एसिसी अवार्डप्राप्त मैदानमा आइसिसीको मान्यतायुक्त पिपिएल
समय १२ वर्ष । जतिबेला पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनेको थिएन । मैदान बनाउन डोजर चलाईएको थियो । जताततै ढुंगैढुंगा थिए । ढुंगे मैदान थियो । त्यही ढुंगे मैदानमा क्रिकेट प्रेमी बलिङ र व्याटिङ गरिहेका थिए । उत्तरमा हिमाल खुलेको थियो । हिमालको काखमा ढुंगे मैदानमा क्रिकेट खेलिरहेको फोटोलाई एसिसी(एशियन क्रिकेट काउन्सिल) उत्कृष्ठ फोटोको उपाधि दिलायो।