुई घर पुरिएका छन्।
निरन्तर परेको अविरल वर्षाले जिल्ला सदरमुकाम खलंगाको सडक अवरुद्ध भएको छ।
जाजरकाेटकाे सदरमुकाम खलंगा बजारका मुख्य व्यापारिक केन्द्रमा शान्ति सुरक्षा कायम गर्न सिसी टिभी जडान गरिएको छ।
जाजरकोट दरबारको छेउमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय पारेको छ। द्वन्द्वका बेला नेपाली सेनाले बिछाएको बम शनिवार सेनाले नै निस्क्रिय पारेको हो। जिल्ला प्रशासन कार्यालय रहेको जाजरकोट दरबारमा द्वन्द्वका बेला सेनाको गुल्म बसेको र सुरक्षाका लागि दरबार छेउमा बिछाइएको बम शान्तिकालमा उठाएर लिन बिर्सिएको थियो।
विगतमा विभिन्न रोगका महामारीको पीडा भोग्दै आएको जाजरकोटमा वाथमुटु रोगको गम्भीर अवस्था भएका बालबालिकाहरु अत्यधिक भएको तथ्य भेटिएको छ ।
जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा गएको र त्यहीँबाटै विदेश भ्रमणमा रहेका कारण अस्पतालसहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ।
जाजरकोटमा प्रहरीले ९ थान वन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ। जिल्लाको जुनीचाँदे गाउँपालिका ११ कोर्तांगमा स्थानीयको घरमा लुकाइरहेको अवस्थामा प्रहरीले उक्त हतियारहरु बरामद गरेको हो।
सरकारले सुन्तला जोन घोषणा गरेको जाजरकोटमा यस वर्ष आठ करोड १६ लाख रुपैयाँभन्दा बढीको सुन्तला फलेको छ । जिल्ला कृषि विकास कार्यालयको वार्षिक प्रतिवेदनअनुसार जिल्लाको कुल तीन सय ९२ हेक्टर जग्गामा लगाइएका बोटमा एक हजार ६ सय ३२ मेट्रिक टन सुन्तला फलेको छ।
सरकारले सुन्तला जोन घोषणा गरेको जाजरकोटमा यस वर्ष ८ करोड १६ लाख बढीको सुन्तला फलेको छ। जिल्ला कृषि विकास कार्यालयको वार्षिक प्रतिवेदन अनुसार जिल्लाको कुल ३ सय ९२ हेक्टर जग्गामा लगाइएका बोटहरुमा १६ सय ३२ मेट्रिक टन सुन्तला फलेको छ।
सरकारले १० करोडभन्दा बढीको सुन्तला फल्ने जाजरकोटलार्ई सुन्तलाका लागि आत्मनिर्भर बनाउने पहल सुरु गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जाजरकोटलार्ई सुन्तला जोनको रुपमा विकास गर्न कार्यक्रम सुरु गरिएको हो । सरकारले गत वर्षदेखि सुरु गरेको उक्त परियोजना अन्तर्गत जाजरकोटका तीन क्षेत्रलार्ई समेटेर सुन्तला जोन बनाउन लागेको हो ।
जाजरकोटलाई सरकारले सुन्तलाका लागि आत्मनिर्भर बनाउने पहल सुरु गरेको छ। १० करोड बढीको सुन्तला फल्ने जाजरकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत सुन्तला जोनको रुपमा विकास गर्न कार्यक्रम सुरु गरिएको हो।
जाजरकोटको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा डाक्टरसहितको औषधि टोली पुगेको छ ।
दुई सातादेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा आउन नसकेपछि जुम्लाबाट विशेषज्ञसहितको चिकित्सक टोली खटिएको छ । भाइरल ज्वरोका बिरामीको उपचार गर्न जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट बालरोग विशेषज्ञ डा. नम्रता सिन्दान, मेडिकल अधिकृत सूर्य चौधरीसहितको टोली जाजरकोट गएको हो ।
दुई साताभन्दा बढी समयदेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । जुनीचाँदेको वडा नम्बर १, २ र ३ लगायत अन्य वडामा फैलिएको भाइरलको प्रकोप बढ्दै गएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोपबाट थप दुई जनाको मृत्यु भएको छ । भाइरल प्रभावित क्षेत्रमा सक्रिय चिकित्सक डा. पवन शाक्यका अनुसार मंगलवार विहान जुनीचाँदे गाउँपालिका ३ रावलगाउँका ५४वर्षिय लालवहादुर भन्डारीको ज्वरो र पखालाको कारण ज्यान गएको छ भने सोमवार जुनीचाँदे गाउँपालिका २ मौगानका १ महिनाका शिषुको भाइरलको कारण ज्यान गएको छ ।