२३ आश्विन २०८१ बुधबार
image/svg+xml

छुट्टाछुटै घटनामा दुईको मृत्यु

मोरङको सुन्दरहरैचा नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा २ वटा मोटरसाइकल एक आपसमा ठोकिदाँ बुधबार एक जनाको मृत्यु भएको छ।

लिबियाको बेन्गाजीमा कार बम विष्फोट, ३३को मृत्यु

लिबियाको राजधानी बेन्गाजी नजिकै भएको कार बम विस्फोटमा परी ३३ जनाको मृत्यु भएको छ।

न्यायाधीश लोयाको मृत्यु ‘गम्भीर मामिला’

भारतीय तल्लो अदालतका न्यायाधीश बिएच लोयाको सन् २०१४ मा भएको मृत्यु ‘गम्भीर मामिला’ भएको र यस विषयमा थप अनुसन्धान आवश्यक रहेको भारतको सर्वोच्च अदालतले बताएको छ।

ट्रयाक्टर दुर्घटनामा एकै टोलको चारजनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा एउटै टोलको चार जनाको मृत्यु भएपछि अहिले महोत्तरीको रामगोपालपुर नगरपालिका ७ सहसौला टोल शोकमग्न बनेको छ ।

ट्याक्टर दुर्घटनामा ४ को मृत्यु, ३३ घाइते

बाक्लो हुस्सुको कारण बाटो हेर्न नसक्दा महोत्तरीको रामगोपालपुरमा ट्याक्टर पल्टेर ४ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

हिउँ पहिरोमा परेर जापानमा १ को मृत्यु, १५ घाइते

ज्वालामुखी विस्फोटसँगै गएको हिउँ पहिरोमा परेर जापानमा १ जनाको मृत्यु हुनुका साथै कम्तीमा १५ जना घाइते भएका छन् ।

बोलेरो दुर्घटनामा एक महिने शिशुको मृत्यु

चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको बोलेरो दुर्घटना हुँदा एक महिने शिशुको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ।

मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, तीन गम्भीर

पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् । ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना२ क ५३७५ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा बेलकोटगढी–१३ का आशिष तामाङको मृत्यु भएको हो ।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तुकाे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित इमिलियामा आइतबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

टेक्सासमा लुटेराको गोली लागि नेपालीको मृत्यु

टेक्सासको डालासस्थित गारल्याण्डमा रहेको एक ग्याँस स्टेशनमा लुट्न आएका बन्दुकधारीको गोली लागि एक नेपालीको मृत्यु भएको छ । ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्याँस स्टेशनमा शनिबार राति भएको लुटपाटमा त्यहाँ कार्यरत गोरखाका ३५ वर्षीय मनिष पाण्डेको मृत्यु भएको हो।

काबुल होटल आक्रमणमा २१ काे मृत्यु

अफगान सुरक्षा फौजले १२ घण्टाको संघर्षपछि राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमाथि आफूले नियन्त्रण हासिल गरेको जनाएको छ। होटललाई हमलाकारीको आक्रमणबाट सुरक्षित गर्ने र होटेलमा रहेका ग्राहक तथा कर्मचारीको उद्धार गर्ने क्रममा २१ जनाकाे ज्यान गएको यहाँको गृह मन्त्रालयले जनाएको छ।

हात्तीले किच्दा एकको मृत्यु

केही दिनयता गाउँमा आतंक मच्चाइरहेको जंगली हात्तीले एकजनाको ज्यान लिएको छ। जिल्लाको चुलाचुली गाउँपालिका–३, पेल्टीमारीका ५२ वर्षे सोमनाथ भण्डारी (गिरी)को आइतबार हात्ती आक्रमणमा परी मृत्यु भएको हो।

रुखबाट लडेर सोलुखुम्बुमा एकको मृत्यु

रुखबाट लडेर जिल्लाको सोताङमा एक जनाको ज्यान गएको छ। रुखको घास झार्ने क्रममा सोताङ ३ को बनेल्दुका ५० वर्षीय आतुरे राईको शनिबार राति ज्यान गएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्