कोशी प्रदेश सभाको बैठक आज बस्दै
कोशी प्रदेश सभाको बैठक आज बस्दै छ। प्रदेश सभाको चौथो अधिवेशनको चौथो बैठक आजका लागि बोलाइएको हो।
कोशी प्रदेश सभाको बैठक आज बस्दै छ। प्रदेश सभाको चौथो अधिवेशनको चौथो बैठक आजका लागि बोलाइएको हो।
कोशी प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गतेलाई आह्वान गरिएको छ।कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गते प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेका हुन्।
सरकारका एकजना मन्त्रीका अनुसार संसद्को अधिवेशन मुख्यगरी एमसिसी पारित गर्ने उद्देश्यले बोलाएकाले संसद्मा पहिलो दिनै छुट्टाछुट्टै बैठक बसेर भए पनि एमसिसी पारित गर्ने तयारी भएको दाबी गरेका छन्। तर स्रोतका अनुसार एमसिसी तत्कालै पारित नभए पनि प्रस्तुत भने अवश्य गरिने छ।
कोरोना संक्रमण बढेकाले मुलुकमा बन्दाबन्दी घोषणा गरिएपछि तीन महिनादेखि अवरुद्ध प्रदेशसभा असोज २५ गतेदेखि बस्न थालेको थियो। पछिल्लो साता पाँच दिन बैठक बस्दा विभिन्न नौवटा विधेयक पारित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।