२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

पोखरा प्रिमियर लिगलाई सुजुकीको साथ

काठमाडौं – पोखरा प्रिमियर लिगसँग सुजुकी मोटरसाइकल ‘एशोसियट पार्टनर’को रुपमा गासिएको छ। शनिबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइलका बजार व्यवस्थापक नवराज कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

नेपाली क्रिकेट इतिहासकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको रुपमा दाबी गरिएको पिपिएललाई सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता भिजी अटोमोबाइलले प्रायोजन सम्झौता गरेको छ। सम्झौताअनुसार भिजी अटोमोबाइलले पिपीएललाई तीन थान मोटरसाइकल उपलब्ध गराउनेछ। सो मोटरसाइकल प्रतियोगिताका तीन विधागततर्फका उत्कृष्ट खेलाडीले प्राप्त गर्नेछन्।

प्रबन्ध निर्देशक लामाका अनुसार प्रतियोगिताको प्लेयर अफ द सिरिज, वेस्ट ब्याट्सम्यान र वेस्ट बलरले १५५ सिसीको सुजुकी जिक्सर मोटरसाइलक प्राप्त गर्नेछन्। नेपाली क्रिकेट इतिहासमा विधागततर्फका उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्न लागेको यो पहिलो पटक हो। ६ टोली सहभागी प्रतियोगिता आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रङ्गशालामा हुँदैछ।    (रासस)

प्रकाशित: २७ आश्विन २०७५ १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App