२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आज मात्रै भूकम्पको तीन धक्का

आज मात्रै भूकम्पको तीन वटा धक्का महसुस गरिएको छ। धादिङको केन्द्रविन्दु भएर तीन वटै भूकम्पको धक्का गएको हो।

अरुणाचलमा शक्तिशाली भूकम्प

भारतको अरुणाचल प्रदेशमा शक्तिशाली भूकम्प गएको छ। भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार बुधबार बिहान १ बजेर ४५ मिनेट जाँदा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।

बिहानै भूकम्पको धक्का

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान साढे ६ बजे भूकम्पको धक्का महसुस भएका हो ।

८० प्रतिशत पुनर्निर्माण सक्याैं : सुशील ज्ञवाली

पछिल्लो समय प्राधिकरणले निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक, खानेपानीजस्ता संरचना पुनर्निर्माणलाई प्राथमिकतामा राखेर कार्य अघि बढाएको छ।

पुनर्निर्माणमा थप ४ खर्ब २९ अर्ब बजेट आवश्यक

भूकम्प पुनर्निर्माणका लागि अझै चार खर्ब २९ अर्ब रुपैयाँ बजेट आवश्यक देखिएको छ। भूकम्पको चार वर्षको अवधिमा प्राधिकरणले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक(सीईओ) सुशील ज्ञवालीले अपुग बजेट अर्थमन्त्रालयसँग माग गरी पठाएको बताए।

चार हजार चार ७६ विद्यालय पुनर्निर्माण

२०७२ को भूकम्पले क्षति पु-याएका चार हजार चार सय ७६ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। तीमध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन पाँच सय ८३, निर्माण व्यवसायीमार्फत एक सय ३५ र गैरसरकारी संस्थामार्फत सात सय ५८ सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले जनाएको छ।

फिलिपिन्समा भूकम्प

फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनेगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको छ।

भूकम्पले ढाल्न नसकेका धरोहर

वैशाख १२ गतेको भूकम्पलगत्तै भक्तपुरमा धेरैको चासो थियो– पाँचतले मन्दिर के भयो ? अनि जमिनमा पुरिएको ५ महिने बालकको अवस्था के छ ? नगरपालिकामा मात्र झण्डै ६ हजार घर भत्किए। सयौंको मृत्यु भयो। तर, जोगिएको १८ औं सताब्दीको सुरुवातमा बनेको १०८ फिट अग्लो पाँचतले मन्दिर र २२ घण्टापछि सकुशल उद्धार गरिएका ५ महिने बालकले भक्तपुरमा मात्र होइन, संसारभर खुसी छरिदियो।

लयमा फर्कियो मेलम्चीघ्याङको पर्यटन व्यवसाय

चर्चित पर्यटकीय क्षेत्र हेलम्बुको ‘होमस्टे’ (घरबास) गाउँ मेलम्चीघ्याङको पर्यटन व्यवसाय बौरिएको छ। विनासकारी भूकम्पपछिका झन्डै तीन वर्ष यहाँको पर्यटन व्यवसाय धर्मराउन पुगेको थियो। स्थानीयले पुनर्निर्माणलाई अघि बढाएसँगै पर्यटन व्यवसाय लयमा फर्किएको हो।

भूकम्पपीडितलाई सहुलियतमा ऋण दिन बैंकहरू सहमत

संवाद समूहद्धारा बुधबार सदरमुकाममा आयोजित कार्यक्रममा उपस्थित जिल्लाका दर्जन बैंक शाखाका प्रबन्धकले प्रभावितलाई सहज ढंगले सहुलियत ब्याजदरको ऋण प्रवाह गर्न सहमति जनाएका हुन्। उनीहरुले प्रक्रिया पु-याएर आउने प्रभावितलाई ऋणमा नढिलाउने सामूहिक प्रतिबद्धतासमेत जनाएका छन्।

सहुलियत ऋण दिन बैंकहरू सहमत

आर्थिक अभावले पुनर्निर्माण थाल्न नसकेका भूकम्पप्रभावितलाई सहुलियत ऋण उपलब्ध गराउन बैंक तथा वित्तिय संस्थाहरूले सहमति जनाएका छन्।

हुरीपीडितलाई भूकम्पपीडितकाे सहयाेग

चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकाबाट आएको टोलीले मंगलबार भारतसँग सिमाना जोडिएको बारा–पर्सा जिल्लाका हावाहुरी पीडितलाई नगद सहयोग हस्तान्तरण गरेको छ। हावाहुरीमा परी मृत्यु भएका बारा–पर्साका २३ परिवारका सदस्यलाई सुनकोसी गाउँपालिकाबाट प्राप्त जनही २१ हजार पाँच सयका दरले नगद सहयोगलाई वितरण गरिएको हो।

गोरखामा भूकम्पको धक्का

गोरखामा भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार १२ बजेर ३५ मिनेट जाँदा गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ।

बुङमती बेहाल, पिलाछें उठ्दै

भूकम्पयता ललितपुरको प्राचीन बस्ती बुङमतीको अवस्था बेहाल भइरहँदा सोही बस्तीकै दाजोमा रहेको पाटनस्थित ‘पिलाछें’को पुनर्निर्माण तीव्र गतिमा भइरहेको छ। नेवारी प्राचीन संस्कृति बोकेके यो बस्ती लगभग आफ्नो मौलिक रूप फिर्ता गर्ने चरणमा छ।

बझाङमा ४.८ म्याग्निच्युडको भूकम्प

बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान ४ बजेर २७ मिनेट जाँदा ४ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्